Singapore Vs Nepal
Live Score +
Home - घरेलु क्रिकेट - यी हुन् डिपिएल खेल्ने कप्तान र खेलाडीहरु

घरेलु क्रिकेट

यी हुन् डिपिएल खेल्ने कप्तान र खेलाडीहरु

Bipul Bhattarai
Administrator
  •  
  •  
  •  
  •  
  •  
  •  

विकेटनेपाल, १६ चैत्र – शुक्रबार |  शनिबारबाट धनगढीमा दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को सुरुवात हुँदै छ । देशकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको ट्रफी समेत शुक्रवार सार्वजनिक भैसकेको छ ।

पहिलो खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सले सोमपाल कामीको कप्तानीमा रहेको टिम चौराह धनगढीको सामना गर्दैछ । प्रतियोगिताको अघिल्लो दिन सबै तयारी सकिएसँगै सबै सहभागी ६ टोलिले आफ्नो कप्तानको समेत टुंगो लगाईसकेका छन् । पहिलो सिजन खेलेको कन्चंपुर आईकनिक बाहेक अन्य टोलि भने दोस्रो सिजनमा यथावात रहेका छन् । कन्चनपुरलाई भने महेन्द्रनगर युनाईटेडले प्रतिस्थापन गरेको हो ।

दोश्रो संस्करणको लागि प्रत्येक टोलीले रणनीतिक खेलाडीहरुको घोषणा गरेका थिए जसमा सीवाईसी अत्तरियाले बाहेक अन्य टिमहरुले उनै रणनीतिक खेलाडीहरुलाई नै कप्तानीको जिम्मेवारी दिएका छन् । सीवाईसी अत्तरियाले भने रणनीतिक खेलाडी दिपेन्द्रसिंह ऐरीको स्थानमा सुबाश खकुरेललाई कप्तानिको जिम्मा दिएको छ । खकुरेललाई अत्तरियाले अक्सन मार्फत रु ८०,००० रुपैयाँमा अनुबन्धन गरेको थियो । सन् २०१७ को डिसेम्बरमा आयोजित एभरेष्ट प्रिमियर लिगको दोस्रो सिजनमा दिपेन्द्रसिंह ऐरीले चितवन टाइगर्सको कप्तानी गरेका थिए । उनको कप्तानीमा रहेको चितवनले सो प्रतियोगितामा खराब प्रदर्शन गरेको थियो ।

 

यीहुन् डिपिएल खेल्ने कप्तान र खेलाडी :

टिम चौराह धनगढी :

  • सोमपाल कामी (कप्तान)
  • राजेश पुलामी मगर
  • आशु कन्दोई
  • विजय राना
  • योगेन्द्रसिंह कार्की
  • ललित भण्डारी
  • सोनु तामांग
  • शंकर राना
  • रबिन्द्रजंग साही
  • मोहम्मद संसद शेख
  • सुनिल धमला
  • महेश अधिकारि
  • राजु रिजाल
  • रोहन मुस्तफा (युएई)
  • पुनित मिश्रा (भारत)

रुपन्देही च्यालेंजर्स :

  • शक्ति गौचन (कप्तान)
  • जितेन्द्र मुखिया
  • सागर पुन
  • प्रदिप ऐरी
  • प्रकाश जैसी
  • कुशल मल्ल
  • बिपिन खत्री
  • बिक्रम कुमार भुषाल
  • मोहम्मद सोनु अन्सारी
  • सुशन भारी
  • सिद्धान्त लोहनी
  • अमरसिंह रौटेला
  • दिपेश श्रेष्ठ
  • दिपक प्रसाद (भारत)
  • सुफ्यान मेहमुद (ओमान)

महेन्द्रनगर युनाइटेड :

  • बिनोद भण्डारी (कप्तान)
  • करन केसी
  • अभिनास कर्ण
  • मोहम्मद आरिफ शेख
  • नारायण जोसी
  • प्रनित थापा मगर
  • हरि शंकर साह
  • अरुण ऐरी
  • भुवन कार्की
  • मोहम्मद आशिफ शेख
  • रोहित कुमार पौडेल
  • रोबिन क्षेत्रि
  • दिपेन्द्र चन्द
  • पुनित बिष्ट (भारत)
  • पुनित मेहरा (भारत)

काठमाडौं गोल्डेन्स :

  • ज्ञानेन्द्र मल्ल (कप्तान)
  • नरेश बुढाएर
  • बिक्रम ठगुन्ना
  • ललित राजबंशी
  • अमित श्रेष्ठ
  • सन्तोष भट्ट
  • किशोर महत्तो
  • राशिद खान
  • संजय श्रेष्ठ
  • शाहब आलम
  • पुस्प थापा
  • भुपेन्द्र थापा
  • संजय बस्नेत
  • जयकिसन कोल्सावाला (भारत)
  • सन्नी पटेल (भारत)

सिवाइसी अत्तरिया :

  • सुबाश खकुरेल (कप्तान)
  • दिपेन्द्रसिंह ऐरी
  • सागर भण्डारी
  • प्रेम तामांग
  • सन्दीप जोहरा
  • कुशल भुर्तेल
  • कृष्ण कार्की
  • कमलसिंह ऐरी
  • बिनोद लामा
  • सुवान्कर उराओ
  • भुवन केसी
  • आकाश थापा
  • रोमन बम
  • गौरभ चित्कर (भारत)
  • बिपिन चन्द (भारत)

बिराटनगर किंग्स :

  • पारस खड्का (कप्तान)
  • बसन्त रेग्मी
  • पृथु बाँस्कोटा
  • सुबोध अएर
  • पवन सर्राफ
  • रामनरेश गीरी
  • सौरभ खनाल
  • पुरन बि.क
  • अभिनास बोहोरा
  • दिलिप नाथ
  • अनिल कुमार साह
  • मन्जित श्रेष्ठ
  • फिर्तोष अन्सारी
  • बाबर हयात (हंगकंग)
  • सुभम कामत (भारत)

  •  
  •  
  •  
  •  
  •  
  •