गम्भीर भन्छन् ‘सन्दिपलाई जान दिंदा दिल्लीको रिस्ट स्पिन पक्ष कमजोर’



इन्डियन प्रिमियर लिग टिम दिल्ली क्यापिटल्सका पूर्व कप्तान तथा पूर्व भारतीय क्रिकेटर गौतम गम्भीरले बिहिबार सम्पन्न आईपीएल मिनी अक्सन पछि स्टार स्पोर्ट्ससंग प्रतिक्रिया दिने क्रममा दिल्लीले टिममा भित्र्याएको अस्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथ टिममा फिट नहुने तथा यो सिजन दिल्ली क्यापिटल्सको रिस्ट स्पिन पक्ष केहि कमजोर भएको प्रतिक्रिया दिएका छन्।

“स्टिभ स्मिथ दिल्ली क्यापिटल्सको अन्तिम-११ मा फिट हुँदैनन्। उनीहरुको मजबुत माथिल्लो क्रममा स्मिथलाई कहाँ अटाउने ? उनीहरुसंग शिखर धवन छ जो राम्रो लयमा छन्, पृथ्वी श, अजिंके रहाने, श्रेयस ऐयर र रिशभ पन्त पनि।”

२ पटक कोलकातालाई आईपीएल उपाधि जिताएका गम्भीरले दिल्लीको अन्तिम-११ मा विदेशी खेलाडीको लागि ४ स्थान पक्का जस्तो भएको समेत बताए –

“उनीहरुले पक्कै पनि शिमरन हेटमायर र मार्कस स्टोइनिसलाई मिडल अर्डरमा खेलाउनेछन्। एनरिक नोर्किया र कागीसो रबाडाले पनि दिल्लीको लागि राम्रो गरेका छन्। अब उनीहरुसंग क्रिस वोक्स पनि छ। त्यसैले मैले उनलाई ( स्मिथ ) अन्तिम-११ मा देख्दिन।”

गम्भीरले स्मिथ, उमेश यादव र स्याम बिलिंग्स जस्तो खेलाडीहरुलाई दिल्लीले कम मूल्यमानै भित्र्याउन सफल भएको बताए – “एउटा मात्र राम्रो पक्ष भनेको यी सबै खेलाडीलाई उनीहरुले सस्तो मूल्यमा भित्र्याए। स्मिथलाई महँगो मूल्य तिरेको भए म खुसि हुने थिईन।”

सन्दिप लामिछाने आईपीएल मिनी अक्सनमा बिक्रि भएनन्

गम्भीरका अनुसार दिल्लीको रिस्ट स्पिन पक्षमा गहिराइको कमि हुनु उनीहरुको चिन्ताको पक्ष हो। उनले दिल्लीको मिनी अक्सनमा प्रदर्शनलाई १० मा ८.५ अंक दिनुको पछाडीको कारण यही पक्ष रहेको बताए। उनले सन्दिप लामिछानेलाई रिलिज गरेपछि अमित मिश्राको फिटनेसको भर नहुने धारणा राखेका हुन्।

“८.५ अंक दिन्छु। यसको पछाडी मलाई महसुस भएको कुरा उनीहरुको रिस्ट स्पिन पक्ष थोरै कमजोर हुनु हो किनकि अमित मिश्राको फिटनेसको भर छैन। उनीहरुले सन्दिप जस्तो खेलाडीलाई जान दिए।” ३८ वर्षीय मिश्रा गत सिजन आईपीएलको बीचमा घाइते हुँदा मात्र ३ खेल खेलेर घर फर्केका थिए।

गम्भीरले रिस्ट स्पिनरको रुपमा टिममा रहेका सन्दिपलाई रिलिज गरेपछि अर्को रिस्ट स्पिनर पियुष चावलालाई टिममा लिनु पर्ने बताए –

“उनीहरुले पियुष चावलालाई लिन चाहेको भए पाउथे होला। त्यसो भएको भए म ९ अंक दिन्थे।” गम्भीरले बताए। चावलालाई मुम्बई इन्डीएन्सले २.४ करोड भारुमा लिएको छ।

सन्दिप लामिछानेलाई रिलिज गरेता पनि दिल्लीले टिममा अर्को लेग स्पिनरलाई भने लिएको छैन। टिममा लेग स्पिनर अमित मिश्रा र प्रभिन दुबे रहेका छन् भने अफ स्पिनर रभीचन्द्रन आश्विन र देब्रे हाते स्पिनर अक्षर पटेल रहेका छन्। यस्तै अक्सनमार्फत देब्रे हाते स्पिनर एम सिद्धार्थलाई टिममा लिएको छ। भारतीय स्पिनरहरु टिममा रहंदा दिल्लीले सन्दिपलाई रिलिज गर्दै विदेशी खेलाडीको कोटा खालि गरेको थियो। नेपाली स्पिनरलाई दिल्लीले युएईमा सम्पन्न १३ औं आईपीएलमा कुनै पनि खेलमा अन्तिम-११ मा मौका दिएको थिएन।

दिल्लीले रिलिज गरेपछि अन्य टिमहरुले सन्दिप लामिछानेलाई मिनी अक्सनमा टिममा भित्र्याउन आवस्यक ठानेनन्। सन्दिपले आईपीएलमा कुल ८ खेल खेल्दा २२.४६ को राम्रो औशतले १३ विकेट नाम गरेका थिए। सन्दिपलाई २०१८ को आईपीएल अक्सनमा दिल्लीले २० लाख भारुमा किनेको थियो जति बेला दिल्लीको कप्तान गौतम गम्भीर रहेका थिए। यसपटक अक्सनमा सन्दिपले ४० लाख भारु मूल्य राखेका थिए। विदेशी खेलाडीको लागि टिमहरुसंग खालि रहेको थोरै स्थान तथा सन्दिपको पछिल्लो लय उत्कृस्ट नहुनु पनि टिममा नलिनुको मुख्य कारण मानिएको छ।

दिल्लीले अक्सन मार्फत रिक्त रहेको तिन वटा विदेशी खेलाडीको कोटामा इंग्ल्यान्ड खेलाडी टम करन र स्याम बिलिंग्स तथा अस्ट्रेलियन पूर्व कप्तान स्टिभ स्मिथलाई भित्र्याएको छ।

अक्सन पछि दिल्ली टिम :- 

रिटेन भएका खेलाडीहरु : श्रेयस अय्यर, अजिंक्य रहाणे, अमित मिश्रा, आवेश खान, अक्सर पटेल, इशांत शर्मा, कागिसो रबाडा, पृथ्वी शा, रविचंद्रन अश्विन, रिशभ पंत, शिखर धवन, शिमरोन हेटमेयर, मार्कस स्टोइनिस, ललित यादव, आन्द्रिक नूर्जे, प्रवीण दुबे , क्रिस वोक्स

आईपीएल २०२१ अक्सनमा दिल्लीले किनेका खेलाडीहरु : टम करन ( ५.२५ करोड भारु ) , स्टिभ स्मिथ ( २.२ करोड भारु ) , स्याम बिलिंग्स ( २ करोड भारु ) , उमेश यादव ( १ करोड भारु ) , रिपल पटेल ( २० लाख भारु ) , बिष्णु विनोद( २० लाख भारु ) , लुक्मन हुसेन मेरीवाला ( २० लाख भारु ), एम सिद्धार्थ ( २० लाख भारु )

सम्बन्धित :-

आईपीएल अक्सन : ९ क्रिकेटर जसले सबैभन्दा धेरै मूल्य पाए

आईपीएल मिनी अक्सन पछि कुन टिम कस्तो बन्यो





थप समाचार

द हन्ड्रेड : मोईन अलि कप्तानीको बर्मिंघम ३ विकेटले विजयी

इंग्ल्यान्डमा जारी ‘द हन्ड्रेड’ लिग अन्तर्गत गय राति सम्पन्न लिगको दोश्रो खेलमा मोईन अलि कप्तानीको बर्मिंघम फोनिक्सले ओएन मोर्गन कप्तानीको […]

श्रीलंकाद्वारा भारत ३ विकेटले पराजित

तेश्रो खेलमा भ्रमण टोलि भारतलाई ३ विकेटले पराजित गर्दै श्रीलंकाले सिरिजको सुखद अन्त्य गरेको छ। यस अघिनै भारतले अघिल्लो दुई […]

आमिर अख्तरलाई क्यानको जवाफ

पूर्व राष्ट्रिय क्रिकेटर तथा एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) का प्रवन्ध निर्देशक आमिर अख्तरले दुई दिन अघि नेपाल क्रिकेट […]

श्रीलंकाद्वारा भारत २२५ रनमै सिमित

भारतको श्रीलंका भ्रमण अन्तर्गत तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत तेश्रो खेल जारि रहेको छ। आर प्रेमदासा स्टेडियम कोलोम्बोमा टस […]

जिम्बाब्वेद्वारा बंगलादेश पराजित, सिरिज बराबरी

दोश्रो खेलमा बंगलादेशलाई पराजित गर्दै घरेलु टोलि जिम्बाब्वेले तिन खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज १-१ को बराबरी गरेको छ। हरारे स्पोर्ट्स […]

मधिभिरेको करियरकै उच्च स्कोर, जिम्बाब्वेद्वारा बंगलादेशलाई चुनौतीपूर्ण लक्ष्य

बंगलादेशको जिम्बाब्वे भ्रमण अन्तर्गत तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत दोश्रो खेल जित्न जिम्बाब्वेले बंगलादेशलाई १६७ रनको लक्ष्य प्रस्तुत गरेको […]