चितवन टाइगर्सलाई ईपीएलको उपाधि



पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवन टाइगर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग टि-२० को उपाधि जितेको छ। चितवनले पहिलो पटक लिगको उपाधि जितेको हो।

टियु अन्तर्राष्ट्रिय मैदानमा सम्पन्न खेलमा पोखरा राईनोजले दिएको ११२ रनको लक्ष्य चितवनले ६ विकेट गुमाएर १५.५ ओभरमा भेटायो। जितसंगै चितवनले ५० लाख रुपैयाँ समेत हात पार्यो भने पोखरा राइनोजले १५ लाख रुपैयाँ प्राप्त गर्यो।

चितवनको ब्याटिंगमा भिम शार्कीले सर्वाधिक ६३ रन बनाए जुन क्रममा ४५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। यस्तै दिलिप नाथले १८, राजेश पुलामीले १४ तथा मोहम्मद शहजादले ११ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा चितवनको सुरुवात खराब रह्यो। पहिलो ओभरमै हसिम अन्सारी खाता नखोली नन्दन यादवबाट क्याच आउट भए। त्यसपछि करिम जनत र मोहम्मद शहजादलाई किशोर महतोले क्याच आउट गराए। २०/३ को अवस्थाबाट भिम शार्की र दिलिप नाथले ५४ रनको साझेदारी गरे। १२ औं ओभरमा दिलिपलाई किशोरले क्याच आउट गराए। त्यसपछि भिमले राजेश पुलामीसंग २३ रनको साझेदारी गरे। पुलामी १५ औं ओभरमा नन्दन यादवबाट आउट भए भने भिम १६ औं ओभरमा किशोर महतोबाट क्याच आउट आउट हुँदा टिम जित नजिक पुगीसकेकको थियो।

पोखराको बलिङ्गमा किशोर महतोले सर्वाधिक ४ विकेट ( ३.५-०-२७-४ ) लिए भने नन्दन यादवले २ विकेट  ( ४-०-२६-२ ) लिए।

टियु अन्तर्राष्ट्रिय मैदानमा जारि खेलमा टस हारेर ब्याटिंग गरेको पोखराले १७.५ ओभरमा १११ बनाएको थियो। पोखराको लागि असेला गुनरत्नेले सर्वाधिक ३४ रन, रिचर्ड लेभीले २६ रन ताता कप्तान बिनोद भण्डारीले २२ रन योगदान दिए।

पोखरा ओपनर लेभी र रावलले ३७ रनको ओपनिंग साझेदारी गरेका थिए। चौंथो ओभरमा लेभीलाई करिम जनतले क्याच आउट गरे। लगत्तै ओभरमा रित गौतमलाई कमल सिंह ऐरीले क्याच आउट गराए। छैठौं ओभरमा उत्कृस्ट लयमा रहेका सहान अराचिगेलाई कप्तान सोमपालले क्याच आउट गराउदै चितवनलाई खेलमा हावी गराए। बिपिन रावललाई पनि जनतले क्याच आउट गराए। पाँचौ विकेटको लागि असेला गुनरत्नेले बिनोद भण्डारीसंग ४५ रन जोडे। १४ औं ओभरमा गुनरत्नेलाई सेक्कुगे प्रसन्नाले क्याच आउट गराए। लगत्तै ओभरमा लयमा रहेका विवेक यादवलाई कमलले क्याच आउट गराए भने सोहि ओभरमा लोकेश बम पनि क्याच आउट भए। त्यसपछि पोखरा खेलमा फर्कन सकेन।

चितवन टाइगर्सको बलिंगमा कमल सिंह ऐरीले ४ विकेट ( ३.५-०-२०-४ ) लिए भने सेक्कुगे प्रसन्ना ( ३-०-१३-२ ) र करिम जनतले ( ३-०-१५-२ ) समान २ विकेट लिए। सोमपाल कामि ( ३-०-२२-१ ) र सागर ढकालले ( ३-०-२४-१ ) ले समान १ विकेट लिए।





थप समाचार

T20WC : अफगानिस्तानको विशाल जितमा बनेका ७ ठूला कीर्तिमान

युएईमा जारि टि-ट्वान्टी विश्वकपको सातौँ संस्करणको सुपर-१२ चरणको खेलमा विजयी सुरुवात गर्ने क्रममा अफगानिस्तानले स्कटल्याण्डलाई १३० रनको विशाल अन्तरले पराजित […]

T20WC : मुजिब र राशिदको घातक बलिंग, अफगानिस्तानको कीर्तिमानी विशाल जित

मुजिब उर् रहमानले टि-ट्वान्टी विश्वकप इतिहासकै तथा करियरकै उत्कृस्ट बलिंग गर्दा टि-ट्वान्टी विश्वकपमा अफगानिस्तानले स्कटल्याण्डलाई १३० रनको कीर्तिमानी अन्तरले पराजित […]

T20WC : जद्रानको आक्रामक अर्धशतक, अफगानिस्तानको कीर्तिमानी योगफल

युएईमा जारि टि-ट्वान्टी विश्वकप अन्तर्गत सोमबारको एक मात्र खेलमा अफगानिस्तान र स्कटल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन्। समुह ‘२’ दुवै टिमको सुपर-१२ […]

IPL मा लखनऊ र अहमदावाद दुई नयाँ टिम, बिसीसीआई बन्यो मालामाल

इन्डियन प्रिमियर लिगको आगामी संस्करण २०२२ मा दुई नयाँ टिम अहमदावाद र लखनऊ हुने पक्का भएको छ। सम्बर दुबईमा दुई […]

अफ्रिदीको रेकर्ड तोड्दै शाकिब बने टि-२० विश्वकप इतिहासकै सर्वाधिक विकेटकर्ता

टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरण अन्तर्गत आइतबार बंगलादेश अलराउण्डर शाकिब अल हसनले ठूलो रेकर्ड आफ्नो नाम गरेका छन्। श्रीलंका बिरुद्ध खेलमा […]

टि-ट्वान्टी विश्वकपमा आज एक मात्र खेल

युएईमा जारी टि-ट्वान्टी विश्वकपको सातौँ संस्करण अन्तर्गत अन्तर्गत सोमबार एक मात्र खेल हुँदैछ। समुह ‘२’ अन्तर्गतको खेलमा अफगानिस्तान र स्कटल्याण्ड […]