इंग्ल्यान्ड-वेस्टइन्डिज पहिलो टेस्ट आज

कोभिड-१९ महामारीका कारण अन्तर्राष्ट्रिय क्रिकेट ठप्प भएको करिब ४ महिना पछि बल्ल क्रिकेट प्रेमीहरुले अन्तर्राष्ट्रिय क्रिकेटको मज्जा लिन पाउने भएका छन्।

इंग्ल्यान्ड भ्रमणमा पुगेको वेस्टइन्डिजले घरेलु टिमसंग तिन टेस्टको सिरिज खेल्दै छ। द रोज बल, साउथाम्टनमा खेलिने पहिलो टेस्ट आज बेलुका नेपाली समय ३:४५ बजे बेलुका सुरु हुँदैछ। दोश्रो टेस्ट जुलाई १६ तथा तेश्रो टेस्ट जुलाई २४ देखि सुरु हुनेछ। दोश्रो र तेश्रो टेस्ट ओल्ड ट्रयाफोर्डमा खेलिनेछ।

सिरिजको सबै टेस्ट दर्शक बिना खेलिनेछ। प्राय दर्शकहरुले भरिपूर्ण रहने इंग्ल्यान्डको क्रिकेट सिजनमा दर्शक विहिन मैदानमा टेस्ट खेलिएको दृश्य नयाँ हुनेछ। तथापी सिरिज हेर्ने टिभी दर्शक भने ठुलो हुने विश्वास गरिएको छ।

सिरिज अघि वेस्टइन्डिज टिम वेस्टइन्डिज बाट चार्टर गरिएको बिमानमा इंग्ल्यान्ड पुगेको थियो जसपछि १४ दिन क्वारेन्टाइनमा बसेको थियो। सबै तिन वटा टेस्ट विशेष स्वास्थ्य साबधानीका बीच खेलिनेछ।


१३ मार्च देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल भएको छैन भने अन्तिम पटक खेलिएको टेस्टको अन्तर १२७ दिन भैसकेको छ। सन् १९७५ मा १३१ दिनको अन्तरमा टेस्ट खेलिएको थियो जुन सबैभन्दा दुइ टेस्ट बीचको अन्तर थियो।

टेस्ट क्रिकेटको पुनरागमन हुँदा नयाँ नियमहरु लागु हुनेछ। खेलको दौरान थुक प्रयोग प्रतिबन्धित रहेको छ। खेलाडीहरुले एक अर्कासंग हात मिलाएको, अंगालो मारेको दृश्यहरु टेस्टमा देखिनेछैनन्।

इंग्ल्यान्ड र वेस्टइन्डिज दुवै टिमका खेलाडीहरुले आफ्नो जर्सीमा ‘Black Lives Matter’ लोगो लगाउनेछन्।

वेस्टइन्डिज बिरुद्धको सिरिजको पहिलो टेस्ट नियमित इंग्ल्यान्ड कप्तान जोए रुटले गुमाउने छन्। उनको स्थानमा बेन स्टोक्सले कप्तानी गर्नेछन्। आफ्नो दोश्रो सन्तानको बाबु बन्न लागेका कारण रुट उपलब्ध नभएका हुन्।

इंग्ल्यान्ड टिम : Rory Burns, Dominic Sibley, Joe Denly, Zak Crawley, Ben Stokes(c), Ollie Pope, Jos Buttler(w), Dominic Bess, Jofra Archer, Stuart Broad, James Anderson, Chris Woakes, Mark Wood

वेस्ट इन्डिज टिम : John Campbell, Kraigg Brathwaite, Shai Hope, Shamarh Brooks, Roston Chase, Jason Holder(c), Shane Dowrich(w), Rahkeem Cornwall, Alzarri Joseph, Kemar Roach, Shannon Gabriel, Chemar Holder, Nkrumah Bonner, Raymon Reifer, Jermaine Blackwood