ग्लोबल टि-२० : गेलले छक्का वर्षा गर्दा नाइट्सको जित



क्यानडामा जारि ग्लोबल टि-२० क्यानडा अन्तर्गत शुक्रवारराति सम्पन्न खेलमा भान्कुभर नाइट्सले एडमोन्टन रोयल्सलाई ६ विकेटले पराजित गरेको छ। दोश्रो जित संगै नाइट्स ५ अंक बटुल्दै अंकतालिकाको दोश्रो स्थानमा उक्लेको छ। रोयल्स भने लगातार चौथो हार पछि पुछारमा रहेको छ।

टस हारेर ब्याटिंग गरेको एडमोन्टनले २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको थियो। १६६ रनको लक्ष्य भान्कुभरले १६.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो।

भान्कुभरको जितमा ओपनर क्रिस गेलले विस्फोटक ब्याटिंग गरे। शतक बनाउन चुकेका गेलले ९४ रन बनाउन मात्र ४४ बलमा ९ छक्का र ६ चौका प्रहार गरे। यस क्रममा गेलले शदाब खानले गरेको १३ औं ओभरमा ४ छक्का र २ चौका प्रहार गरेका थिए।


४० वर्षीय गेलले अघिल्लो खेलमा मोन्टरियल टाइगर्स बिरुद्ध शतक बनाउने क्रममा ५४ बलमा १२ छक्का र ७ चौका मदतले अविजित १२२ रन बनाएका थिए।

यस्तै शोयब मलिकले अविजित  ३४ ( १७ बलमा ३ चौका र २ छक्का प्रहार गरे। एडमोन्टनको लागि बेन कटिंगले सर्वाधिक ३ विकेट लिए।

यस अघि रोयल्सको ब्याटिंगमा बेन कटिंगले सर्वाधिक ७२ रन ( ४१ बलमा ७ छक्का र ३ चौका ) तथा मोहम्मद नवाजले ४० रन ( २७ बलमा ३ छक्का र १ चौका ) बनाएका थिए। नाइट्सको बलिंगमा अलि खान, साद बिन जाफर र हेडन वाल्सले समान २/२ विकेट लिए।

प्रतियोगिता अन्तर्गत शनिवार राति सन्दिप लामिछाने रहेको टिम टोरोन्टो नेसनल्सले ब्राम्पटन वुल्भ्ससंग खेल्दैछ। युभराज सिंह कप्तानीको टोरोन्टोले ३ खेलमा १ जित र २ हार बेहोर्दै अंकतालिकामा पाँचौ स्थानमा रहेको छ भने वुल्भ्स ३ खेलमा ३ वटै जितको साथ् ६ अंक सहित शिर्षस्थानमा छ।

सन्दिपलाई अघिल्लो खेलमा अन्तिम-११ मा समावेस गरिएको थिएन। आजको खेलमा सन्दिप खेल्ने सम्भावना प्रवल रहेको छ।





थप समाचार

IPL : रोमान्चक खेलमा बैंगलोरद्वारा हैदरावाद पराजित

१४ औं आईपीएल अन्तर्गत छैठौं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ। […]

पाकिस्तानको जितमा बाबर आजमको विस्फोटक शतक

पाकिस्तानको दक्षिण अफ्रीका भ्रमण अन्तर्गत चार वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत तेश्रो टि-२० जित्दै पाकिस्तानले सिरिजमा २-१ को अग्रता हाँसिल […]

त्रिकोणात्मक सिरिजको लागि नेपाली टोलिको घोषणा, को परे को परेनन्

घरेलु मैदानमा नेदरल्याण्ड र मलेसियासंग खेलिने त्रिकोणात्मक टि-२० सिरिजको लागि नेपाल क्रिकेट संघले १५ सदस्यीय नेपाली राष्ट्रिय टोलिको घोषणा गरेको […]

आईपीएल २०२१ : संजु स्याम्सनको शतक बाबजुद राजस्थान पराजित

१४ औं संस्करणको इण्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत सोमबार सम्पन्न चौथौं खेलमा केएल राहुल कप्तानीको पन्जाब किंग्सले संजु […]

आईपीएल २०२१ : राहुल र हुड्डाले शतकीय साझेदारी गर्दा पन्जाबद्वारा राजस्थानलाई विशाल लक्ष्य

१४ औं संस्करणको इण्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत सोमबार जारि चौथौं खेलमा संजु स्याम्सन कप्तानीको राजस्थान रोयल्स र केएल […]

IPL : कोलकाताद्वारा हैदरावाद १० रनले पराजित

१४ औं आईपीएल अन्तर्गत आइतबार सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। […]