EPL : भैरहवालाई पराजित गर्दै पोखरा पहिलो पटक फाइनलमा, अराचिगेको उत्कृस्ट प्रदर्शन



दोश्रो क्वालीफायरमा भैरहवा ग्ल्याडीएटर्सलाई ७ विकेटले पराजित गर्दै पोखरा राइनोज पहिलो पटक एभरेष्ट प्रिमियर लिग टि-ट्वान्टीको फाइनल पुगेको छ। लिगको फाइनल शनिवार चितवन टाइगर्स र पोखरा राइनोज बीच खेलिनेछ। चितवन र पोखरा दुवै टिम पहिलो पटक ईपीएलको फाइनल पुगेका हुन्।

टियु अन्तर्राष्ट्रिय मैदानमा सम्पन्न खेलमा भैरहवा ग्ल्याडीएटर्सले दिएको १२० रनको लक्ष्य पोखरा राइनोजले १० बल बाँकी रहँदै मात्र ३ विकेट गुमाएर पुरा गर्यो। भैरहवा पहिलो पटक ईपीएलको फाइनल पुग्न असफल भएको हो।

लक्ष्य पछ्याउने क्रममा पोखरा राइनोजका श्रीलंकन ब्याट्सम्यान सहान आराचिगेले सर्वाधिक ५३ रन बनाए जुन क्रममा अविजित रहेका उनले ४४ बलमा ७ चौका प्रहार गरे। यस्तै बिपिन रावलले अविजित ४० रन बनाए जुन क्रममा ३४ बलमा ३ चौका र १ छक्का प्रहार गरे। सुरुवाती ३ विकेट ३५ रनमा गुमेपछि चौंथो विकेटको लागि आराचिगे र रावलले अविजित ८७ रनको साझेदारी गरे। भैरहवाको बलिंगमा भुवन कार्कीले २ विकेट ( ३-१-१६-२ ) लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११९ रन बनाएको थियो।

भैरहवाको लागि कप्तान शरद भेसावकरले सर्वाधिक ३२ रन बनाए जुन क्रममा अविजित रहने क्रममा ३३ बलमा २ चौका र १ छक्का प्रहार गरे। यस्तै आरिफ शेखले २७, रोहित पौडेलले १८, प्रदिप ऐरीले ११ तथा उपुल थारांगाले १० रन बनाए। ५१ रनको योगफलमा ५ विकेट गुमाएको अवस्थामा कप्तान शरद भेसावकर र आरिफ शेखले ४१ रनको साझेदारी गरे। आरिफको विकेटपछि शरदले धम्मिका प्रशादसंग सातौं विकेटको लागि

पोखरा राइनोजको बलिंगमा किशोर महतो ( ४-१-२१-२ ) , सहान अरचिगे ( ४-०-१५-२ ) ले समान २ विकेट तथा असला गुनरत्ने ( २-०-१२-१) र नन्दन यादवले ( ४-१-१९-१ ) समान १ विकेट लिए।





थप समाचार

T20WC : अफगानिस्तानको विशाल जितमा बनेका ७ ठूला कीर्तिमान

युएईमा जारि टि-ट्वान्टी विश्वकपको सातौँ संस्करणको सुपर-१२ चरणको खेलमा विजयी सुरुवात गर्ने क्रममा अफगानिस्तानले स्कटल्याण्डलाई १३० रनको विशाल अन्तरले पराजित […]

T20WC : मुजिब र राशिदको घातक बलिंग, अफगानिस्तानको कीर्तिमानी विशाल जित

मुजिब उर् रहमानले टि-ट्वान्टी विश्वकप इतिहासकै तथा करियरकै उत्कृस्ट बलिंग गर्दा टि-ट्वान्टी विश्वकपमा अफगानिस्तानले स्कटल्याण्डलाई १३० रनको कीर्तिमानी अन्तरले पराजित […]

T20WC : जद्रानको आक्रामक अर्धशतक, अफगानिस्तानको कीर्तिमानी योगफल

युएईमा जारि टि-ट्वान्टी विश्वकप अन्तर्गत सोमबारको एक मात्र खेलमा अफगानिस्तान र स्कटल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन्। समुह ‘२’ दुवै टिमको सुपर-१२ […]

IPL मा लखनऊ र अहमदावाद दुई नयाँ टिम, बिसीसीआई बन्यो मालामाल

इन्डियन प्रिमियर लिगको आगामी संस्करण २०२२ मा दुई नयाँ टिम अहमदावाद र लखनऊ हुने पक्का भएको छ। सम्बर दुबईमा दुई […]

अफ्रिदीको रेकर्ड तोड्दै शाकिब बने टि-२० विश्वकप इतिहासकै सर्वाधिक विकेटकर्ता

टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरण अन्तर्गत आइतबार बंगलादेश अलराउण्डर शाकिब अल हसनले ठूलो रेकर्ड आफ्नो नाम गरेका छन्। श्रीलंका बिरुद्ध खेलमा […]

टि-ट्वान्टी विश्वकपमा आज एक मात्र खेल

युएईमा जारी टि-ट्वान्टी विश्वकपको सातौँ संस्करण अन्तर्गत अन्तर्गत सोमबार एक मात्र खेल हुँदैछ। समुह ‘२’ अन्तर्गतको खेलमा अफगानिस्तान र स्कटल्याण्ड […]