बैंगलोर कप्तान बिराट कोहली र उनका श्रीमती अनुष्का शर्माबारे कमेन्ट गरेपछि भारतीय महान क्रिकेटर सुनिल गावस्कर विवादमा आएका छन्। गावस्करको कमेन्ट पछि भारतीय फिल्म अभिनेत्री अनुष्का शर्माले कडा अभिव्यक्ति दिएकी छिन्।
के भएको थियो
पन्जाब र बैंगलोर बीच बिहिबार खेलिएको खेलको दौरान बैंगलोर कप्तान कोहलीको प्रदर्शन अत्यन्त खराब रहेको थियो। पन्जाबले दिएको २०७ रन लक्ष्य पछ्याउने क्रममा कोहली मात्र १ रन बनाएर आउट भएका थिए। कोहली ब्याटिंग गर्न आउदा गावस्करले बताएका थिए – “लकडाउनको दौरान उनले केवल अनुष्काको बलिंगको सामना गरे”। खासमा गावस्करको इशारा त्यो भिडियोकोतर्फ थियो जुन लकडाउनको दौरान सोसल मिडियामा भाइरल बनेको थियो। उक्त भिडियोमा कोहली र अनुष्का घरको छतमा क्रिकेट खेलीरहेका थिए। अनुष्का बलिंग गरिरहेका थिए र कोहली ब्याटिंग। गावस्करले बोलेको कुरा भिडियोमा हेर्दा भने उनको कमेन्ट विवाद बनाउनु पर्ने जस्तो छैन।
He just joked over this video…. But now as we are the country of bans and boycotts.. Let’s #BoycottGavaskar 😇 pic.twitter.com/AVoqK9s0z0
— Drunk BATMAN (@Caped_Humor) September 25, 2020
गावस्करले बोलेको भिडियो
Here is the video. He did not say anything double meaning at the first place. pic.twitter.com/TqyI2PJVtd
— Cabinet Minister, Ministry of Memes, India (@__memenist) September 25, 2020
अनुष्काको कडा प्रतिक्रिया
तर सोसल मिडियामा गावस्करको कमेन्ट भाइरल भए पछि त्यसको मतलब अन्यथा लगाइयो। त्यसपछि कोहली पत्नी अनुष्का शान्त रहन सकिनन्। अनुष्काले आफ्नो इन्स्टाग्राम स्टोरीमा लेखिन् –
“धन्यवाद श्रीमान गावस्कर, तपाईको म्यासेज निकै बेस्वादिलो छ, यो तथ्य हो। तर म यो जान्न चाहन्छु कि तपाईले एउटा पत्नीलाई उसको पतिको खेलको लागि यस्तो असभ्य कमेन्ट किन गर्नु भयो ?”
अनुष्काले अगाडी लेखिन् – “मलाई विश्वास छ कि तपाईले यतिका वर्ष तपाईले खेलको बारेमा कुरा गर्दा हरेक क्रिकेटरको निजि जीवनलाई सम्मान गर्नु भयो होला। तपाईलाई यस्तो लाग्दैन कि हामि ( अनुष्का र बिराट ) लाई पनि त्यतिनै हक चाहिन्छ। मलाई विश्वास छ कि तपाईको दिमागमा मेरो पतिको प्रदर्शनको बारेमा बोल्न अरु धेरै शब्द र वाक्य थियो होला, या फेरी तपाईको शब्दको महत्व तब बढ्छ जब त्यसमा मेरो नाम समाबेश हुन्छ।”
अन्तिममा उनले लेखेकी छिन् – “यो २०२० हो र मेरो लागि अझै पनि कुराहरु बदलिएको छैन। मलाई क्रिकेटमा तानेर, मेरो बारे कमेन्ट गर्न कहिले बन्द हुन्छ ? सम्मानित श्री गावस्कर, तपाई एउटा महान खेलाडी हुनु हुन्छ जसको नाम यो भलाद्मीहरुको खेलमा ठूलो छ। म मात्र यो बताउन चाहन्छु कि मलाई कस्तो लाग्यो जब तपाईले यस्तो भन्नु भएको सुने।”
तर अनुष्काले उक्त कमेन्ट गर्नु अघि गावस्करले बोलेको भिडियो नहेरेको प्रस्ट हुन्छ। किनकि ७१ वर्षीय पूर्व ब्याट्सम्यानले कोहलीको प्रदर्शन बारे उक्त कुरा गरेका थिएनन्। कोहली ब्याटिंग गर्न आउदा उनले अभ्यास कम गर्न पाएको र खेल्दै जादा राम्रो गर्ने भावमा कमेन्ट गरेका थिए। त्यसै सन्दर्भमा उनले लकडाउनमा अभ्यास गर्न नपाएको र अनुष्का र बिराटले घरको छतमा खेल्दै गरेको भिडियो बारे उक्त कुरा बोलेका थिए।
सामाजिक संजालमा गावस्करलाई बहिस्कार गर्न माग
तर सामाजिक संजालमा ट्वीटरमा भने गावस्करलाई बहिस्कारनै गर्ने माग उठेको छ। गावस्करको कमेन्ट पछि सामाजिक संजालमा बिभिन्न प्रतिक्रियाहरु आएका छन्।
चर्चित भारतीय टिभी च्यानल Timesnow का पत्रकार नभिका कुमारले गावस्करलाई बहिस्कार गर्नु पर्ने बताउदै गावस्करले अनुष्का र बिराट बारे गरेको कमेन्ट घिनलाग्दो बताएकी छिन् –
For Tweeple to troll @AnushkaSharma for @imVkohli performance is disgusting. And the less said about Sunil Gavaskar the better. In fact BCCI should remove him from the commentators’ panel for the MCP attitude. #BoycottGavaskar
— Navika Kumar (@navikakumar) September 25, 2020
Language & comments by Sunil Gavaskar on Anushka Sharma are extremely disgusting & disappointing
You were a legend sir ! You disrespected an accomplished lady & a great sportsman like Viraṭ too!#BoycottGavaskar @AnushkaSharma @imVkohli
— pritam malla (@pritammalla3) September 25, 2020
This so called legend #SunilGavaskar has a faulty character and does not have any right to say anything about anyone’s life that to on a live stream. #BoycottGavaskar pic.twitter.com/s5vE4SRyMr
— Pratik Dusane (@pratik_0906) September 25, 2020
Win and lose this is part of a game . This does not mean targeting a person in personal matter .#BoycottGavaskar
🤬🤬🤬
🖕🏻🖕🏻@ICC @BCCI @BCCIWomen @BCCIdomestic @IPL— Rahul Sahu (@RahulSa12626592) September 25, 2020
Shame on you #SunilGavaskar … Expected comment from a boot licking spineless man like you. Kudos to @AnushkaSharma for stepping up and answering such a shameful act. #BoycottGavaskar #nocomenteraygavaskar https://t.co/eQudTpdCmY
— Tarique Aziz (@tarique007aziz) September 25, 2020
तर धेरै फ्यानहरुले गावस्करले केहि गलत नबोलेको र उनको कुरालाई गलत तरिकाले व्याख्या गरेको बताउदै उनको समर्थनमा पनि ट्वीट गरेका छन्
One twitter user misheard something that Sunil Gavaskar said. His tweet goes viral and now everyone believes his tweet is the truth.
If this is the situation when we have all the proof on video, imagine how history has been written for centuries.
— Sagar (@sagarcasm) September 25, 2020
Sunil Gavaskar said Anushka ki bowling pe practice ki hai. I think he is talking about some video. But as usual Anushka Sharma already acting like a victim for no reason. pic.twitter.com/MGQCt07JAG
— Akshay (@AkshayKatariyaa) September 25, 2020
This is what #SunilGavaskar sir trying to tell in commentary box yesterday. People didn’t have a single clue abt matter and started critisizing others 🤦 #viratkohli #AnushkaSharma #Shameless pic.twitter.com/EdDJShMcAS
— Deepak Suner 🥀❣️ (@DeepakSuner10) September 25, 2020
It’s stupid to troll legend like Sunil Gavaskar, don’t be fool, he refereed Anuskha & Kohli video playing Cricket, fake Feminists sit down & chill…listen this video and judge wisely.. don’t play double meaning #SunilGavaskar #AnushkaSharma #Kohli pic.twitter.com/jHBLEMfHeV pic.twitter.com/dyuXF8FRQz
— Aditya raj (@that_iz_aditya) September 25, 2020
#SunilGavaskar is unnecessarily dragged in the controversy. Plz listen to the commentary & hear his exact words.He mentioned about the viral video of #AnushkaSharma.Why do digital news media platforms acting like a headless chicken & writing crappic.twitter.com/rvbSdl821E#IPL2020
— Kumar Manish (@kumarmanish9) September 25, 2020
गम्भीरले औल्याए पन्जाब बिरुद्ध बैंगलोर कप्तान कोहलीले गरेको गल्ति
ढिलो ओभर रेटका कारण कोहलीलाई १२ लाख भारु जरिवाना
किन दिदैन दिल्लीले सन्दिपलाई मौका ?
IPL M-7 : दिल्ली र चेन्नाई बीच प्रतिस्पर्धा, यस्तो छ सन्दिप खेल्ने सम्भावना