२७ बर्षपछी अष्ट्रेलियासँग जितको खोजीमा इंग्ल्याण्ड

इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा आयोजना भईरहेको बाह्रौं संस्करणको विश्वकप क्रिकेटको ३२ औं खेलमा आयोजक इंग्ल्याण्डले पाँच पल्टको च्याम्पियन अष्ट्रेलियाको सामना गर्दैछ। खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ।

यसअघि पनि विभिन्न समयमा आयोजकको भूमिकामा रहेको इंग्ल्याण्डले अहिलेसम्म उपाधी आफ्नो नाममा गराउन सकेको छैन। यसअघि सन् १९९२ को विश्वकपमा अष्ट्रेलियालाई पराजित गरेको इंग्ल्याण्डले त्यसपछि भने ३ प्रतिस्पर्धामा जित निकाल्न सकेको छैन।

यस खराब किर्तिमानलाई पाखा लगाउँदै इंग्ल्याण्डले मिनी-एसेजको रुपमा लिइएको प्रतिस्पर्धामा चिरपरिचित प्रतिद्वन्द्वीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्न चाहन्छ। अर्कोतर्फ अष्ट्रेलियापनि पछिल्लो तिन लगातार जितलाई निरन्तरता दिन प्रयास गर्नेछ।

विश्वकपअघि आयोजकको हिसाबले र उसको पछिल्लो प्रदर्शनले पराजित गर्न निकै मुस्किल आँकिएको इंग्ल्याण्डलाई पाकिस्तान र श्रीलंकाले पराजित गरेपछि थोरै रन बन्ने मैदानमा उसको ब्याटिंग चल्न नसक्के बुझिएको छ। त्यसैले अब हुने अष्ट्रेलिया, भारत र न्युजिल्यान्डबिचका खेलमा इंग्ल्याण्डलाई सेमिफाइनलमा स्थान पक्का गर्न दुई खेल जित्नैपर्ने दबाब रहेको छ।

विश्वकप अन्तर्गतका खेलमा अष्ट्रेलिया बलियो देखिएपनि पछिल्लो ५ खेलाको एकदिवसीय सिरिजमा इंग्ल्याण्डले क्लिन स्विप गरेको थियो।

इंग्ल्याण्डको लागि विस्फोटक ब्याट्सम्यान जेसन रोय घाइते भएपछी उनको स्थानमा आएका जेम्स भिन्सले कुनै ठुलो योगफल बनाउन सकेका छैनन्। श्रीलंका बिरुद्दको खेलमा जोन्नी बेयारिस्टो गोल्डेन डक भएका थिए। यस्तोमा खेललाई अगाडी बढाउने जिम्मेवारी कप्तान मोर्गन र जोए रुटमाथि आउछ। त्यस्तै विश्वकपमा आफ्नो छाप छोडिरहेका जोफ्रा आर्चरलाई अष्ट्रेलियाले सामना गरेको छैन। यधपी बिग ब्यास लगायत अन्य टि२० लिगहरुमा खेलाडी उनिसंगै र बिपक्षी भएका खेलेका छन्।

अष्ट्रेलियाको लागि भने आफ्नो अलराउण्डर मार्कस स्टनोईस बंगलादेश बिरुद्दको खेलमा चोटमुक्त हुँदै फर्किएपछी पहिलो रोजाईको एघार खेलाउन पाएको थियो, जसले गर्दा टिमले कलेक्टिभ इफोर्ट दिएको थियो। उसले अहिलेसम्म आफ्ना मुख्य स्पिनर नथन लायनलाई डेब्यु गर्ने मौका दिएको छैन। तर लेग स्पिनरको दबदबा रहेको अवस्थामा यदि दुई स्पिनरको आवश्यकता परे मात्र उनलाई टिममा देखिनेछ। पार्ट टाइमर म्याक्स्वेलले समेत राम्रो बलिंग प्रदर्शन गरिरहेका छन्। ब्याटिंगमा डेविड वार्नरले सर्बाधिक दोश्रो धेरै रन बनाउंदै हरेक खेलमा राम्रो सुरुवात दिलाएका छन् भने कप्तान फिन्चले पनि साथ दिने प्रयास गरेका छन्।

हेड टु हेड: यी दुई राष्ट्रले विश्वकपमा ७ पटक एकअर्काको सामना गरेका छन्। इंग्ल्याण्डले मात्र २ खेल जित्दा अष्ट्रेलियाले ५ खेलमा बाजी मारेको छ।

सन् १९७९ र सन् १९९२ मा इंग्ल्याण्डले क्रमश: ६ विकेट र ८ विकेटको जित निकाल्दा सन् १९७५, सन् १९८७, सन् २००३, सन् २००७ र सन् २०१५ मा अष्ट्रेलियाले क्रमश: ४ विकेट, ७ रन, २ विकेट, ७ विकेट र १११ रनको जित निकालेको थियो।

इंग्ल्याण्ड-अष्ट्रेलियाको खेल अघि अंक तालिका: