इपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमै क्रिस गेल मैदानमा उत्रिदै



नेपालकै ठूलो फ्रेन्चाईज क्रिकेट लीग एभरेष्ट प्रिमीयर लीग (इपीएल) को खेल तालिका सार्वजनिक भएको छ ।

आउँदो चैत १ गतेदेखि सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेल दिउँसो २ बजेदेखि सुरु हुनेछ । यससंगै विश्वचर्चित खेलाडी क्रिस गेल पनि उद्घाटन खेलमा नै मैदानमा उत्रिने भएका छन् । पोखरा राइनोजमा आवद्ध गेल सुरुवाती दुई खेल मात्रै खेल्ने छन् । यसपटक प्रतियोगितामा स्टार विदेशी खेलाडीहरु उत्रिदैछन् ।