गौतम बुद्ध रंगशालालाई जापानका दुई संस्थाको सहयोग



चितवन, स्टार ग्रुप र एमआरआर कान्साइ जापानले धुर्मुस सुन्तली फाउण्डेसनद्वारा रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई एक लाख रुपैयाँ सहयोग गरेका छन् ।

ग्रुपले जापानमा भएको मैत्रीपूर्ण क्रिकेट खेलबाट संकलित रकम सोमबार हस्तान्तरण गरेको हो । सहयोग रकम बुझदै धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले यसरी देश विदेशमा रहेका नेपालीले सहयोग गर्दा कामले तीव्रता पाउने बताउनु भयो । उहाँले गौतम बुद्ध रंगशाला धुर्मुस र सुन्तलीको मात्र नभई जनताको भएकाले सबैको सहयोग र साथ पाएकोमा खुसी व्यक्त गर्नुभएको छ ।


एनआरएनए कान्साई जापानका उपाध्यक्ष एवम् स्टार ग्रुपका संरक्षक दिलिप शर्मा गैरेले सो रकमले रंगशाला निर्माणमा केही सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

( साभार – नारायणी अनलाइन )