Kathamandu Kings XI vs Lalitpur Patriots
Live Score +
Home - Editor's Choice - इपिएल टि-२० : कुन टिममा को-को बिदेशी खेलाडी ( बिस्तृत जानकारी )

Editor's Choice

इपिएल टि-२० : कुन टिममा को-को बिदेशी खेलाडी ( बिस्तृत जानकारी )

Bipul Bhattrai
Editor
  • 1.8K
  •  
  •  
  •  
  •  
  •  
    1.8K
    Shares

  • विकेटनेपाल – मङ्सिर १९ , बुधबार 

यहि मङ्सिर २२ गतेबाट बहुप्रतिक्षित एभरेष्ट प्रिमियर लिग टि-२० (इपिएल) को तेस्रो संस्करण सुरुहुँदै छ। अन्तर्राष्ट्रिय स्टार खेलाडीहरु समेत सहभागी हुनेभएपछि इपिएलको चर्चा पछिल्लो समय थप चुलिएको छ।

एभरेस्ट प्रिमियर लिगमा बिराटनगर वारियर्स, भैरहवा ग्लाडीएटर्स, ललितपुर प्याट्रीयट्स, पोखरा राइनोज, काठमाडौं किंग्स ११ र चितवन टाइगर्स गरि ६ टोलि सम्मिलित रहेका छन्। लिगमा एउटा टिमले प्लेयिंग-११ मा ३ जना बिदेशी खेलाडी राख्नैपर्ने र ३ जना खेलाडीलाई अन्तिम ११ मा पनि समाबेस गर्नुपर्ने नियम रहेको छ। त्यसै अनुरुप सम्पूर्ण टिमले बिदेशी खेलाडीहरुको नाम घोषणा गरिसकेका छन्।

नेपाली लिगमा बिदेशी खेलाडीहरु गत सिजनको इपिएलबाट अनिवार्य गरिएको थियो जसपछि धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिगले पनि त्यसै नियम अन्तर्गत प्रतियोगिता आयोजना गरिसकेको छ।

नेपालमा आयोजना हुने ३ वटै टि-२० लिगहरुमा बिदेशी खेलाडीहरुको प्रदर्शन अत्यन्त महत्वपूर्ण रहँदै आएको छ। भर्खरै सम्पन्न पोखरा प्रिमियर लिगमा सन्नी पटेल, गत सिजन धनगढी प्रिमियर लिगमा रोहन मुस्तफा तथा एभरेस्ट प्रिमियर लिगकै पछिल्लो सिजनमा बाबर हायात प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका थिए। यो तथ्यलेनै नेपाली लिगमा विदेशी खेलाडीहरुको प्रदर्शन कस्तो रहंदा आएको छ बताउछ।

यो सिजन इपिएलमा अघिल्लो सिजन भन्दा पनि अझ उत्कृस्ट विदेशी खेलाडीहरु टिमले नेपाल भित्र्याएका छन्। अघिल्लो सिजन भारत, पाकिस्तान र श्रीलंका समेतका खेलाडीहरुको बाहुल्यता लिगमा रहेको थियो भने यो पटक टेस्ट राष्ट्र आयरल्याण्ड र इंग्ल्याण्डका खेलाडीहरु तथा नेदरल्याण्ड, स्कटल्याण्ड, हंगकंग, युएईका खेलाडीहरु बिभिन्न टिमले आबद्ध गरेका छन्।

इपिएलमा यो सिजन कुन टिमले को-को खेलाडीलाई भित्र्याएका छन् – सम्पूर्ण लिस्ट :  

काठमाडौँ किंग्स-११ : केभिन ओ ब्रायन ( आयरल्याण्ड ) , रोहन मुस्तफा ( युएई ) , प्रदिप साहू ( भारत )

केभिन ओ-ब्रायन : टेस्ट राष्ट्र आयरल्याण्डका स्टार केभिन ओ ब्रायन आयरल्याण्डका लागि टेस्ट क्रिकेटमा शतक बनाउने पहिलो ब्याट्सम्यान समेत हुन्। गत बर्ष आईसीसीबाट आयरल्याण्डले टेस्ट मान्यता पाएपछि पाकिस्तान बिरुद्ध पहिलो टेस्ट खेल्दा केभिन ओ ब्रायनले शतक बनाएका थिए।

सन् २०११ को एक दिवसिय विश्वकपमा आयरल्याण्डले इंग्ल्याण्डलाई पराजित गर्दा समेत ओब्रायनले एक दिवसीय विश्वकप इतिहासकै सर्वाधिक छिटो शतक (५०) प्रहार गर्दै ११३ रनको इनिंग खेलेका थिए। आयरल्याण्डका लागि ३०८ क्याप जितेका ३५ बर्षका ओब्रायानले सन् २००६ मा डेब्यु गरेयता ३ एक दिवसीय विश्वकप र ५ टि-२० विश्वकपमा सहभागिता जनाएका छन्।

कुल १२५ एक दिवसीय र ६३ टि-२० अन्तर्राष्ट्रिय खेल खेलेका दायाँ हाते ब्याट्सम्यान ओब्रायनले टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ११८.८६ को स्ट्राइक रेटमा ७५६ रन जोडेका छन्। ओब्रायनले आयरल्याण्ड बाहेक सर्रे, सोमर्सेट, नट्टीन्घमसायर, ट्रिनिडाड एण्ड टोबागो आदि क्लबबाट समेत बिभिन्न लिग खेलीसकेका छन्।

Rohan Mustafa , Kevin O Brien

रोहन मुस्तफा : संयुक्त अरब इमिरेट्स (युएई) का कप्तान रोहन मुस्तफा यसअघि धनगढीमा सम्पन्न धनगढी प्रिमियर लिगमा प्रतियोगिताकै उत्कृस्ट खेलाडी घोषित भएका थिए। यस्तै पोखरा प्रिमियर लिगमा बुटवल ब्लास्टर्सको लागि खेलेका उनले युएईको लागि २७ एक दिवसीय र २२ टि-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। ३१ बर्षिय मुस्तफा दायाँ हाते माथिल्लो क्रमका ब्याट्सम्यान तथा अफ-स्पिनर समेत हुन्।

प्रदिप साहू :  प्रदीप आइपिएलमा राजस्थान रोयल्स र किंग्स एघार पन्जाब टिममा रहीसकेका छन् भने घरेलु क्रिकेटमा हरियाणाबाट खेलेका थिए।

१७ बर्षको उमेरमा प्रथम श्रेणी क्रिकेटमा डेब्यु गरेका लेग स्पिन गुग्लि बलर साहूले १३ खेलमा सर्वाधिक ७२ सहित ४४९ रन बनाएका छन् भने बलिंगतर्फ ९६ रन खर्चेर ६ विकेटको उत्कृस्ट प्रदर्शन सहित १३ विकेट लिएका छन्। आइपिएलमा उनले २०१६ को संस्करणमा किंग्स ११ पन्जाबको लागि ५ खेल खेल्ने मौका पाएका थिए जुन क्रममा ३ विकेट लिन सकेका थिए।

साहूलाई २०१५ को आइपिएल अक्सनमा राजस्थानले १० लाख भारुमा किनेपनि त्यो सिजन कुनै खेल खेल्न पाएका थिएनन्। ३३ बर्षीय उनलाई २०१७ मा त्यतिनै मूल्यमा पन्जाबले किन्यो भने २०१८ मा आफ्नै टिममा राखेको थियो तर रभीचन्द्रन आश्विनले उनलाई अन्तिम ११ मा भने मौका दिन जरुरि ठानेनन्।

चितवन टाइगर्स : पल स्टरलिङ्ग ( आयरल्याण्ड ) , जर्ज स्कट र जन सिम्प्सन ( इंग्ल्याण्ड )  

पल स्टर्लिंग : आयरल्याण्डका बिष्फोटक ओपनिङ्ग ब्याट्सम्यान पल स्टर्लिंगले कुल १०० एक दिवसीय अन्तर्राष्ट्रिय र ५२ टि-२० अन्तर्राष्ट्रियको अनुभव बटुलेका छन्। स्टर्लिंगको नाममा ३३४६ एक दिवसीय तथा ११८१ टि-२० अन्तर्राष्ट्रिय रन रहेको छ।

विश्वभरका बिभिन्न टि-२० लिगमा सहभागी हुँदै आएका उनले इंग्ल्याण्डको काउन्टी टोलि मिडलसेक्सबाट  खेलीसकेका छन्। स्टर्लिंगको नाममा १७४ टि-२० खेलमा १४२.८६ को आक्रामक स्ट्राइक रेटमा ४१९६ रन रहेको छ।

Paul Stirling

जोन सिम्प्सन : ३० बर्षिय जोन सिम्प्सनलेइंग्ल्याण्डको उच्च घरेलु प्रतियोगिता काउन्टी क्रिकेटमा लंकाशयर र मिडलसेक्सबाट खेलीसकेका छन्।

इंग्ल्याण्ड यु-१९ क्रिकेट टिमको समेत प्रतिनिधित्व गरिसकेका सिम्प्सनले ९४ वटा मान्यता प्राप्त टी-२० तथा १४० वटा प्रथम श्रेणीमा प्रतिनिधित्व गरेका छन्। देब्रे हाते सिम्प्सन विकेटकिपर ब्याट्सम्यानको भूमिकामा खेल्ने गर्छन् र भर्खरै सम्पन्न भाईटालिटि टि-२० ब्लास्टमा मिडलसेक्सको लागि खेलेका थिए। भाईटालिटि टि-२० मा उनको टिममा इंग्ल्याण्ड कप्तान ओएन मोर्गन, आयरल्याण्ड क्रिकेटर पल स्टरलिङ्ग, न्युजिल्याण्ड राष्ट्रिय क्रिकेटर जेम्स फ्र्यांकलिन जस्ता खेलाडीहरु थिए।

John Simpson

भाईटालिटि टि-२० अन्तर्गत ससेक्स बिरुद्धको अन्तिम खेलमा सिम्प्सनले तेश्रो नम्बरमा ब्याटिंग गर्दै आक्रामक इनिंग खेल्ने क्रममा २९ बलमा ६ छक्का र ४ चौका प्रहार गरेका थिए। उक्त खेलमा ससेक्सको लागि इंग्ल्याण्ड राष्ट्रिय क्रिकेटरहरु टाइमल मिल्स , ड्यानी ब्रिग्स, क्रिस जोर्डन तथा दक्षिण अफ्रिकी राष्ट्रिय खेलाडी डेभिड वेइसले बलिङ्ग गरेका थिए।

जर्ज स्कट : २३ बर्षिय जर्ज स्कट मिडलसेक्सका खेलाडी हुन् जसले इंग्ल्याण्ड घरेलु क्रिकेटमा ५ प्रथम श्रेणी, २ लिस्ट ए र १५ टि-२० खेल खेलीसकेका छन्। इंग्ल्याण्डमा सम्पन्न ठुलो टि-२० प्रतियोगिता भाइटालिटि ब्लास्टमा स्कटले मिडिलसेक्सको लागि खेलेका थिए। भाईटालिटि टि-२० मा उनको टिममा इंग्ल्याण्ड कप्तान ओएन मोर्गन, आयरल्याण्ड क्रिकेटर पल स्टरलिङ्ग, न्युजिल्याण्ड राष्ट्रिय क्रिकेटर जेम्स फ्र्यांकलिन जस्ता खेलाडीहरु थिए।

George Scott
George Scott

ओपनिङ्ग ब्याट्सम्यान स्कटले प्रतियोगितामा खास प्रदर्शन भने गर्न सकेका थिएनन्। सन् २०१५ को नाटवेस्ट ब्लास्टमा मिडिलसेक्सको लागि डेब्यु गरेका स्कटलाई २०१५ मा मिडलसेक्स सेकेन्ड-११ मा राम्रो प्रदर्शन पछि ३ बर्षको कन्ट्र्याक दिएको थियो।

पोखरा राइनोज : रिचर्ड लेभी ( दक्षिण अफ्रीका )  कायल कोट्जर ( स्कटल्याण्ड )  पल कोग्लिन ( इंग्ल्याण्ड ) , सन्नी भिमसारिया ( हंगकंग )

कायल कोट्जर : स्कटल्याण्ड राष्ट्रिय टोलीका कप्तान तथा बिष्फोटक ब्याट्सम्यान कोट्जर माथिल्लो क्रममा आक्रामक ब्याटिंग गर्छन्। कोट्जरले ५० एकदिवसीय अन्तर्राष्ट्रिय र ४५ टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलेका छन्। उनको नाममा १९६९ एक दिवसीय तथा १०३५ टी-ट्वान्टी अन्तर्राष्ट्रिय रन रहेको छ। कोट्जरले सन् २०१५ मा अस्ट्रेलिया र न्युजिल्याण्डमा सम्पन्न विश्व कपमा बंग्लादेश विरुद्ध सानदार १५६ रन बनाएका थिए।

बंगलादेश बिरुद्ध बनाएको १५६ रन एक दिवसीय विश्वकपमा एसोसिएट राष्ट्रका खेलाडीले बनाएको सर्वाधिक व्यक्तिगत रन समेत हो। यस्तै कोट्जरकै कप्तानीमा स्कटल्याण्डले जुन १०, २०१८ मा इंग्ल्याण्डलाई एक दिवसीय खेलमा ६ रनले पराजित गरेको थियो। सो खेलमा कोट्जरले बिष्फोटक ब्याटिंग गर्दै ४९ बलमा ५८ रन जोडेका थिए।

पल् कोग्लिन : कोग्लिनलाई इंग्ल्याण्डको घरेलु क्रिकेटमा नट्टीन्घमशायरको लागि खेल्दै आएका छन् भने डर्हमको लागि पनि खेलीसकेका छन्।दायाँ हाते ब्याट्सम्यान तथा मध्यम गतिका अलराउण्डरसंग घरेलु क्रिकेटमा ३२ प्रथम श्रेणी खेल, २६ लिस्ट ए खेल र ३३ टि-२० खेलको अनुभव रहेको छ। सन् २०१७ को घरेलु टि-२० सिजनमा कोग्लिनले डर्हमको कप्तानी समेत गरेका थिए।

यसै बर्ष वेस्ट इन्डिज ‘ए’ टिम बिरुद्ध इंग्ल्याण्ड लायन्स टिमको प्रतिनिधित्व गर्ने मौका समेत कोग्लिनले पाईसकेका छन्। उक्त खेलमा स्याम कुरान, केटन जेन्निङ्ग्स लगायत इंग्ल्याण्ड क्रिकेटरहरु समेत खेलेका थिए।

Paul Coughlin

प्रथम श्रेणी क्रिकेटमा इंग्ल्याण्ड लायन्सको प्रतिनिधित्व गरिसकेका कोग्लिनले ५१ इनिंगमा ११६८ रन जोडेका छन् भने बलिंगतर्फ समेत ५२ इनिंगमा ७५ विकेट लिएका छन्। यस्तै २२ टि-२० इनिंगमा कोग्लिनको नाममा १३७.८९ को स्ट्राइक रेटमा ४३३ रन रहेको छ।

रिचर्ड लेभी : इपिएल खेल्ने सबैभन्दा ठूलो नामका रुपमा हेरिएका दक्षिण अफ्रिकी क्रिकेटर रिचर्ड लेभी टि-२० क्रिकेटमा बिष्फोटक ब्याटिंगका लागि चिनिने गर्छन्। ३० बर्षीय लेभीले सन् २०१२ मा न्युजील्याण्ड बिरुद्ध मात्र ४५ बलमा शतक बनाउंदै टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो शतक बनाउने रेकर्ड आफ्नो नाम गरेका थिए। सो रेकर्ड पछि गएर दक्षिण अफ्रिकाकै डेभिड मिलरले तोड्न पुगे। लेभीले सोहि इनिंगकै क्रममा १३ छक्का प्रहार गरेका थिए जुन सो समयमा एकै टि-२० इनिंगमा ब्याट्सम्यानले प्रहार गरेको सर्वाधिक छक्का समेत थियो।

बिष्फोटक ब्याटिंगका लागि चिनिने लेभीको इनिंगपछि इन्डियन प्रिमियर लिगको टोलि मुम्बई इन्डीयन्सले ४ लाख डलरमा उनलाई टोलीमा समेत लिएको थियो। आइपिएल क्रिकेटमा मात्र ६ खेल खेल्ने मौका पाएका लेभीले कुल ८३ रन मात्र बनाउन सके।

त्यसयता दक्षिण अफ्रिकाका लागि १३ टि-२० अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलेका लेभीको नाममा १४१.३१ को बिष्फोटक स्ट्राइक रेटमा २३६ रन रहेको छ। यस्तै इंग्ल्याण्डको काउन्टी क्रिकेटमा समरसेट र बिभिन्न घरेलु टि-२० लिगमा उनले १९८ खेल खेल्दा ५०७० रन बटुलेका छन्। अन्तिम पटक लेभीलेले अन्तिम पटक सन् २०१२ मा न्युजिल्याण्ड बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय खेलेका थिए।

सन्नी भिमसारिया : २५ बर्षिय सन्नीले सन् २०११ देखि २०१३ सम्म हंगकंग यु-१९ टिमको लागि खेलेका थिए भने सन् २००७ मा नेपालमा आयोजना भएको एसीसी यु-१५ तथा पुनः सन् २००९ मा नेपालमै आयोजना भएको एसीसी यु-१७ मा उनले हंगकंगको प्रतिनिधित्व गरेका थिए।

दायाँ हाते लेग स्पिन बलिङ्ग र राम्रो ब्याटिंग समेत गर्न सक्ने सन्नी यस बर्ष हंगकंग टि-२० ब्लिटज प्रतियोगितामा काउलुन कन्टोन क्लबबाट खेलेका थिए। सोहि क्लबबाट सन् २०१६ मा सन्दिप लामिछानेले पनि उक्त प्रतियोगिता खेलेका थिए। हंगकंग ‘ए’ टिमको सदस्य समेत रहेका सन्नीसंग इंग्ल्याण्डको घरेलु क्रिकेटमा ह्याम्पसायर लिग खेलेको अनुभव रहेको छ।

भैरहवा ग्लाडीएटर्स : मोहम्मद नबिद ( युएई ) रायन टेन डोस्काटे ( नेदरल्याण्ड ) र रबि इन्दर सिंह ( भारत )

मोहम्मद नबिद : तीव्र गतिको बलिंगको साथै आक्रामक ब्याटिंग गर्न सक्ने नावेदले युएईको लागि अहिलेसम्म ३२ एकदिवसीय र २३ टी-२० अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलेका छन्। उनको नाममा ३३९ रन र ४५ एकदिवसीय विकेट रहेका छन् भने १६४ रन र २९ टी-ट्वान्टी अन्तर्राष्ट्रिय विकेट रहेका छन्।

पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत पोखरा पल्टनमा आबद्द भएका उनले पोखरालाई उपाधी दिलाउन महत्त्वपूर्ण योगदान दिएका थिए। प्रतियोगितामा नाविदले ५ खेलमा १९७.६१ को स्ट्राइक रेटमा ८३ रन बनाएका थिए भने कुल विकेट लिएका थिए।

Mohammad Naveed
Mohammad Naveed ( Photo – Pokhara Paltans )

पिपिएल अन्तर्गत फाइनलमा नावेदले पारस खड्काको चितवन राइनोज बिरुद्द ४ ओभर बलिंग गर्दै मात्र १८ रन खर्चेर १ विकेट लिएका थिए। ब्याटिंगतर्फ लड़खडाएको ब्याटिंगलाई सम्हाल्न २५ रनको पारि खेल्नेक्रममा १४ बलमा १ चौका र ३ छक्का प्रहार गरेका थिए।

यस्तै लिग चरणको अन्तिम खेलमा पोखरालाई सिधै फाइनल पुग्न थोरै ओभरमा जित्नु पर्ने अवस्थामा काठमाडौँ रोयल्स बिरुद्ध ५ छक्का मद्दतले १५ बलमा ३६ रन बनाएपछि नेट-रन रेटमा अघि रहँदै पोखरा फाइनल पुगेको थियो। उक्त खेलमा बलिङ्गमा पनि उनले २ विकेट ( ४-०-११-२ ) लिएका थिए।

रायन टेन डोस्काटे : सन् २०११ को एक दिवसीय विश्वकप क्रिकेटमा बलियो टोलि इंग्ल्याण्ड बिरुद्ध शतक बनाएका ३८ बर्षीय डच अलराउण्डर डोस्काटे एसोसिएट राष्ट्रका सर्वाधिक सफल खेलाडी मध्ये मानिन्छन्।

सन् २०११ को एक दिवसीय विश्वकप क्रिकेटमा २ शतक बनाएपछि उनको नाम एकाएक विश्वक्रिकेटमा चुलिएको थियो। डोस्काटेले सो विश्वकप क्रिकेटमा इंग्ल्याण्ड बिरुद्ध ११९ रन तथा आयरल्याण्ड बिरुद्ध १०६ रन बनाएका थिए। आयरल्याण्ड बिरुद्धको शतकपछि उनि २०११ एक दिवसीय विश्वकप क्रिकेटमा दुई शतक बनाउने मात्र तेस्रो खेलाडी बन्न पुगेका थिए। सो उचाई त्यसअघि सचिन तेन्दुलकर र एबी डी भिल्लियर्सको नाममा रहेको थियो।

सन् २०११ मानै रायनलाई इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राईडर्सले आफ्नो टोलीमा सम्मिलित समेत गर्यो। त्यसयता उनले २९ आइपिएल खेलमा ३२६ रन बनाएका छन् भने २ विकेट समेत चट्काएका छन्।

यस्तै नेदरल्याण्ड्सका लागि ३३ एक दिवसीय र १० टि-२० अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलेका उनले ५ शतक सहित १५४१ एक दिवसीय रन र २५२ टि-२० अन्तर्राष्ट्रिय रन जोडेका छन्। एक दिवसीय क्रिकेटमा र्यानको नाममा ५५ विकेट समेत रहेको छ। अन्तिम पटक उनले टि-२० अन्तर्राष्ट्रिय खेल नेपाल बिरुद्ध लर्ड्स मैदानमा खेलेका थिए।

नेदरल्याण्ड्सका लागि लामो समयसम्म खेल नखेलेपनि डोस्काटे इंग्ल्याण्डको घरेलु काउन्टी क्रिकेटमा संलग्न रहँदै आएका छन्। एस्सेक्सका लागि काउन्टी क्रिकेट खेल्ने उनको नाममा १७४ प्रथम श्रेणी खेलमा २७ शतक सहित १०२८३ रन रहेको छ।

रबि इन्दर सिंह : भारतीय रबि इन्दर सिंह पोखरा प्रिमियर लिगमा समेत शरदकै टोलि पोखरा पल्टनमा रहेका थिए। रबिले सर्वाधिक रन बनाउने खेलाडी बन्ने क्रममा ६ इनिंगमा २६० रन बनाएका थिए। सोहि क्रममा फाइनल खेल अन्तर्गत चितवन राइनोज बिरुद्ध म्यान अफ द म्याच समेत बनेका रबिले ५८ बलमा ९० रन प्रहार गरेका थिए।

Ravi Inder Singh

ललितपुर प्याट्रीएट्स : सन्नी पटेल,  जय किशन कोल्सावाला र गौरभ तोमर ( सबै भारत )

सन्नी पटेल : नेपाली घरेलु क्रिकेटमा चलेको नाम सन्नी पटेल कसिलो लेग स्पिन बलिंग र बिष्फोटक ब्याटिंगका लागि चिनिने गर्छन्। भर्खरै सम्पन्न पोखरा प्रिमियर लिगमा समेत सन्नी उत्कृस्ट खेलाडी घोषित भएका थिए। पटेलले टिमलाई फाइनलसम्म पुर्याउन ब्याटिंगमा कुल १९४ रन तथा बलिङ्गमा १० विकेट लिएका थिए भने काठमाडौँ रोयल्स बिरुद्धको इलिमिनेटर खेलमा ३ विकेट ( ४-०-९-३ ) लिंदै टिमलाई फाइनल पुर्याएका थिए। पिपिएलमा उनले धनगढी ब्लुज बिरुद्ध प्रतियोगिताकै सर्वाधिक व्यक्तिगत स्कोर ९५ रन तथा बिराटनगर टाईटन्स बिरुद्ध ६६ रन बनाएका थिए।

Sunny Patel
Sunny Patel

गौरभ तोमर : ज्ञानेन्द्र मल्ल कप्तानीको काठमाडौँ रोयल्सको लागि खेल्दै पिपिएलमा उत्कृस्ट ब्याट्सम्यान चुनिएका गौरभ तोमरले पनि पहिलो पटक इपिएल खेल्ने पक्का भएको हो। तोमरले पिपिएलमा २ अर्धशतक प्रहार गर्दै कुल २१२ रन बनाएका थिए। यस क्रममा उनले धनगढी ब्लुज बिरुद्ध प्रतियोगिताकै सर्वाधिक व्यक्तिगत स्कोर ९५ रन तथा बिराटनगर टाईटन्स बिरुद्ध ६६ रन बनाएका थिए।

Gaurav Tomar ( Pic – Kathmandu Royals Facebook )

जयकिशन कोल्सावाला : भारतीय मुलका जयकिशन यस संस्करण समेत ललितपुरकै टोलीमा रहने छन्। कोल्सावालाले ललितपुरलाई गत सिजन प्लेअफसम्म पुर्याउन ७ खेलमा २२७ रन बनाउदै टिम सबैभन्दा सफल खेलाडी मध्ये आफुलाई उभ्याउन सफल भएका थिए। उनले बरोडाका लागि रणजी ट्रफी खेलिसकेका छन्।

Jaykisan Kolsawala
Jaykisan Kolsawala

बिराटनगर वारियर्स : बाबर हयात ( हंगकंग )  रोल्फ भान डर मर्वे ( नेदरल्याण्ड )  र पल भान मिकिरिन ( नेदरल्याण्ड )

बाबर हायात : गत सिजनको च्याम्पियन टोलि बिराटनगरले यस सिजन समेत हंगकंगका पुर्व कप्तान बाबर हयातलाई टोलीमा लिएको छ।पारस खड्काको कप्तानीबाट खेल्दै आक्रामक ब्याटिंग शैलीको कारणले म्यान अफ द सिरिज तथा प्रतियोगिताको उपाधी समेत उचालेका थिए। बाबरले अघिल्लो सिजन ७ खेलमा ४४.७१ को औशतले प्रतियोगिताकै सर्वाधिक ३१३ रन बनाएका थिए। ३ अर्धशतक बनाएका उनको नाममा सर्वाधिक धेरै ८१ रन रहेको थियो।

Babar Hayat

पाउल भान मिकिरिन : २६ बर्ष उमेर भएका मिकिरिनले ४ एकदिवसिय तथा २३ टि-२० अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलेकाछन् जो नेदरल्याण्डको उमेर समुहका उत्पादन हुन्।

उनले आफ्नो पछिल्लो एकदिवसिय खेल नेपाल बिरुद्द खेलेका थिए। नेपालले १ रनले जितेको दोश्रो एकदिवसिय खेलमा पनि उनले किफायती बलिङ्ग गर्दै ८ ओभरमा मात्र २१ रन खर्चिएका थिए भने १ विकेट समेत लिएका थिए। मिरकिरनसँग ३८ टि-२० खेलको अनुभव रहेको छ जसमा उनले सुरुवाती केहि ओभर र डेथ ओभरमा बलिङ्ग गर्दै ७.५२ को इकोनोमीमा २५ विकेट लिएका छन्।

रोल्फ भान् डर मर्वे : इपिएल खेल्ने अर्को ठूलो नाम ३४ बर्षकारोल्फ भान् डर मर्वेसँग दक्षिण अफ्रिका र नेदरल्याण्डबाट गरेर १३ एकदिवसीय र २५ टि-२० अन्तर्राष्ट्रिय खेलको अनुभव रहेको छ। उनले ति खेलहरुमा १७ एकदिवसीय विकेट लिएका छन् भने टि-२० मा ३१ विकेट लिँदै २११ रन समेत बनाएका छन्।

दायाँ हाते ब्याटिंग र देब्रे हाते स्पिन बलिङ्ग गर्ने क्षमता भएका मर्वेले दक्षिण अफ्रिकाबाट केहि समय खेलिसकेपछि नेदरल्याण्डमा बसाइ सरेका हुन्। आइपिएलमा दिल्ली डेयरडेभिल्स र रोयल च्यालेञ्जर्स बैंगलोर, बिग ब्यासमा ब्रिस्बेन हिटबाट खेलिसकेका उनले इंग्ल्याण्डको घरेलु क्रिकेटमा समरसेटबाट खेल्ने गर्छन। अहिलेसम्म १८९ टि-२० खेलको अनुभव लिँदै मर्वेले १३२.०६ को स्ट्राइक रेटमा २१०९ रन तथा १७४ विकेट लिएका छन्।


  • 1.8K
  •  
  •  
  •  
  •  
  •  
    1.8K
    Shares