दिपेश र सोनुको प्रदर्शनमा पुलिस र ग्रेट हिमालय सेमीफाइनलमा : आरपीएल टि-२०

Dipesh Shrestha


  • विकेटनेपाल, असोज २२ 

रौतहट प्रिमियर लिग टि-२० प्रतियोगिताको सेमीफाइनल समीकरण आइतबार पुरा भएको छ। तेश्रो र चौथो क्वार्टरफाइनल खेल जित्दै नेपाल पुलिस क्लब र वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी सेमीफाइनल प्रवेश गरेको हो।

पुलिसले नेक्सस क्रिकेट एकेडेमीलाई तथा ग्रेट हिमालयले महाकाली क्रिकेट क्लबलाई पराजित गर्यो।

पुलिसको जितमा प्रेम तामांग र दिपेश श्रेष्ठको प्रदर्शन 

टस जितेर ब्याटिंग रोजेको पुलिसले २० ओभरमा ७ विकेट गुमाएर १३३ रनको योगफल तयार गरेको थियो। उसको लागि प्रेम तामांगले ४०, अमित श्रेष्ठले ३० तथा अविनाश कर्णले २६ रनको योगदान दिए। तामांगले ४१ बलमा ४ चौका र १ छक्का तथा श्रेष्ठए २६ बलमा ५ चौका र १ छक्का प्रहार गरे।

नेक्ससका बलर बिशाल पौडेलले ३ ( ४-०-४१-३ ) तथा अर्जुन गिरिले २ ( ४-०-१७-२ ) विकेट हात पारे।

१३४ रन लक्ष्य पछ्याउने क्रममा पुरै २० ओभर ब्याटिंग गरे पनि नेक्ससले १२६ रन मात्रै बनाउन सक्दा मात्र ७ रनको पराजय बेहोर्यो।

prem tamang
Prem Tamang ( File Photo ) 

ओपनिङ्ग ब्याट्सम्यान महेस रानाले नेक्ससको लागि उत्कृस्ट ब्याटिंग गर्ने क्रममा सव्र्वाधिक ६३ रन बनाए जुन क्रममा ६१ बलमा ३ छक्का र ६ चौका प्रहार गरे। त्यस बाहेक बिशाल पौडेलले १० रन बनाए पनि अन्य नेक्सस ब्याट्सम्यानहरुले दोहोरो अंक छुन सकेनन्। पुलिसले १८ रन अतिरिक्तको रुपमा खर्चियो।

पुलिस बलर दिपेश श्रेष्ठले सर्वाधिक ३ विकेट ( ४-०-१९-३ ) लिए र प्लेयर अफ द म्याच समेत चुनिए। यस्तै योगेन्द्र कार्कीले २ ( ४-०-१५-२ ) तथा सुनिल धमलाले १ विकेट ( ४-०-१६-१ ) हात पारे।

सोनु तामांगको अल-राउण्ड प्रदर्शनमा ग्रेट हिमालयको जित 

टस जितेर ब्याटिंग रोजेको ग्रेट हिमालयले २० ओभरमा ६ विकेट गुमाएर १२१ रन बनायो। सोनु तामांगले ३५ रन ( ३७ बल, २ चौका र १ छक्का ) तथा इशान पाण्डेले २० र भुपेन्द्र थापाले १९ रन बनाए। महाकाली क्रिकेट एकेडेमीको लागि सुनिल सुनारले २ विकेट लिए।

Sonu Tamang
Sonu Tamang ( File Photo )

१२२ रन लक्ष्य पछ्याउने क्रममा १८.१ ओभरमा महाकालीले ९६ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। शुबेन्दु पाण्डेले ३४ रन ( २६ बल, ५ चौका र १ छक्का  ) तथा नरेश बोहराले २५ रन बनाए पनि अन्य कुनै ब्याट्सम्यानले २ अंक छुन सकेनन्।

ग्रेट हिमालयका बलर बिक्रम सोब ( ३.१-०-५-४ ) तथा सोनु तामांग ( ४-०-१५-४ ) ले समान ४/४ विकेट हात पारे।

खेलको प्लेयर अफ द म्याच सोनु तामांग चुनिए।

प्रतियोगिताको सेमीफाइनल खेलहरु सोमबार खेलिनेछन्। पहिलो सेमीफाइनल खेलमा मलपोखरी क्रिकेट क्लब र नेपाल पुलिस क्लब तथा दोश्रो सेमीफाइनल खेलमा ओएसीस क्रिकेट एकेडेमी र वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको बिजेताले नगद ३ लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पार्ने छन्। यस्तै उपविजेताले नगद १ लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पार्नेछन्।





थप समाचार

प्रधानमन्त्री कप टि-ट्वान्टीको उपाधि एपीएफलाई

फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिताको उपाधि नेपाल एपीएफ क्लबले उचालेको छ । […]

शक्ति गौचन पराजित

पूर्व स्टार राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई पराजित गर्दै हरि बहादुर थापा रुपन्देही जिल्ला क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका छन्। बुधबार […]

BBL : सन्दिप सिजनकै महँगो सावित, म्याक्सवेल र मेलबर्नको नयाँ कीर्तिमान

अस्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरिरहेका नेपाली लेग स्पिनर सन्दिप लामिछाने आफ्नो चौधौं खेलमा महँगो सावित […]

BBL : दबाबमा सन्दिपको राम्रो बलिंग, मेलबर्न बिरुद्ध लिए २ विकेट

दबाबमा सन्दिप लामिछानेले राम्रो बलिंग गर्दा मेलबर्न रेनेगेड्सलाई ६ रनले पराजित गर्दै होबार्ट हरिकेन्सले सातौँ जित दर्ता गरेको छ। मेलबर्नको […]

आर्मीलाई ४७ रनले हराउँदै एपीएफ फाइनलमा

त्रिभुवन आर्मी क्लबलाई ४७ रनले हराउँदै नेपाल एपीएफ क्लब जारि प्रधानमन्त्री कप राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । […]

लोकेशको कीर्तिमानी अर्धशतक

नेपाल एपीएफ क्लबका आक्रामक युवा ब्याटर लोकेश बमले जारि प्रधानमन्त्री टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लबविरुद्धको दोस्रो सेमिफानल खेलमा […]