१३ औं आईपीएलमा किंग्स-११ पन्जाब र रोयल च्यालेन्जर्स बैंगलोर बीच भएको खेलको दौरान कमेन्ट्रि गर्ने क्रममा बोलेको कुराले विवादमा आए। विवाद पछि पूर्व भारतीय महान क्रिकेटरले चेन्नाई र दिल्ली बीचको खेलमा स्पष्टीकरण दिएका छन्।
के भएको थियो
पन्जाबसंगको बिहिबारको खेलमा २०७ रनको लक्ष्य पछ्याउने क्रममा जोश फिलिपे आउट भएपछि ब्याटिंग गर्न आएका कोहली बारे बोल्दै गावस्करले कोहलीबारे बोल्दै गावस्करले बताए – “उनले फिल्डिंगमा २ वटा क्याच छोडेका छन्, त्यसैले आज उनलाई केहि विशेष गर्नुपर्छ भन्ने थाहा छ।” त्यसपछि केहि बेरमा कोहली बाउन्सर बलमा बिट भए जसपछि आकाश चोपडाले बताए – “खेलाडीहरु लामो समयपछि खेलीरहेका छन्। उनीहरु पूर्णत तयार छैनन्। कोहलीको रेकर्ड हेर्नुहुन्छ भने उनि अद्दितीय छन्। ६-८ महिना पछि क्रिकेट खेल्न कसैलाई पनि सजिलो हुँदैन।”
“पक्कै पनि” गावस्करले जवाफमा बताए। “उनले आवस्यक अभ्यास गर्न पाएका छैनन्। उनलाई थाहा छ जति अभ्यास हुने पाउछन् उनि अझै उत्कृस्ट हुनेछन्। र लकडाउनको बेलामा उनले अनुष्काको बलिंगमा मात्र अभ्यास गरे, भिडियोमा देखिएको थियो। त्यतिमात्र पर्याप्त छैन।” गावस्करले लकडाउनको बेला कोहलीको छिमेकिले घरको छतमा अनुष्काले कोहलीलाई बलिंग गरेको भिडियोको कुरा गरेका थिए।
It’s stupid to troll legend like Sunil Gavaskar, don’t be fool, he refereed Anuskha & Kohli video playing Cricket, fake Feminists sit down & chill…listen this video and judge wisely.. don’t play double meaning #SunilGavaskar #AnushkaSharma #Kohli pic.twitter.com/jHBLEMfHeV pic.twitter.com/dyuXF8FRQz
— Aditya raj (@that_iz_aditya) September 25, 2020
अनुष्कालाई गावस्करको जवाफ
अनुष्का शर्माले गम्भीर आरोप लगाएपछि गावस्करले स्पष्टीकरण दिंदै अनुष्का शर्मालाई उल्टै प्रश्न गरेका छन्। दिल्ली र चेन्नाई बीच जारि खेलको दोश्रो इनिंगको तेश्रो ओभरमा गावस्करसंग आकाश चोपडाले विवादलाई कोट्याएका थिए। त्यसपछि बोल्दै गावस्करले बताए –
“त्यो बेला तपाई पनि संगै हुनुहुन्थ्यो हैन। हामि बिराट कोहलीले लकडाउनमा अभ्यास गर्ने मौका नपाएको बारे कुरा गर्दै थियौं। त्यसैमा मैले त्यो भिडियोको कुरा गरेको थिए जहाँ उनि आफ्नो बिल्डिंगको कम्पाउण्डमा खेलीरहेका थिए। र मैले भने कि बिराटले मात्र अनुष्काको बलिंग खेलेका थिए।मात्र, त्यही मेरो शब्द थियो।”
“जसलाई पनि आपत्ति छ भने म उनलाई यही भन्छु कि, तपाई त्यसलाई ध्यान दिएर सुन्नुस, मैले भने , के भनेको थिए र त्यसमा मैले के गलत भने ?”
Gavaskar sir cleared all this. There was no sexist remarks from him. pic.twitter.com/Yu1yQ4FHi7
— Virendra Vaishnav (@VaishnavDevta) September 25, 2020
“मैले न सेक्सिस्ट कमेन्ट गरे, न मैले अनुष्कालाई दोष दिए, न कसैलाई दोषी ठहर्याए। र त्यो बलमा तपाईले हेर्नु भएको हुनु पर्छ, बिराट त ब्याटिंग गरिरहेका थिए। यदी उनि आउट भएको भए त्यो बलमा भने भन्न सकिन्थ्यो कि कसैलाई दोषी ठहर्याएको।”
“त्यसैले म सबैलाई भन्छु , त्यसलाई फेरी हेर्नु होला , फेरी सुन्नु होला र त्यसपछि जे भन्ने हो भन्नुस। अरुले के भनिरहेको छ , कसैले हेडलाइन बनाइरहेको छ , त्यसलाई नसुन्नु होला। आफ्नो कानले , आफ्नो आँखाले हेर्नु अनि भन्नुस जे भन्ने हो। मेरो मन त सफा छ , मैले त्यस्तो केहि कुरा गरेको छैन।” ७१ वर्षीय कमेन्टेटरले बताए।
अनुष्काको प्रतिक्रिया के थियो
अनुष्काले गावस्करलाई आफ्नो इन्स्टाग्राम स्टोरी मार्फत प्रतिक्रिया दिंदै लेखेकी थिईन् – “धन्यवाद श्रीमान गावस्कर, तपाईको म्यासेज निकै बेस्वादिलो छ, यो तथ्य हो। तर म यो जान्न चाहन्छु कि तपाईले एउटा पत्नीलाई उसको पतिको खेलको लागि यस्तो असभ्य कमेन्ट किन गर्नु भयो ?”
अनुष्काले अगाडी लेखिन् – “मलाई विश्वास छ कि तपाईले यतिका वर्ष तपाईले खेलको बारेमा कुरा गर्दा हरेक क्रिकेटरको निजि जीवनलाई सम्मान गर्नु भयो होला। तपाईलाई यस्तो लाग्दैन कि हामि ( अनुष्का र बिराट ) लाई पनि त्यतिनै हक चाहिन्छ। मलाई विश्वास छ कि तपाईको दिमागमा मेरो पतिको प्रदर्शनको बारेमा बोल्न अरु धेरै शब्द र वाक्य थियो होला, या फेरी तपाईको शब्दको महत्व तब बढ्छ जब त्यसमा मेरो नाम समाबेश हुन्छ।”
अन्तिममा उनले लेखेकी छिन् – “यो २०२० हो र मेरो लागि अझै पनि कुराहरु बदलिएको छैन। मलाई क्रिकेटमा तानेर, मेरो बारे कमेन्ट गर्न कहिले बन्द हुन्छ ? सम्मानित श्री गावस्कर, तपाई एउटा महान खेलाडी हुनु हुन्छ जसको नाम यो भलाद्मीहरुको खेलमा ठूलो छ। म मात्र यो बताउन चाहन्छु कि मलाई कस्तो लाग्यो जब तपाईले यस्तो भन्नु भएको सुने।”
गावस्करको भनाइलाई गलत अर्थ कसरि लगाइयो
गावस्करको कोहली र अनुष्काबारे भनाइलाई गलत अर्थ दिंदै सोसल मिडियामा पोस्ट गरिएपछि सुरुमा भाइरल बनेको थियो। जसमा गावस्करले लकडाउनमा ‘अनुष्काको बलमा’ अभ्यास गरेको भनेर बताईएको थियो। तर गावस्करले ‘बल’ हैन ‘बलिंग’ भनेका थिए। तर अन्य प्रसंग उल्लेखन नगरी सोसल मिडियामा कोहली आउट भएपछि गावस्करले ‘लकडाउनमा कोहलीले अनुष्काको बलमा मात्र अभ्यास गरेको’ भन्दै अश्लिल कमेन्ट गरेको देखाउने प्रयास गरिएको थियो। तर गावस्करको कमेन्ट्रिको भिडियो हेर्दा पहिले त उनले उक्त कुरा बिराट आउट हुनु भन्दा अघि भनेका थिए भने त्यसपछि पनि उनले स्पस्ट रुपमा बिराट र अनुष्काको भिडियोलाई इंगित गर्दै कोहलीले अभ्यास कम गर्न पाएको उल्लेख गरेका थिए।
बिराट र अनुष्काबारे कमेन्ट गर्दा गावस्कर विवादमा, अनुष्काको कडा प्रतिक्रिया
दोश्रो खेलमा पनि सन्दिपले पाएनन् मौका, दिल्ली टस हारेर ब्याटिंग गर्दै
आलोचना पछि धोनीको बचाउ गर्दै प्रशिक्षक फ्लेमिंगले के भने
ढिलो ओभर रेटका कारण कोहलीलाई १२ लाख भारु जरिवाना
किन दिदैन दिल्लीले सन्दिपलाई मौका ?