पीपीएल अक्सनमा महँगोमा बिक्ने १३ क्रिकेटर, किन पाए धेरै रकम ?

Pokhara Premier League
  • विकेटनेपाल, असोज १४   

कार्तिक ९ देखि २० गते सम्म पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग – पीपीएल टि-२० को खेलाडी चयन गर्नको लागि खेलाडीहरुको अक्सन आइतबार सम्पन्न भएको छ। देशभरबाट कुल १७९ खेलाडीहरु अक्सनमा सहभागी थिए जसमध्ये ६ टिमले कुल ६९ जना खेलाडीहरु चयन गरेका छन्। सहभागी खेलाडीहरुलाई ३ वटा श्रेणीमा बिभाजन गरेर खेलाडीहरुको नाम क्रमसः लिंदै टिमहरुले बोलि लगाएका थिए।

अक्सनमार्फत टिमहरुले कम्तिमा १० तथा बढीमा १३ जना खेलाडीहरु १३ लाख अधिकतम रकम खर्च गरेर लिन पाउने प्रावधान थियो। सहभागी १७९ खेलाडीहरुलाई राष्ट्रिय टिमको लागि खेलीसकेको ( क्याप्ड ) , उमेर समुह राष्ट्रिय टिमको लागि खेलेको ( क्याप्ड एज लेभल ) तथा कुनै पनि राष्ट्रिय टिमको लागि नखेलेको ( अन-क्याप्ड ) गरि ३ श्रेणीमा बिभाजन गरिएको थियो।

अक्सनमा क्याप्ड सिनियर खेलाडीको न्युनतम मूल्य ५० हजार र अधिकतम मूल्य २ लाख ५० हजार थियो। यस्तै क्याप्ड र एज लेभल श्रेणीको खेलाडीको न्युनतम मूल्य पनि ५० हजार र अधिकतम मूल्य १ लाख ५० हजार निर्धारण गरिएको थियो। अनक्याप्ड खेलाडीहरुको न्युनतम मूल्य ३० हजार र अधिकतम मूल्य १ लाख रुपैयाँ थियो।

यी हुन् अक्सनमा २ लाख भन्दा बढीमा बिक्ने १३ खेलाडीहरु –   

 १.सागर पुन ( २ लाख ५० हजार ) , बुटवल ब्लास्टर्स

अक्सनमा न्युनतम मूल्य ५० हजार तोकेका सागरलाई २ टिमले अधिकतम २ लाख ५० हजारमा बोलि लगाए पनि गोला प्रथामा सागर बुटवल ब्लास्टर्समा पुगेका हुन्। राष्ट्रिय क्रिकेट टिममा पछिल्लो समय अनियमित उपस्थिति भए पनि सागर अफ-स्पिन बलिङ्ग, ब्याटिंग तथा फिल्डिंग गरि तिनवटै क्षेत्रमा राम्रो योगदान दिन सक्नाको कारण महँगो मूल्यमा बिकेका हुन्।

Sagar Pun scored half century
Sagar Pun 

२. करन केसी ( २ लाख ५० हजार ) , चितवन राइनोज

अक्सनमा ५ टिमले बोलि लगाएपछि गोलाप्रथ मार्फत पारसको टिममा अधिकतम मूल्यमा करन पुगेका थिए। राष्ट्रिय टिमका नियमित ओपनिङ्ग पेस बलर करन पेस बलिङ्गको लागि त जनिने गर्छन् नै त्यो भन्दा राम्रो तल्लो मध्ये क्रममा तथा कुनै पनि स्थानमा ब्याटिंग गर्दै विस्फोटक इनिंग खेल्ने क्षमता राख्ने गर्छन्। घरेलु टि-२० मा राम्रो ब्याटिंगको रेकर्ड समेत रहेका करनले यसै बर्ष डिभिजन-२ मा क्यानडासंग खेलेको ऐतिहासिक इनिंगले उनको उचाई निकै माथि पुगेको हो।

३. अनिल साह  ( २ लाख ५० हजार ) , चितवन राइनोज

सहभागी सबै ६ टिमले अधिकतम २ लाख ५० हजारमा बोलि लगाएपछि गोलाप्रथामा अनिल चितवनमा पुगेका हुन्। पछिल्लो समय नेपाली क्रिकेट टिमको नियमित सदस्य बनेका अनिल आफ्नो आक्रामक ब्याटिंगको लागि चिनिने गर्छन्। ओपनिङ्ग ब्याटिंग गर्दै टिमलाई राम्रो सुरुवात दिने क्षमता भएका अनिल बलिङ्ग र विकेट किपिंगमा समेत राम्रो योगदान दिन सक्छन्।

४. आरिफ शेख  ( २ लाख ५० हजार ) , चितवन राइनोज

५ टोलिले आरिफलाई अधिकतम मूल्यमा बोलि लगाएपछि आरिफ चितवन राइनोजमा गोलाप्रथा मार्फत पुगेका हुन्। मध्य क्रममा टिम समस्यामा पर्दा भरपर्दो इनिंग खेल्दै खेल जिताउने क्षमता राख्ने आरिफको मध्यम पेस बलिङ्ग समेत निकै उपयोगी मानिने गर्छ।

५. बसन्त रेग्मी  ( २ लाख ५० हजार ) , काठमाडौँ गोल्डेन्स

काठमाडौँ र पोखराले अधिकतम २ लाख ५० हजारमा बोलि लगाएपछि गोलाप्रथामा काठमाडौँले बसन्तलाई पाएको थियो। बसन्तलाई नेपाली क्रिकेटमा परिचयको आवस्यकता छैन। रेग्मीले राष्ट्रिय टिममा संकटमोचक खेलाडीको उपनाम पाएका छन् जो आफ्नो चतुर बलिङ्गको कारण चिनिने गर्छन्। मुस्किल ब्याट्सम्यानहरुलाई पनि सजिलै आउट गर्न सक्ने बसन्त खेल जिताउने खेलाडीको रुपमा टिममा रहने गर्छन्।

Basant Regmi
Basant Regmi

६. रोहित पौडेल  ( २ लाख ५० हजार ) , पोखरा पल्टन

सहभागी सबै ६ टिमले रोहितलाई अधिकतम मूल्यमा किन्न चाहेपछि रोहित गोलाप्रथामा पोखरा पल्टनमा पुगेका थिए। तल्लो क्रममा ब्याटिंग गर्दै आक्रामक इनिंग खेली अस्चार्यजनक जित निकाल्न सक्ने क्षमता भएका रोहित राम्रो बलिङ्ग र फिल्डिंगमार्फत टिमलाई योगदान दिन सक्छन्।

७. बिनोद भण्डारी  ( २ लाख ५० हजार ) , पोखरा पल्टन

४ वटा टिमले अधिकतम मूल्यमा बोलि लगाएपछि बिनोद पोखरा पल्टनमा गोलाप्रथामार्फत पुगेका हुन्।आक्रामक ब्याटिंगको कारण परिचित बिनोद भण्डारी राष्ट्रिय टिममा अनियमित रहे पनि निडर ब्याटिंगले खेलको नतिजा परिवर्तन गर्ने क्षमताको कारण महँगो मूल्यमा बिकेका हुन्।

८. प्रदिप ऐरि ( २ लाख ४० हजार ) , बिराटनगर टाईटन्स

महँगो मूल्यमा बिराटनगरले खरिद गरेका प्रदिप टि-२० क्रिकेटमा आक्रामक ब्याटिंगको लागि मात्रै हैन चुस्त फिल्डिंग र मिडियम पेस बलिङ्गबाट पनि योगदान दिने सामर्थ्य राक्छन्। करिब ३ बर्ष पछि ऐरिले टि-२० नेपाली टिममा पनि कम्ब्याक गरेका छन्।

Sunil Dhamala
Sunil Dhamala

९. सुनिल धमला ( २ लाख २० हजार ) ,  बिराटनगर टाईटन्स

घरेलु क्रिकेटमा लगातार राम्रो प्रदर्शन गरेका सुनिल ओपनिङ्ग ब्याटिंग गर्दै राम्रो सुरुवात दिन सक्छन् भने अफ-स्पिन बलिङ्गबाट पनि उतिकै विकेट निकाल्न सक्छन्। पछिल्लो समय नेपाली घरेलु क्रिकेटको सर्वाधिक सफल खेलाडी सुनिल टिमको महत्वपूर्ण खेलाडी हुने गर्छन्।

१०. ललित भण्डारी ( २ लाख ) , बुटवल ब्लास्टर्स

देब्रे हाते पेसबलर ललित आफ्नो धारिलो स्विंग बलिङ्गको कारण जनिने गर्छन्। राष्ट्रिय टिममा नियमित ललित सुरुवाती विकेट निकाल्न सक्षम मानिन्छन् भने डेथ ओभर बलिङ्ग समेत राम्रो गर्न सक्छन्।

११. शक्ति गौचन ( २ लाख १० हजार ) , चितवन राइनोज

अक्सनको पहिलो चरणमा छनौट नभएका शक्तिलाई अन्तिममा भाग्यले साथ दिंदा पारसको टिम चितवनमा पुगेका हुन्। ९ खेलाडीलाई बोलि लगाउदा चितवनले १२ लाख ८० हजार खर्च गरिसकेको थियो। मात्र २० हजार मात्र रकम बाँकि भएका कारण खेलाडी किन्ने पर्याप्त रकम नहुँदा चितवनले अक्सनको समाप्ति पछि ‘विस लिस्ट ‘ को सुबिधाको आधारमा शक्तिलाई उनको बेस प्राइस २ लाख १० हजार भन्दा २५ प्रतिशत बढी जरिवाना रकम आयोजकलाई तिरेर टिममा लिंदै १० जनाको टिम पुरा गरेको थियो।

भर्खरै राष्ट्रिय टिमबाट सन्यास लिएका शक्ति देब्रे हाते बलिङ्ग गर्दै किफायती बलिङ्ग र जितको लागि शतप्रतिशत दिने खेलाडीको रुपमा चिनिन्छन्।

Shakti Gauchan bowling
Shakti Gauchan

१२.  दिलिप नाथ ( २ लाख ४० हजार ) , धनगढी ब्लुज

राम्रो विकेटकिपर तथा देब्रे हाते ओपनिङ्ग ब्याट्सम्यान दिलिपले राष्ट्रिय टिमको लागि खेलीसकेका छन्। राम्रो सुरवात दिंदै बिपक्षीलाई दबाब दिन सक्ने दिलिप चुस्त विकेटकिपिंगको लागि पनि जनिने गर्छन्।

 १३. नरेश बुढायर ( २ लाख ३० हजार ) , काठमाडौँ रोयल्स

राष्ट्रिय टिममा अनियमित भए पनि नरेश आफ्नो कलात्मक ब्याटिंग कौशलको कारण टिमको प्रिय खेलाडी बन्ने गर्छन्। ओपनिङ्ग र मध्यक्रममा समेत योगदान दिन सक्ने नरेश धैर्यतापूर्ण इनिंग खेल्दै इनिंग अघि बढाउनको लागि परिचित छन्।

यी बाहेक पोखरा प्रिमियर लिगको अक्सनमा सिद्धान्त लोहनी ( १,६०००० ), मेहबुब आलम ( १,६०,००० ) , पवन सर्राफ ( १,५०,००० ) , सुशन भारि  ( १,५०,००० ) , अमित श्रेष्ठ  ( १,५०,००० ) , कमल ऐरि  ( १,५०,००० )  , भुवन कार्की  ( १,५०,००० ) , भिम शार्की  ( १,५०,००० ) , शाहब आलम  ( १,५०,००० ) , राजेश पुलामीले राम्रो मूल्य पाएका छन्।

कुन टिमले कसलाई कतिमा किन्यो

१. विराटनगर टाईटन्स ( मार्की प्लेयर – सन्दिप लामिछाने ) , खर्चेको कुल रकम – १३ लाख

सन्दिप लामिछाने मार्की प्लेयर रहेको टिम विराटनगर टाईटन्सले प्रदिप ऐरिलाई २ लाख ४० हजार तथा सुनिल धमलालाई २ लाख २० हजार रुपैयाँमा किन्यो। त्यस बाहेक लेफ्ट आर्म स्पिनर शाहब आलम र राजेश पुलामीलाई १ लाख ५० हजार रुपैयाँमा खरिद गर्दा दिपेश श्रेष्ठ र किशोर महतोले ९० हजार, राजु रिजालले ८५ हजार तथा जितेन्द्र मुखियाले ७५,००० मूल्य पाए।

खेलाडी र पाएको मूल्य – दिपेश श्रेष्ठ – ( ९०,००० ) , शाहब आलम ( १,५०,००० ) , जितेन्द्र मुखिया ( ७५,००० ) , राजेश पुलामी ( १,५०,००० ) , किशोर महतो ( ९०,००० ) , पुष्प थापा ( ५०,००० ) , प्रदिप ऐरि ( २,४०,००० ) , राजु रिजाल ( ८५,००० ) , जितेन्द्र सिंह ठकुरी ( ७०,००० ) , सुनिल धमला ( २,२०,००० ) , रबिन जोशी ( ३०,००० ) , हिमांशु दत्ता ( ५०,००० )

२. बुटवल ब्लास्टर्स ( मार्की प्लेयर – सोमपाल कामि ) , खर्चेको कुल रकम – १२ लाख ९०,०००

सोमपाल कामि मार्की खेलाडी रहेको टिमले १३ जना खेलाडी खरिद गर्दा सागर पुनलाई सबैभन्दा महँगो २ लाख ५० हजार खर्चिनु पर्यो। यस्तै ललित सिंह भण्डारीलाई २ लाख रुपैयाँ खर्चिदा, सिद्धान्त लोहनीलाई १ लाख ६० हजार, भिम शार्कीलाई १ लाख ५० हजार तथा अविनाश बोहरालाई १ लाख रुपैयाँ खर्चियो।

खेलाडी र पाएको मूल्य – संसाद शेख ( ६०,००० ) , सिद्धान्त लोहनी ( १,६०,००० ) , हरि बहादुर चौहान ( १,००,००० ) , ललित भण्डारी ( २,००,००० ) , राना ( ८०,००० ) , पुरन बिक ( ३०,००० ) , सागर पुन ( २,५०,००० ) , हसिम अन्सारी ( ५०,००० ) , भिम शार्की ( १,५०,००० ) , प्रकास केसी ( ५०,००० ) , अविनाश बोहरा ( १,००,००० ) , नितेश थापा ( ३०,००० ) , बिपिन खत्री ( ३०,००० )

३. चितवन राइनोज ( मार्की प्लेयर – पारस खड्का ) , खर्चेको कुल रकम – १४,९०,०००

अक्सनमा सबै भन्दा भाग्यमानि टिम बनेको पारस खड्काको टिम चितवन राइनोजले अनिल साह र करन केसीलाई गोला प्रथामार्फत २ लाख ५० हजारमा भित्र्यायो। पैसा खर्च गर्न उदार टिमले ९ जना खेलाडी खरिद गर्न १२ लाख ८० हजार खर्च गरिसकेको थियो जसपछि टिम पुरा गर्न अझै १ खेलाडी आवस्यक हुँदा २ लाख १० हजार बेस प्राइस भएका शक्ति गौचनलाई २५ प्रतिशत जरिवाना तिर्दै खरिद गरेको थियो। १३ लाखसम्म मात्र खर्च गर्न पाउने हुँदा दशौँ खेलाडीको रुपमा गौचनलाई खरिद गर्दा टिमले बजेट १४ लाख ९० हजार पुर्यायो।

खेलाडी र पाएको मूल्य – अनिल साह ( २,५०,००० ) , भुवन कार्की ( १,५०,००० ) , रामनरेश गिरि ( ८५,००० ) , करन केसी ( २,५०,००० ) , आरिफ शेख ( २,५०,००० ) , सुमित महर्जन ( ५०,००० ) , सोनु तामांग ( ८५,००० ) , बिनोद लामा ( ७०,००० ) , हरि शंकर साह ( ९०,००० ) , शक्ति गौचन ( २,१०,००० )

४. धनगढी ब्लुज ( मार्की प्लेयर – दिपेन्द्र ऐरि ) खर्चेको कुल रकम – १२,००,०००

दिपेन्द्र ऐरि कप्तानीको धनगढी ब्लुजले दिलिप नाथलाई सर्वाधिक २ लाख ४० हजार रुपैयाँमा खरिद गर्दा कमल सिंह ऐरि १ लाख ५० हजार, योगेन्द्र सिंह कार्की १ लाख १० हजार तथा सौरभ खनालले १ लाख रुपीयाँ मूल्य पाए। यस्तै वर्तमान यु-१९ राष्ट्रिय टिममा राम्रो प्रदर्शन गरिरहेका सागर ढकाललाई १ लाख ३० हजारमा खरिद गर्यो।

खेलाडी र पाएको मूल्य – मन्जित श्रेष्ठ ( ५०,००० ) , योगेन्द्र सिंह कार्की ( १,१०,००० ) , सन्तोष भट्ट ( ९०,००० ) , रोबिन क्षेत्री ( ६०,००० ) , सन्दिप सुनार ( ९०,००० ) , कमल ऐरि ( १,५०,००० ) , दिलिप नाथ ( २,४०,००० ) , सागर ढकाल ( १,३०,००० ) , सन्दिप जोरा ( ९०,००० ) , फिर्दोश अन्सारी ( ३०,००० ) , सौरभ खनाल ( १,००,००० ) , बिक्रम ठगुन्ना ( ३०,००० ) , सन्दिप रजाली ( ३०,००० )

५. काठमाडौँ रोयल्स ( मार्की प्लेयर – ज्ञानेन्द्र मल्ल ) , खर्चेको कुल रकम – १२,८०,०००

१० जना खेलाडी खरिद गर्न ज्ञानेन्द्र मल्लको टिमले १२ लाख ८० हजार खर्च गर्यो। बसन्त रेग्मी, अमित श्रेष्ठ, पवन सर्राफ र अमर सिंह रौटेलालाई गोला प्रथामार्फत टिममा भित्र्याएको टिमले बसन्त रेग्मीलाई सर्वाधिक २ लाख ५० हजार खर्चियो। यस्ती नरेश बुढायरलाई २ लाख ३० हजार खर्चिदा पवन सर्राफ र सुसनभारिले १ लाख ५० हजार तथा पृथु बास्कोटाले १ लाख २० हजार पाए।

खेलाडी र पाएको मूल्य – पवन सर्राफ ( १,५०,००० ) , सुशन भारि ( १,५०,००० ) , पृथु बास्कोटा ( १,२०,००० ) , अमर सिंह रौटेला ( १,००,००० ) , आदील खान ( ५०,००० ) , नरेश बुढायर ( २,३०,००० ) , ( ५०,००० ) , बसन्त रेग्मी ( २,५०,००० ) , अमित श्रेष्ठ ( १,५०,००० ) , सुमित झा ( ३०,००० )

६. पोखरा पल्टन ( मार्की प्लेयर – शरद भेसावकर ) – खर्चेको कुल रकम – १२,९०,०००

शरद भेसावकरको टिमले रोहित पौडेल, बिनोद भण्डारी र कुशल भुर्तेललाई गोला प्रथामार्फत टिममा भित्र्याउदा दुवैलाई २ लाख ५० हजार रुपैयाँ खर्चियो। त्यस बाहेक मेहबुब आलमलाई १ लाख ६० हजार खर्चिंदा कुशल भुर्तेलले १ लाख ५० हजार तथा कृष्ण कार्की र ललित राजबंशीले १ लाख रुपैयाँ पाए।

खेलाडी र पाएको मुल्य – रोहित पौडेल ( २,५०,००० ) , बिनोद भण्डारी ( २,५०,००० ) , ललित राजबंशी ( १,००,००० ) , राशिद खान ( ७०,००० ) , कृष्ण कार्की ( १,००,००० ) , कुशल भुर्तेल ( १,५०,००० ) , बिक्रम भुसाल ( ५०,००० ) , मेहबुब आलम ( १,६०,००० ) , आसिफ शेख ( ८०,००० ), दिब्यान्शु मलिक ( ३०,००० ) , इशान पाण्डे ( ५०,००० )