क्रिकेट खेलाडी संघको अध्यक्षमा मनिषराज पाण्डे



  • विकेटनेपाल, १२ चैत

पुर्व राष्ट्रिय क्रिकेटर डा. मनिष राज पाण्डे क्रिकेट खेलाडी संघको अध्यक्ष चुनिएका छन्। पाण्डे १९९६ मा नेपाली राष्ट्रिय टिमले एसीसी ट्रफी खेल्दा नेपाली टिमको सदस्य रहेका थिए र ओपनिंग ब्याटिंग गरेका थिए।

Manish Raj Pandey
Manish Raj Pandey

राजधानीमा आइतबार सम्पन्न क्रिकेट खेलाडी संघको तेस्रो साधारणसभाले पाण्डेलाई अध्यक्ष तथा राष्ट्रिय टिमका पुर्व कप्तान राजु खड्कालाई उपाध्यक्ष चयन गरेको छ। उपाध्यक्ष पदमै राष्ट्रिय महिला क्रिकेट टिमकी क्रिकेटर सिता राना मगर समेत चयन भएकी छिन्। संघले १२ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो। यस अघि संघको अध्यक्षमा राष्ट्रिय टिमका पुर्व कप्तान पवन अग्रवाल रहेका थिए।

नयाँ कार्यसमितिमा महासचिव राष्ट्रिय टिम कप्तान पारस खड्का रहेका छन् भने सचिबमा राजु बस्नेत, कोषाध्यक्षमा पृथु बास्कोटा चयन भएका छन्। सदस्यहरुमा बसन्त शाही, दिपेन्द्र चौधरी, सुबास खकुरेल, सोमपाल कामि र करुणा भण्डारी छन्।

१. मनिष राज पाण्डे – अध्यक्ष
२. पवन अग्रवाल – निवर्तमान अध्यक्ष
३. राजु खड्का – उपाध्यक्ष
४. सिता राना मगर – उपाध्यक्ष
५. पारस खड्का – महासचिव
६. राजु खड्का – सचिब
७. पृथु बास्कोटा – कोषाध्यक्ष
८. बसन्त शाही – सदस्य
९. दिपेन्द्र चौधरी – सदस्य
१०. सुबास खकुरेल – सदस्य
११. सोमपाल कामि – सदस्य
१२. करुना भण्डारी – सदस्य

 





थप समाचार

विश्वकप एसिया छनोट : नेपाललाई ‘गर या मर’को अवस्था

युएईमा जारि आईसीसी महिला टि-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट प्रतीयोगीता अन्तर्गत आज आफ्नो-आफ्नो अन्तिम खेलमा नेपाल र आयोजक युएई प्रतिस्पर्धा […]

एपीएफलाई ३ विकेटले हराउदै आर्मीलाई उपाधि

शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई ३ विकेटले पराजित गर्दै नेपाल आर्मी क्लबले बारा जिल्लामा आयोजित हरपुर क्रिकेट च्याम्पियन […]

ICC WCL 2 : रोमान्चक खेलमा ओमानद्वारा नामिबिया ९ रनले पराजित

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियामा सुरु भएको आयोजक नामिबिया, ओमान र युएई बीचको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा ओमानले […]

बागमतीलाई हराउँदै लुम्बिनीको तेस्रो जित

काठमाडौँमा जारि एकदिवसीय अन्डर-१९ राष्ट्रिय प्रतियोगिता अन्तर्गत मुलपानीमा भएको खेलमा बागमतीलाई ३ विकेटले हराउँदै लुम्बिनीले तेस्रो जित दर्ता गरेको छ […]

U19 National : कर्णाली बिरुद्ध गण्डकीको संघर्षपूर्ण जित

कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकी प्रदेशले अन्डर-१९ राष्ट्रिय प्रतियोगितामा तेश्रो खेल खेल्दा पहिलो जित दर्ता गरेको छ। गण्डकी […]

६४ वर्ष पछि फास्ट बलर बने अस्ट्रेलियाको कप्तान

टिम पेनले कप्तानी पद छाडेको एक हफ्ता पछि अस्ट्रेलियाले प्याट कमिन्सलाई टिमको नयाँ कप्तान घोषणा गरेको छ। आफ्नो महिला सहकर्मीलाई […]