दोस्रो एकदिवसीयमा इंग्ल्याण्डद्वारा भारत ६ विकेटले पराजित



इंग्ल्याण्डको भारत भ्रमण अन्तर्गत शुक्रबार सम्पन्न दोस्रो खेलमा भ्रमण टोलि इंग्ल्याण्डले ६ विकेटको सहज जित दर्ता गर्दै ३ खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज बराबरी गरेको छ। सिरिज अन्तर्गत अन्तिम तथा निर्णायक (तेस्रो) खेल मार्च २८ मा खेलिनेछ।

पुने स्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा सम्पन्न खेलमा ३३७ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्याण्डले ४३.३ ओभरमा ४ विकेट गुमाएर सहजै पुरा गर्यो। इंग्ल्याण्डलाई जित दिलाउन ओपनर जोनी बेयरस्टोले ११२ बलमा ४ चौका र १० छक्काको मद्धतमा १२४ रनको शतकीय पारि खेले।

ओपनरद्वय जेसन रोय र जोनी बेयरस्टोले १६.३ ओभरमा ११० रनको शतकीय साझेदारी गर्दै इंग्ल्याण्डलाई सानदार सुरुवात दिलाए। ५२ बलमा ५५ रन बनाएका रोएले रन आउटको रुपमा आफ्नो विकेट गुमाए। बेयरस्टोले मिड विकेटको दिशामा फ्लिक गर्दै १ रन लिन खोज्दा रोहित शर्माले राम्रो फिल्डिंग गर्दै रोयलाई विकेटकिपर पन्तबाट रन आउट गराएका थिए।

बेयरस्टोले शतक बनाए

त्यसपछि बेयरस्टोले बेन स्टोक्ससंग दोस्रो विकेटका लागि १७५ रनको शतकीय साझेदारी गर्दै इंग्ल्याण्डलाई एकतर्फी जिततर्फ उन्मुख पारे। स्टोक्स एकदिवसीयमा आफ्नो चौथौं शतक बनाउनबाट मात्र १ रनले चुके। स्टोक्सलाई भुवनेश्वर कुमारले पन्तबाट क्याच आउट गराए। लगत्तै ओभरमा प्रसिध कृष्णले बेयरस्टो र कप्तान जस बटलरलाई (०) आउट पार्दै भारतलाई खेलमा फर्काए। त्यसपछि एकदिवसीय अन्तराष्ट्रिय खेलमा  पहिलो खेल खेलिरहेका लियाम लिभिंग्स्टोनले डेविड मलानसंग ५० रनको अविजित अर्धशतकीय साझेदारी गर्दै इंग्ल्याण्डलाई जित दिलाए।लिभिंग्स्टोनले २१ बलमा १ चौका र २ छक्काको मद्धतमा २७ तथा मलानले २३ बलमा १६ रन बनाए।

रोय र बेयरस्टो भारतविरुद्ध एकदिवसीयमा पहिलो विकेटका लागि लगातार ३ खेलमा शतकीय साझेदारी गर्ने दोस्रो ओपनरद्वय बनेका छन्। यसअघि २००३ मा अष्ट्रेलियाका ओपनरद्वय एडाम गिलक्रिस्ट र म्याथुई हेडनले भारतविरुद्ध लगातार ३ खेलमा शतकीय ओपनिंग साझेदारी गरेका थिए।

रोय-बेयरस्टोको भारतविरुद्ध पछिल्लो ३ खेलमा साझेदारी :

१६०(१३३) एज्बास्टन २०१९

१३५ (८६) पुने २०२१ (पहिलो एकदिवसीय)

११० (९९) पुने २०२१ (दोस्रो एकदिवसीय)

यस्तै रोए र बेयरस्टो इंग्ल्याण्डका लागि एकदिवसीयमा सर्वाधिक शतकीय साझेदारी गर्ने जोडी समेत बनेका छन्। उनीहरुले ४७ इनिंग्समा सर्वाधिक १३, जोए रुट र ओएन मोर्गानले ७५ इनिंग्समा १२ तथा जेसन रोय र जोए रुटले २८ इनिंग्समा ७ शतकीय साझेदारी गरेका छन्।

भारतको बलिंगमा प्रसिध कृष्णले (१०-०-५८-२) सर्वाधिक २ तथा भुवनेश्वर कुमारले (१०-०-६३-१) एक विकेट लिए भने अन्य बलर विकेटविहिन रहे।

यसअघि टस हारेर ब्याटिंगको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३३६ रन बनाउंदै इंग्ल्याण्डलाई ३३७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। उसका लागि केएल राहुलले ११४ बलमा ७ चौका र २ छक्काको मद्धतमा सर्वाधिक १०८ रनको शतकीय पारि खेले। पछिल्लो खेलमा चोट बोकेका श्रेयस अय्यरको स्थानमा खेलेका रिशभ पन्तले ४० बलमा ७७ रनको विस्फोटक पारि खेले जुन क्रममा ३ चौका र ७ छक्का प्रहार गरे। यस्तै कप्तान विराट कोहलीले ६६, हार्दिक पांड्याले ३५ तथा ओपनर रोहित शर्माले २५ रन जोडे।

भारतको शुरुवात खराब रह्यो। ओपनरद्वय शिखर धवन ४ तथा रोहित शर्मा २५ रन बनाएर आउट भएपछि कप्तान कोहलीले राहुलसंग तेस्रो विकेटका लागि १२१ रनको साझेदारी गर्दै भारतको इनिंग्स अघि बढाए। आदिल राशिदले कोहलीलाई जस बटलरबाट क्याच आउट गराउदै साझेदारी तोडे। त्यसपछि राहुलले पन्तसंग ११३ रनको साझेदारी गर्दै भारतलाई विशाल योगफलतर्फ उन्मुख पारे। राहुललाई टम करनले रिस टोप्लेबाट क्याच आउट गराएपछी पन्तले हार्दिक पांड्यासंग १२ बलमा ३७ रनको आक्रामक साझेदारी गर्दै भारतलाई ३३६ रनको योगफलतर्फ डोर्याए। क्रुनल पांड्याले अन्तिममा ९ बलमा अविजित १२ रन बनाए। घरेलु टोलीले अन्तिमको १० ओभरमा १२६ रन जोडेको थियो। त्यसबीच ६६ रन बनाएका पन्तले मात्र २८ बलमा आफ्नो अर्धशतक प्रहार गरेका थिए।

राहुलले शतक बनाए

राहुलले एकदिवसीय अन्तराष्ट्रियमा पाचौं शतक प्रहार गर्ने क्रममा १०८ रन बनाए। उनले स्याम कारनको ४४औं ओभरको पहिलो बलमा मिड विकेट क्षत्रमा १ रन बटुल्दै १०८ बलमा आफ्नो शतक पुरा गरेका थिए। उनले पछिल्लो खेलमा भारतलाई जित दिलाउन ४३ बलमा ६३ रनको योगदान दिएका थिए। इंग्ल्याण्डको भारत भ्रमण अन्तर्गतको टि-२० अन्तराष्ट्रिय शृंखलामा राहुल खराब लयमा थिए। ५ खेलको टि-२० शृंखलामा सुरुवाती ४ (१,०,०,१४ राहुलको स्कोर) खेलमा खराब प्रदर्शन गरेका राहुललाई पाचौं खेलमा ड्रप गरिएको थियो। तर, एकदिवसीय शृंखलाको सुरुवाती २ खेलमा भने राहुलको प्रदर्शन उच्च रहेको छ।

इंग्ल्याण्डको बलिंगमा रिस टोप्ले (८-०-५०-२) र टम करन (१०-०-८३-२) ले समान २ विकेट लिए। यस्तै स्याम करन (७-०-४७-१) र आदिल राशिद (१०-०-६५-१) ले समान १ विकेट हात पारे।

भारतले यो दोस्रो पटक लगातार पांच एकदिवसीय अन्तराष्ट्रिय खेलमा ३०० रनभन्दा माथिको योगफल बनाएको हो। उसले २०१७ मा पहिलो पटक लगातार पांच खेलमा ३०० रनको योगफल कटाएको थियो।

भारतको पछिल्लो पांच एकदिवसीय खेलको योगफल :

३०८/८ अष्ट्रेलियाविरुद्ध

३३८/९ अष्ट्रेलियाविरुद्ध

३०२/५ अष्ट्रेलियाविरुद्ध

३१७/५ इंग्ल्याण्डविरुद्ध

३०७/४ इंग्ल्याण्डविरुद्ध

इंग्ल्याण्डका नियमित कप्तान ओएन मोर्गान चोटका कारण सिरिजबाट बाहिरिएका कारण जस बटलरले इंग्ल्याण्डको कप्तानी सम्हालेका थिए। यस्तै स्याम बिलिंग्स पनि चोटग्रस्त रहेका कारण उनीहरुको स्थान डेविड मलान र लियाम लिभिंग्स्टोनले (डेब्यु) लिएका थिए। इंग्ल्याण्डका तीव्र गतिका बलर मार्क वुडको स्थानमा रिस टोप्लेले मौका पाएका थिए। यस्तै भारतका ब्याट्सम्यान सूर्यकुमार यादव चोटका कारण सिरिजबाट बाहिरिदा उनलाई अन्तिम ११ मा रिशभ पन्तले प्रतिस्थापना गरेका थिए।

मंगलवार सम्पन्न पहिलो खेलमा घरेलु टोलि भारतले ६६ रनको जित दर्ता गर्दै सिरिजमा अग्रता लिएको थियो। इंग्ल्याण्डको भारत भ्रमण अन्तर्गत यसअघि सम्पन्न टि-२० अन्तर्राष्ट्रिय सिरिज र टेस्ट सिरिज भारतले जितेको थियो।

यो पनि पढ्नुस :

नेपाल, मलेसिया र नेदरल्याण्ड बीच त्रिकोणात्मक सिरीज अप्रिल १७ देखि

चितवन प्रिमियर लिग मंसिरमा हुने

सप्तरी प्रिमियर लिग : बजाज खडक वारियर्स र रुपनी राईडर्स फाइनलमा





थप समाचार

ICC WTC FINAL : दोश्रो इनिंग्समा भारतलाई सामान्य अग्रता, रिजर्भ डेमा नतिजाको आशा

भारत र न्युजिल्यान्ड बीच आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप अन्तर्गत पाँचौ दिनको खेल समाप्त हुँदा भारतले दोश्रो इनिंग्समा ३२ रनको अग्रता […]

नेपाली टिमले यसरी बनायो आसिफ शेखको जन्मदिन ( फोटो फिचर )

विश्वकप लिग-२ अन्तर्गत आगामी महिना स्पेनमा हुने स्कटल्याण्ड र नामिबियासंगको त्रिकोणात्मक एकदिवसीय सिरिजको लागि अभ्यास थालेको नेपाली क्रिकेट टिमले मंगलबार […]

ICC WTC FINAL : तल्लो क्रमको योगदानले न्युजिल्यान्डलाई झिनो अग्रता

भारत र न्युजिल्यान्ड बीच इंग्ल्यान्डको साउथह्याम्पटनमा जारि वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्यान्डले आफ्नो पहिलो इनिंग्समा २४९ रन बनाएको छ। पहिलो […]

ICC WTC FINAL : पाँचौ दिन भारतको उत्कृस्ट कम्ब्याक, न्युजिल्यान्ड दबाबमा

आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेलको पाँचौ दिनको पहिलो सेसनको खेल समाप्त भएको छ। लन्च ब्रेक हुँदा पाँचौ दिनको सुरुवात […]

WTC FINAL #INDvsNZ : पाँचौ दिन कस्तो होला मौसम

भारत र न्युजिल्यान्ड बीच इंग्ल्यान्डको साउथह्याम्पटनमा जारि आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप अन्तर्गत आज पाँचौ दिनको खेल हुनेछ। खेल नेपाली समय […]

सुरु भयो नेपालको अभ्यास ( फोटो फिचर )

स्पेनमा जुलाई २० तारिख देखि सुरु हुने आईसीसी विश्वकप लिग-२ अन्तर्गतको स्कटल्याण्ड र नामिबियासंगको त्रिकोणात्मक एकदिवसीय सिरिजको लागि नेपाली टिमले […]