गम्भीरले औल्याए पन्जाब बिरुद्ध बैंगलोर कप्तान कोहलीले गरेको गल्ति



बिहिबार रोयल च्यालेन्जर्स बैंगलोरले पन्जाबसंग ९७ रनको विशाल अन्तरको हार बेहोर्यो। केएल राहुलले ६९ बलमा १३२ रन बनाएपछि २०७ रनको लक्ष्य पछ्याउदा कोहली कप्तानीको टिम १७ ओभरमा १०९ रनमै समेटिन पुग्यो। IPL : बैंगलोरलाई विशाल अन्तरले पराजित गर्दै, राहुल प्रेरित पन्जाब शिर्षमा

खेलको महत्वपूर्ण समय, पहिलो इनिंगको अन्तिम ओभरमा कोहलीले बल शिभम दुबेलाई दिए जति बेला राहुल ११६ रन बनाएर खेलीरहेका थिए जो सबै बललाई बाउन्ड्री पार गर्ने सोचमा थिए। उक्त निर्णय महँगो सावित भयो जुन ओभरमा दुबेले २ चौका र २ छक्का सहित कुल २३ रन खर्चिए। २ पटक आईपीएल जिताएका कप्तान गौतम गम्भीरले अन्तिम ओभरमा दुबेलाई बलिंग गर्न दिनु कप्तान कोहलीको गलत आँकलन भएको प्रतिक्रिया दिएका हुन्।

EspnCricinfo संग खेलपछि कुराकानी गर्दै गम्भीरले बताए – “म भएको भए नभदिप सैनी अथवा डेल स्टेनलाई अन्तिम ओभर बलिंग दिन्थे। स्टेन डेथ ओभरको उत्कृस्ट बलर नभएता पनि। म टिमको उत्किस्ट बलरलाई अन्तिम ओभर गर्न दिन्थे।”

“नभदिपको स्पेल १७ ओभरमै सकियो। सम्भवत उमेश यादबलाई बलिंग दिन सकिन्थ्यो जसको दिन राम्रो चलीरहेको छैन। तर शिभम दुबेलाई अन्तिम ओभर दिनु गलत हिसाब थियो।” कोलकाताका पूर्व कप्तानले थपे।

गम्भीरले खेलमा केएल राहुलको २ वटा क्याच छुटेको बारे बोल्दै खेलमा हुने सानो गल्तिले पनि टि-२० क्रिकेटमा ठुलो प्रभाव पार्ने बताए –

“८६-८९ रनमा केएल राहुल आउट भएको भए पन्जाबले १८५ रन बनाउन सक्थ्यो होला। त्यति रन भएको भए लक्ष्य पछ्याउदा बैंगलोरको छुट्टै योजना हुन्थ्यो। टि-२० क्रिकेटमा यस्तै हुन्छ। सानो गल्तिले ठुलो फरक ल्याउछ। त्यसले ठुलो असर गर्यो, विशेषगरि नतिजाको हिसाबले हेर्दा।” उनले थपे।

बैंगलोरले आगमी खेलमा मुम्बई इन्डीएन्ससंग सोमबार प्रतिस्पर्धा गर्नेछ।

ढिलो ओभर रेटका कारण कोहलीलाई १२ लाख भारु जरिवाना

किन दिदैन दिल्लीले सन्दिपलाई मौका ?

IPL M-7 : दिल्ली र चेन्नाई बीच प्रतिस्पर्धा, यस्तो छ सन्दिप खेल्ने सम्भावना

IPL : बैंगलोरलाई विशाल अन्तरले पराजित गर्दै, राहुल प्रेरित पन्जाब शिर्षमा

चेन्नाईसंग आश्विन खेल्ने अनिश्चित, प्रशिक्षक कैफले बताए आश्विनको स्थान कसले लिनेछन्





थप समाचार

अफगानिस्तानको जितमा रहमतको शतक

दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा ७ विकेटले आयरल्याण्डलाई पराजित गर्दै अफगानिस्तानले तिन खेलको सिरिज १ खेल अगावै २-० ले जित्न सफल भएको […]

बिग ब्यास : सन्दिपको शानदार प्रदर्शन, होबार्टको प्लेअफ सम्भावना कायमै

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत आइतबार सम्पन्न ५२ औं खेलमा होबार्ट हरिकेन्सले सिड्नी सिक्सरलाई ७ रनले […]

प्रम कप : लुम्बिनी र बागमतीको खेल बराबरीमा टुंगियो, बागमती सेमीफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत आइतबार मुलपानी मैदानमा सम्पन्न समुह ‘बि’ अन्तर्गतको खेल बराबरीमा टुंगिएको छ। स्कोरकार्ड, अंकतालिका बागमती प्रदेशले […]

प्रम कप : सुदूरपश्चिमको सान्त्वना जित, प्रदेश-२ को लगातार तेश्रो हार

प्रदेश-१ लाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। यस अघिनै सुदूरपश्चिम तिनवटा […]

प्रम कप : एपीएफ सेमिफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न (ग्रुप ‘ए’) १५ औं खेलमा एपीएफले कर्णालीलाई ७१ रनले पराजित गर्दै सेमिफाइनलमा […]

प्रम कप : लुम्बिनीको दोश्रो जित, सुदूरपश्चिम बाहिरियो

सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशले दोश्रो जित हात पारेको छ। जितपछि लुम्बिनी समुह […]