दिपेश एक्लैले ६ विकेट लिंदा प्रदेश-१ को जित, प्रदेश-५ मात्र ५२ रनमै अल-आउट



इनरुवामा दोश्रो मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय लिग ( एमएम कप ) प्रतियोगिता सुरु भएको छ।

प्रतियोगिता अन्तर्गत बिहिबार सम्पन्न समुह ‘सी’ अन्तर्गतको पहिलो र दिनको एक मात्र खेलमा प्रदेश नम्बर-१ ले प्रदेश नम्बर-५ लाई ६८ रनले पराजित गरेको छ।

इनरुवा रंगशालामा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै प्रदेश-१ ले दिएको १२१ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश-५ ले १८ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५२ रन मात्रै बनाउन सक्यो।

प्रदेश-५ को लागि ओपनर बिराट भण्डारीले २८ तथा बिशाल बिक्रम केसीले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। प्रदेश-१ को बलिंगमा देब्रे हाते स्पिनर दिपेश कंडेल एक्लैले ६ विकेट लिए जुन क्रममा ७ ओभरमा १ मेडन गर्दै २० रन मात्र खर्चिए। मुकुन्द यादब र मनोज तामांगले समान २/२ विकेट लिए।

प्रदेश-५ का बिक्रम भुसालले ५ विकेट लिए ( फाइल फोटो )

यस अघि प्रदेश-१ ले टस जितेर ब्याटिंग गर्दै ३१.२ ओभरमा सबै विकेट गुमाएर १२० रन बनाएको थियो। उसको लागि फिर्दोश अन्सारीले २३ तथा कप्तान पुस्पा थापा र दिपेश कंडेलले समान २२ रन बनाए। प्रदेश-५ का लेग स्पिनर बिक्रम भुसालले सर्वाधिक ५ विकेट लिए। दुर्गेश गुप्ताले २ तथा कृष्ण कार्की, जितेन्द्र सहानी र अनिल खरेलले समान १/१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच दिपेश कंडेल चुनिए।

प्रतियोगिता अन्तर्गत शुक्रबार हुने एक मात्र खेलमा प्रदेश-५ र प्रदेश-३ ले प्रतिस्पर्धा गर्नेछन्।





थप समाचार

T20 WC : पहिलो चरण समाप्त, यी हुन् दोश्रो चरण पुग्न सफल ४ टिम

युएई र ओमानमा संयुक्तरुपमा जारि सातौँ संस्करणको टि-ट्वान्टी विश्वकप अन्तर्गत समुह चरणमा १२ खेलहरु समाप्त भएका छन्। शनिवार ( अक्टोबर […]

T20WC : श्रीलंकाको कीर्तिमानी जित, नेदरल्याण्डको लज्जास्पद प्रदर्शन,

नेदरल्याण्डलाई किर्तिमानी अन्तरले पराजित गर्दै श्रीलंका समुह ‘ए’ को विजेताको रुपमा २०२१ टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरण प्रवेश गरेको छ। समुह […]

T20WC : नामिबिया सुपर-१२ चरणमा प्रवेश, आयरल्याण्ड पहिलो चरणबाटै बाहिर

जित्नैपर्ने खेलमा टेस्ट राष्ट्र आयरल्याण्डलाई ८ विकेटले पराजित गर्दै नामिबिया टि-ट्वान्टी विश्वकप २०२१ को सुपर-१२ चरण प्रवेश गरेको छ। पहिलो […]

T20WC : जित्नैपर्ने खेलमा आयरल्याण्डद्वारा नामिबियालाई सामान्य लक्ष्य

सातौं संस्करणको टि-ट्वान्टी विश्वकप अन्तर्गत समुह ‘ए’ अन्तर्गतको खेलमा आयरल्याण्ड र नामिबिया प्रतिस्पर्धा गरिरहेका छन्। खेलको विजेता टिम सुपर-१२ चरण प्रवेश […]

T20WC : शेन वार्नको नजरमा को हो विश्वकप जित्ने दावेदार टिम

युएई र ओमानमा संयुक्तरुपमा जारी सातौं संस्करणको टि-ट्वान्टी विश्वकपको समुह चरणको खेलहरु चल्दै गर्दा क्रिकेट पण्डितहरु विश्वकप जित्न दावेदार टिमको […]

T20WC : आज दुई खेल हुँदै, आयरल्याण्ड र नामिबियालाई ‘गर या मर’ को अवस्था

युएई र ओमानमा संयुक्तरुपमा जारि सातौं संस्करणको टि-ट्वान्टी विश्वकप अन्तर्गत समुह चरणको खेलहरु आज समाप्त हुँदैछन्। समुह ‘बि’ अन्तर्गतको खेलहरु […]