कोरोना भाइरसका कारण इपिएल स्थगित

Everest Premier League


काठमाडौं, फागुन २२– विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा एभरेष्ट प्रिमयर लिग (ईपीएल) टी–२० प्रतियोगिता रोकिएको छ ।

विश्वभर कोरोनाको संक्रमण फैलिएपछि आयोजक ईपीएल प्रालीले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो ।

चीनबाट शुरु भएको कोरोना भाइरस विश्वव्यापीरूपमा फैलँदै गएपछि इपिएल स्थगन गरिएको आयोजक इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए । उनका अनुसार नेपाल क्रिकेट संघ, सहभागी टोली तथा प्रायोजकसँगको छलफलपछि प्रतियोगिता स्थगन गरिएको हो । ‘कोरोनाको त्रासले अहिले इपिएल स्थगित गरेका छौँ । स्थिति नियन्त्रण भएपछि नयाँ मिति तय गर्नेछौँ’, उनले भने ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोरोना भाइरसको सन्त्रास नसकिएसम्मका लागि खेलकुद गतिविधि स्थगन गर्ने भएको हो ।

सरकारले सार्वजनिक स्थानमा, सभा सम्मेलन, धेरै मानिस जम्मा हुने कार्यक्रम नगर्न निर्देशन जारी गरेपछि राखेपले पनि खेलकुद गतिविधि स्थगित गर्ने भएको हो ।

राजधानीमा अहिले शहिद स्मारक बी डिभिजन लिग भइरहेको छ भने राजधानीबाहिर विभिन्न फुटबल तथा भलिबलका प्रतियोगिताहरु भइरहेका छन् ।

यसअघि इपिएल आगामी चैत १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने तय भएको थियो । प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता हुनेछ । ललितपुर, काठमाडौँ किङ्स इलेभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्स रहेका छन् ।

यो पटक इपिएलमा क्रिस गेल, कोरे एण्डरसन, केसरिक विलियम्स, पल स्टर्लिंग, उपुल थारांगा, ड्वेन स्मिथ, केभिन ओ ब्रायन, मोहम्मद शहजाद जस्ता विदेशी खेलाडीहरु आउने पक्का भैसकेको थियो।





थप समाचार

रुख चढेर खेल हेरे नेपाली दर्शकले, नेदरल्याण्ड खेलाडी बेन कुपरले गरे तारिफ

नेपालमा जारि तिन त्रि-देशीय टि-ट्वान्टी सिरिजमा सरकारी निर्णयका कारण दर्शकहरुलाई प्रवेश निषेध गरिएको छ। दर्शकहरुले टियु मैदान किर्तिपुरमा मैदानमा प्रवेश […]

स्लो ओभर रेटका कारण रोहितलाई १२ लाख भारु जरिवाना

आईपीएल टिम मुम्बई इन्डीयन्सका कप्तान रोहित शर्मालाई दिल्ली क्यापिटल्ससंग मंगलबार राति सम्पन्न खेलमा ‘स्लो ओभर रेट’ कायम गरेकाका कारण १२ […]

IPL : मुम्बईलाई हराउदै दिल्ली दोश्रो स्थानमा उक्लियो

भारतमा जारि १४ औं आईपीएल अन्तर्गत १३ औं खेलमा दिल्ली क्यापिटल्सले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीयन्सलाई ६ विकेटले पराजित गरेको छ। […]

अमित मिश्राले शानदार बलिंग गर्दा मुम्बईको चलेन ब्याटिंग

१४ औं आईपीएल अन्तर्गत १३ औं खेलमा मुम्बई इन्डीयन्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गरिरहेका छन्। चेन्नाई स्थित एमए चिदम्बरम स्टेडियममा […]

नेपाल बिरुद्ध जितमा नेदरल्याण्डले बनायो ६ ठुला रेकर्ड

नेपाललाई ३ विकेटले स्तब्ध पार्दै नेदरल्याण्डले नेपालमा जारी त्रि-देशीय टि-ट्वान्टीमा दोश्रो जित दर्ता गर्न सफल रह्यो। नेपालले दिएको २०७ रनको […]

कप्तान मल्लले बताए सोमपाललाई तेश्रो ओभर बलिंग नदिनुको कारण

त्रि-देशीय सिरिजमा नेदरल्याण्डसंग हार पछि नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले डेथ ओभरमा सोमपाल हुँदा हुँदै सन्दिप लामिछानेलाई १८ औं ओभरमा […]