ENG VS WI : रोमान्चक मोडमा टेस्ट



इंग्ल्यान्ड र वेस्टइन्डिज बीच रोजबल साउथाम्पटनमा जारि तिन टेस्ट म्याचको सिरिज अन्तर्गत पहिलो टेस्ट रोमान्चक मोडमा पुगेको छ।

टेस्टको चौथो दिन समाप्तिमा इंग्ल्यान्डले दोश्रो इनिंगको अग्रता १७० पुर्याएको छ।

पहिलो इनिंगमा इंग्ल्यान्डले २०४ रन मात्र बनाउन सकेको थियो जसपछि पहिलो इनिंगमा वेस्टइन्डिजले ३१८ रन बनाउदै ११४ रनको अग्रता लिएको थियो। ११४ रनले पछि पर्दै दोश्रो इनिंग ब्याटिंग गरेको इंग्ल्यान्डले चौथो दिन समाप्तिसम्म ८ विकेट गुमाएर २८४ रन बनाएको छ।

इंग्ल्यान्डको माथिल्लो क्रमको ब्याट्सम्यानहरुले राम्रो योगदान दिए। ज्याक क्रलेले सर्वाधिक ७६ ( १२७ बलमा ८ चौका ), डोमिनिक सिबलेले ५० रन ( १६४ बलमा ४ चौका ) बनाए भने कप्तान बेन स्टोक्सले ४६, रोरी बर्नले ४२, जोए डेनलिले २९ रन बनाए। जोफ्रा आर्चर ५ तथा मार्क उड १ रन बनाएर क्रिजमा रहेका छन्।


चौथो दिन चिया सत्रसम्म १६८/३ को अवस्थामा रहेको इंग्ल्यान्डलाई अझ बलियो अवस्थामा जान रोक्न वेस्टइन्डिजले तेश्रो सत्रमा उत्कृस्ट बलिंग गर्दै थप ५ विकेट लिएको थियो। अन्तिम सत्रको अधिकांश समय इंग्ल्यान्डले विकेट जोगाएता पनि अन्तिमको ५ ओभरमा वेस्टइन्डिजले उक्त ५ विकेट लिंदै खेलमा फर्केको थियो।

कप्तान बेन स्टोक्स र ज्याक क्रलेले चौथो विकेटको लागि ९८ रनको साझेदारी कप्तान जेसन होल्डरले तोडेपछि इंग्ल्यान्डको विकेट पटक सुरु भएको थियो।

वेस्टइन्डिजको बलिंगमा शानोन ग्याब्रीयलले सर्वाधिक ३ विकेट ( १८-३-६२-३ ) लिए। यस्तै रोस्टन चेज ( २५-६-७१-२ ) र अल्जारी जोसेफ ( १६-२-४०-२ ) ले समान २/२ विकेट तथा जेसन होल्डरले १ विकेट ( २०-८-४३-१ ) लिए। केमार रोच ( २२-८-५०-० ) विकेटविहिन रहे।





थप समाचार

भारतले फलो-अन जोगाउन सकेन, दोश्रो इनिंग्समा राम्रो सुरुवात

भारतीय महिला टिमको इंग्ल्यान्ड भ्रमण अन्तर्गत एकमात्र टेस्टको तेश्रो दिनको खेल समाप्त हुँदा घरेलु टोलि बलियो स्थितिमा रहेको छ। इंग्ल्यान्डले […]

टेस्ट च्याम्पियनसिपको पहिलो दिन टस नभई रद्द, जान्नुस भोलिको मौसम कस्तो हुनेछ

भारत र न्युजिल्यान्ड बीच आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप अन्तर्गत पहिलो दिन निराशाजनक अन्त्य भएको छ। इङ्ग्ल्याडको साउथह्याम्पटनमा टेस्टको सुरुवाती दिन […]

कीर्तिमानी ओ ब्रायनद्वारा ओडीआई क्रिकेटबाट सन्यास

आयरल्याण्डका स्टार अलराउण्डर केभिन ओ ब्रायनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। क्रिकेट आयरल्याण्डले शुक्रबार ( जुन १८ ) […]

नामिबिया र स्कटल्याण्ड बिरुद्ध सिरिजको लागि प्रारम्भिक नेपाली टिमको घोषणा

आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत स्पेनमा आयोजना हुने नेपाल, नामिबिया र स्कटल्याण्ड बीचको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको लागि २० सदस्यीय […]

वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनल अघि थाहा पाउनुस १० महत्वपूर्ण जानकारी

इंग्ल्यान्डको साउथह्याम्प्टनमा आज आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेलिंदैछ। टेस्ट क्रिकेट इतिहासमै पहिलो पटक भारत र न्युजिल्यान्ड उपाधिको लागि प्रतिस्पर्धा […]

मन्धना र वर्माको कीर्तिमानी साझेदारी पछि इंग्ल्यान्डको उत्कृस्ट पुनरागमन

भारतीय महिला क्रिकेट टिमको इंग्ल्यान्ड भ्रमण अन्तर्गत एक मात्र टेस्ट अन्तर्गत दोश्रो दिनको खेल समाप्त भएको छ। इंग्ल्यान्डले पहिलो इनिंग्समा […]