भारतीय पेसरहरु हाबी हुँदा इंग्ल्याण्डको खराब सुरुवात,



  • विकेटनेपाल,भदौ १५ 

भारत र इंग्ल्याण्ड बीच इंग्ल्याण्डको रोज बल मैदानमा सुरु भएको चौथो टेस्टमा भारतले शानदार सुरुवात गरेको छ।  सिरिजमा २-१ ले अघि रहेको अवस्थामा चौथो टेस्टमा टस जितेर ब्याटिंग रोजेको इंग्ल्याण्डले नसोचेको सुरुवात गरेको हो। भारतीय पेस बलरहरुले उत्कृस्ट बलिङ्ग गरेपछि घरेलु टिमले ७६.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर २३६ रन मात्रै बनाउन सक्यो।

अत्यन्त खराब सुरुवात गरेको इंग्ल्याण्डले पहिलो ६ विकेट ८६ रनको योगफलमै गुमाएको थियो जसपछि स्याम कुरान र मोईन अलिले सातौँ विकेटको लागि ९१ रनको साझेदारी गर्दै इंग्ल्याण्डलाई सम्मानजनक स्कोरतर्फ डोर्याएका थिए। अलि ४० रन बनाएर आउट भए पछि पनि कुरानले एउटा किनार सम्हालीरहे र नवौं विकेटको लागि स्टुवार्ट ब्रडसंग ६३ रनको साझेदारी गरे। ब्रड १७ रन बनाएर आउट भए पछि अन्तिम विकेटको रुपमा कुरान पनि आउट भए जसले १३६ बलमा ७८ रन बनाउन ८ चौका र १ छक्का प्रहार गरे।

फोटो – आईसीसी

यस अघि इंग्ल्याण्ड ब्याट्म्यान एलेस्टर कुक ( १७ ), केटन जेनिङ्ग्स ( ० ), जोए रुट ( ४ ), जोंनी बेयरस्टो ( ६ ) तथा बेन स्टोक्स ( २३ ) रन बनाएर आउट भएका थिए। भारतीय बलर जस्प्रित बुम्राहले सर्वाधिक ३ विकेट ( २०-५-४६-३ ) तथा इशान्त शर्मा, मोहम्मद शमि र रभीचन्द्रन आश्विनले समान २/२ विकेट हात पारे।

इंग्ल्याण्डको इनिंग समाप्ति पछि भारतले आफ्नो इनिंगको सुरुवात गर्नेक्रममा पहिलो दिन सकिंदा विकेट नगुमाई १९ रन बनाएको छ। शिखर धवन ३ र लोकेश राहुल ११ रन बनाएर ब्याटिंग गरिरहेका छन्।

सिरिज अन्तर्गत पहिलो टेस्ट इंग्ल्याण्डले ३१ रनले जितेको थियो भने दोश्रो टेस्ट इनिंग र १५९ रनले जितेको थियो। तेश्रो टेस्टमा कम्ब्याक गरेको कोहलीको टिमले २०३ रनक जित हात पारेको थियो।

 





थप समाचार

लोकेशको कीर्तिमानी अर्धशतक

नेपाल एपीएफ क्लबका आक्रामक युवा ब्याटर लोकेश बमले जारि प्रधानमन्त्री टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लबविरुद्धको दोस्रो सेमिफानल खेलमा […]

दिपेन्द्रको घातक बलिंग, पुलिस फाइनलमा

पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनको फराकिलो अन्तरले पराजित गर्दै जारि प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा विभागीय टोलि नेपाल पुलिस […]

देव खनाल र अनिल खरेल चम्कदा लुम्बिनीद्वारा गण्डकी सहजै पराजित

अनिल खरेल र देव खनाल चम्कदा जारि प्रधानमन्त्री टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ५ विकेटले हराउँदै प्रतियोगितामा सुखद […]

राजुको अर्धशतकमा सुदूरपश्चिम विजयी, सेमिफाइनल समिकरण पुरा

ओपनर राजु रिजालले अर्धशतकी पारि खेल्दा जारि प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमले प्रदेश १ माथि ७ विकेटको जित निकालेको […]

भारतीय टेस्ट कप्तानबाट कोहलीको राजिनामा

भारतीय क्रिकेटर बिराट कोहलीले भारतको टेस्ट क्रिकेटको कप्तानी तुरन्त लागु हुने गरि छाड्ने घोषणा गरेका छन्। सन् २०१४ मा पहिलो […]

गण्डकीलाई ४० रनले हराउँदै बागमती सेमिफाइनलमा

गण्डकी प्रदेशलाई ४० रनले हराउँदै बागमती प्रदेश जारि प्रधानमन्त्री टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। यस अघि नै नेपाल […]