एभरेस्ट प्रिमियर लिगको नयाँ मिति सार्वजनिक



नेपाली फ़्रेन्चाइज् टि-२० क्रिकेट लिग एभरेस्ट प्रिमियर लिगको चौथो संस्करणको नयाँ मिति सार्वजनिक गरिएको छ।

गत वर्ष चैत्र १ गते देखि १५ गते सम्म आयोजना हुने घोषणा गरिएको लिग कोरोना महामारीको कारण स्थगित भएको थियो। नेपाल सरकारले सार्वजनिक स्थलमा सभा सम्मेलन तथा खेलकुद गतिविधि स्थगित गरेकाले लिग अनिश्चितकालको लागि सार्नु परेको थियो। कोरोनाको कारण इपिएलसंगै धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिगको गत सिजन समेत आयोजना हुन पाएको थिएन।

इपिएलले प्रतियोगिताको नयाँ मिति आइतबार सार्वजनिक गरेको हो। प्रतियोगिता २०२१  सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म अर्थात् नेपाली मिति आगामी वर्ष २०७८ असोज ९ गते देखि २३ गतेसम्म आयोजना हुनेछ। यो मितिलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले अनुमति दिई सकेको इपिएलले बिज्ञप्ति जारि गर्दै बताएको छ।

इपिएलमा ६ वटा टोलिको सहभागिता रहनेछ। डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रिएट्ससंगै काठमाडौँ किंग्स-११, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडीएटर्स र बिराटनगर वारियर्स लिगमा सहभागी टिमहरु हुन्।

लिग खेल्न विश्व प्रसिद्ध वेस्टइन्डिज क्रिकेटर क्रिस गेल लगायत कोरे एण्डरसन, पल स्टरलिंग, उपुल थारांगा, ड्वेन स्मिथ, केभिन ओ ब्रायन, मोहम्मद शहजाद, केसरिक् विलियम्स जस्ता खेलाडीहरु आउने तय भएको थियो। यस्तै विश्व प्रसिद्ध दक्षिण अफ्रिकी क्रिकेटर ए बि डी भिल्लीयर्सलाई पनि टिममा आवद्ध गर्न प्रयास भैरहेको बताईएको छ। यस अघि आवद्ध भएका क्रिकेटरहरु यो सिजन खेल्ने या नखेल्ने भने निश्चित छैन। नयाँ मिति सार्वजनिक भएकोले पहिले आवद्ध भएका विदेशी खेलाडीहरुमा फेरवदल हुनसक्नेछ।

इपिएलको अघिल्लो सिजन २०१८ डिसेम्बरमा आयोजना भएको थियो। लिगको उपाधि जित्ने क्रममा ज्ञानेन्द्र मल्ल कप्तानीको ललितपुर प्याट्रिएट्सले शरद भेसावकर कप्तानीको भैरहवा ग्ल्याडीएटर्सलाई १४ रनले पराजित गरेको थियो।

लिग सिंगल राउण्ड रोबिन फर्म्याटमा आयोजना हुनेछ। समुह चरणमा सबै ६ टिमले एकअर्का बिरुद्ध १-१ खेल खेलेपछि अंकतालिकामा शिर्ष-४ टिमले प्लेअफमा स्थान बनाउनेछ।

यो पनि पढ्नुस :-

पीएसएल : कप्तान रियाजले उत्कृस्ट बलिंग गर्दा पेशावरको सहज जित

युसुफ पठानद्वारा सन्यास घोषणा, जसको नाममा छ यस्तो रोचक रेकर्ड





थप समाचार

विश्वकप एसिया छनोट : नेपाललाई ‘गर या मर’को अवस्था

युएईमा जारि आईसीसी महिला टि-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट प्रतीयोगीता अन्तर्गत आज आफ्नो-आफ्नो अन्तिम खेलमा नेपाल र आयोजक युएई प्रतिस्पर्धा […]

एपीएफलाई ३ विकेटले हराउदै आर्मीलाई उपाधि

शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई ३ विकेटले पराजित गर्दै नेपाल आर्मी क्लबले बारा जिल्लामा आयोजित हरपुर क्रिकेट च्याम्पियन […]

ICC WCL 2 : रोमान्चक खेलमा ओमानद्वारा नामिबिया ९ रनले पराजित

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियामा सुरु भएको आयोजक नामिबिया, ओमान र युएई बीचको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा ओमानले […]

बागमतीलाई हराउँदै लुम्बिनीको तेस्रो जित

काठमाडौँमा जारि एकदिवसीय अन्डर-१९ राष्ट्रिय प्रतियोगिता अन्तर्गत मुलपानीमा भएको खेलमा बागमतीलाई ३ विकेटले हराउँदै लुम्बिनीले तेस्रो जित दर्ता गरेको छ […]

U19 National : कर्णाली बिरुद्ध गण्डकीको संघर्षपूर्ण जित

कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकी प्रदेशले अन्डर-१९ राष्ट्रिय प्रतियोगितामा तेश्रो खेल खेल्दा पहिलो जित दर्ता गरेको छ। गण्डकी […]

६४ वर्ष पछि फास्ट बलर बने अस्ट्रेलियाको कप्तान

टिम पेनले कप्तानी पद छाडेको एक हफ्ता पछि अस्ट्रेलियाले प्याट कमिन्सलाई टिमको नयाँ कप्तान घोषणा गरेको छ। आफ्नो महिला सहकर्मीलाई […]