इपिएलमा एकपछि अर्का चर्चित क्रिकेटर, जर्ज मुन्से पोखरा राइनोजमा



स्कटिस ब्याट्सम्यान हेनरी जर्ज मुन्सेलाई पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग(एपिएल) खेल्नका लागि क्लबमा अनुबन्धन गरेको छ । उसले सामाजिक सञ्जाल फेसबुकमार्फत मुन्सेलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको छ ।

राइनोजले भनेको छ, ‘नेपालमै अत्याधिक पर्खाइमा रहेको प्रतियोगिता अझै रमाइलो हुने भएको छ। प्रतियोगितामा ए क्लास खेलाडीहरु समावेश हुँदै छन्।’ यस्तै मुन्सेले भनेका छन्, ‘म यो वर्षको एभरेष्ट प्रिमियर लिगमा भाग लिन उत्साहित छु। यो उत्कृष्ट प्रतियोगिता हुने भएको छ। म पोखराका तर्फबाट खेल्न पर्खिरहेको छु।’

एभरेस्ट प्रिमियर लिग (इपिएल) को चर्चा यसपटक अलि बढी नै छ । कारण हो इपिएलमा भित्रिएका एकपछि अर्का स्टार विदेशी खेलाडी ।

केही हप्ताअघि मात्र क्रिस गेलले इपिएल खेल्ने घोषणाले राम्रै चर्चा बटुल्यो । गेललाई भित्र्याउने टोली थियो पोखरा राइनोज । त्यसपछि पनि पोखराले वेस्टइन्डिजकै बलर केस्रिक विलियम्सलाई पनि भित्र्याएको थियो । राइनोजले बिहीवार अर्को विज्ञप्ति निकाल्दै स्कटल्यान्डका ओपनर ब्याट्सम्यान जर्ज मुन्सेलाई इपिएलका लागि अनुबन्धन गरेको बताएको छ ।

सन् २०१९ मा नेदरल्यान्डविरुद्ध शतक बनाएर १ सय २७ रनमा अभिजित रहेका मुन्से स्कटल्यान्डका देब्रे हाते ब्याट्सम्यान हुन् । २६ वर्षे मुन्सेले टिममा विशेष योगदान दिने विश्वास लिएको पोखरा राइनोजले लिएको छ।

यसअघि पनि विभिन्न टिमहरुले विभिन्न चर्चित खेलाडीहरु भित्र्याइसकेका छन् । वेस्ट इन्डिजका अलराउन्डर ड्वाने स्मिथ, श्रीलंकन बाँया हाते ब्याट्सम्यान उपुल थरंगा, अफगानिस्तानका विस्फोटक ओपनर मोहम्मद सहजाद लगायतका खेलाडीहरु भित्रिइसकेका छन्।





थप समाचार

अफ्रिदीको रेकर्ड तोड्दै शाकिब बने टि-२० विश्वकप इतिहासकै सर्वाधिक विकेटकर्ता

टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरण अन्तर्गत आइतबार बंगलादेश अलराउण्डर शाकिब अल हसनले ठूलो रेकर्ड आफ्नो नाम गरेका छन्। श्रीलंका बिरुद्ध खेलमा […]

टि-ट्वान्टी विश्वकपमा आज एक मात्र खेल

युएईमा जारी टि-ट्वान्टी विश्वकपको सातौँ संस्करण अन्तर्गत अन्तर्गत सोमबार एक मात्र खेल हुँदैछ। समुह ‘२’ अन्तर्गतको खेलमा अफगानिस्तान र स्कटल्याण्ड […]

भारत बिरुद्ध पाकिस्तानको जितमा बनेका ५ ठूला रेकर्ड

विश्वकप जित्न दावेदार तथा बलियो टिम मानिएको भारतलाई १० विकेटले सहजै पराजित गर्दै पाकिस्तानले टि-ट्वान्टी विश्वकप २०२१ को शानदार सुरुवात […]

भारत बिरुद्ध जितपछि पाकिस्तान कप्तान आजमले भने “यो सुरुवात मात्र हो”

क्रिकेट इतिहासमै पहिलो पटक भारत बिरुद्ध आईसीसी विश्वकपको खेल जितेपछि पाकिस्तान कप्तान बाबर आजमले जितको श्रेय टिमलाई दिएका छन्। एकदिवसीय […]

T20WC : पाकिस्तानसंग हारपछि भारतीय कप्तान कोहलीले के बताए कारण

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को विश्वकप इतिहासमै पहिलो पटक पाकिस्तानसंग पराजित भएपछि भारतीय कप्तान बिराट कोहलीले पाकिस्तानी टिमको […]

भारत बिरुद्ध ऐतिहासिक जितमा उत्कृस्ट घोषित अफ्रिदीले के भने

भारत बिरुद्ध टि-ट्वान्टी विश्वकपमा पाकिस्ताले ऐतिहासिक जित हात पार्दा पाकिस्तानी पेसर शाहिन शाह अफ्रिदी प्लेयर अफ द म्याच चुनिए। बायाँ […]