बैंगलोर बिरुद्ध शानदार प्रदर्शन पछि गेलको प्रतिक्रिया – “युनिभर्स बोस ब्याटिंग गर्दैछ, कसरि नर्भस हुनसक्छु”



बैंगलोर बिरुद्ध बिहिबार रातिको खेल पन्जाबको लागि गर या मरको स्थितिको खेल थियो। खेलमा पराजित भएको खण्डमा टिमको प्लेअफ सम्भावना समाप्त हुन्थ्यो। तर बलियो मानिएको टिम बैंगलोर बिरुद्ध पन्जाबले ८ विकेटको शानदार जित दर्ता गर्यो र महत्वपूर्ण २ अंक बटुल्यो। बैंगलोरले दिएको १७२ रनको लक्ष्य पन्जाबले २ विकेट गुमाएर अन्तिम बलमा पुरा गर्यो।

अघिल्लो ७ खेलमा मौका नपाएपछि आठौँ र अत्यन्त महत्वपूर्ण खेलमा मौका पाएका पन्जाब ब्याट्सम्यान क्रिस गेलले जितमा उत्कृस्ट योगदान दिए। ओपनिंग ब्याटिंग छोडेर तेश्रो नम्बरमा आएका गेलले कप्तान केएल राहुलसंग ९३ रनको साझेदारी गरे। अन्तिम ओभरमा रन आउट हुनु अघि गेलले आईपीएल करियरको २९ औं अर्धशतक बनाए जुन क्रममा ४५ बलमा ५ छक्का र १ चौका प्रहर गर्दै ५३ रन बनाए।

खेलपछि गरिएको कुराकानीमा गेलले धेरै पछि खेल्दा पनि आफू नर्भस नभएको भन्दै रोचक प्रतिक्रिया दिए – “युनिभर्स बोस ब्याटिंग गर्दैछ, म कसरि नर्भस हुनसक्छु। म बरु उल्टो तपाईलाई हर्ट अट्याक दिन सक्छु।”

अन्तिम ओभरमा जित्न २ रन मात्र आवस्यक रहेता पनि बैंगलोर लेग स्पिनर युजभेन्द्र चहलले पहिलो ५ बलमा मात्र १ रन खर्चिएपछि खेल रोमान्चक अवस्थामा पुगेको थियो। पाँचौ बलमा गेल रन आउट हुनपुग्दा अन्तिम बलमा जित्न १ रन आवस्यक थियो। अन्तिम बलमा निकोलस पुरनले छक्का हिर्काउदै खेल जिताए। अप्रत्यासित अन्तिम ओभरबारे बोल्दै गेलले अचम्मको कुरा भएको बताए – “मलाई लागेको थियो यो आराम को जित थियो तर क्रिकेटमा अचम्मको कुराहरु हुन्छ।”

गेलले आफ्नो इनिंगले सन्तुष्ट भएको र अर्को वर्ष पनि खेल्न सक्ने बताए –

“यो राम्रो इनिंग थियो। आईपीएल पछि म अब आफुलाई २०२१ को लागि उपलब्ध गराउन सक्छु। मलाई बेन्चमा बस्न मन त पर्दैन तर म त्यसमा पनि मजा लिईरहेको थिए। अस्तिको बिमारी बाहेक म आफुलाई अझ फिट पाइरहेको छु।”

गेलले आईपीएल करियरको २९ औं अर्धशतक प्रहार गरे

पहिलो इनिंगमा बैंगलोरले ब्याटिंगमा संघर्ष गरेता पनि दोश्रो इनिंगमा भने विकेट ब्याट्सम्यानको लागि सहज भएको गेलले महसुस गरे-

“पहिलो इनिंगमा विकेट सुस्त थियो जसको तुलनामा दोश्रो इनिंगमा विकेट राम्रो भयो। पहिले ब्याटिंग गर्ने टिमलाई मुस्किल थियो र पछि हामीले राम्रो पिच पायौं।”

सधै गर्ने ओपनिंग ब्याटिंग छोडेर तेश्रो नम्बरमा आएका गेलले मायाँक र राहुल बीचको राम्रो ओपनिंग लय तोड्न नचाहेपछि तेश्रो नम्बरमा आएको बताए –

“टिमले मलाई जिम्मेवारी दिएको थियो जसको मैले निभाएर देखाए। ओपनरहरुले राम्रो गरिरहेका थिए त्यसैले त्यसलाई तोड्न चाहेनौ। मायाँक र कप्तानले राम्रो सुरुवात दिलाए। टिमको लागि जित महत्वपूर्ण थियो।”

खेलपछि कप्तान राहुलले गेलको तारिफ गर्दै ४१ वर्षको उमेरमा उनको भोक गजब रहेको बताए – “गेल पछिल्लो २ हफ्ता राम्रो महसुस गरिरहेका थिएनन्। तर उनि ४१ वर्षमा पनि उत्तिकै भोको छन्। उनले जहाँ पनि ब्याटिंग गर्छन् खतरनाक छन्। उनले यसलाई च्यालेन्जको रुपमा पनि लिएका थिए।”

राहुलले आफ्नो टिम अंकतालिकामा देखिएको भन्दा राम्रो टिम भएको बताए –

“हामि अंकतालिकामा देखिएको भन्दा निकै राम्रो टिम हौँ। एउटा समुहको रुपमा हामि निराश थियौं र हामि खेलको महत्वपूर्ण समयलाई जितमा बदल्न सकीरहेका थिएनौं। यो कुराले निकै पिडा दिएको थियो। जित्ने र नजित्ने बानिको कुरा पनि हो। यो जितले हामीलाई आत्मविश्वास दिएको छ। यो मेरो कप्तानको रुपमा पहिलो पटक हो र मेरो लागि जितनै महत्वपूर्ण कुरा हो। मेरो व्यक्तिगत प्रदर्शनलाई म धेरै महत्व दिने गर्दिन।”

अन्तिम बलमा १ रन आवस्यक हुँदा पुरनले छक्का हिर्काउदै पन्जाबलाई जिताएका थिए

हारपछि बैंगलोर कप्तान बिराट कोहलीले १७० को योगफल राम्रो रहेता पनि बलरहरुले अरु दिन जस्तो राम्रो नगरेको बताए –

“१७० राम्रो योगफल थियो। हाम्रो बलिंग आक्रमण प्रति मलाई गर्व छ तर आज भने त्यस्तो दिन थिएन। उनीहरुलाई दबाबमा राख्न सकेनौ।”

कोहलीले खेल त्यति पर पुग्ने सोचेका थिएनन् – “खेल १८ ओभरमा सकिन्थ्यो जस्तो लागेको थियो तर उनिहरुले हामीलाई खेलमा फर्कने मौका दिए। त्यति गहिरो खेल जानु आश्चर्यजनक थियो। पन्जाबले अन्तः राम्रो प्रदर्शन गर्यो।”

कोहलीले डी भिल्लीयर्सलाई छैठौं नम्बरमा पठाउनुको कारण बताए – ” हामीले पहिले छलफल गरेका थियौं कि दायाँ-बायाँ हाते ब्याट्सम्यानको संयोजन मिलाउनको लागि। तर तपाईले लिएको यस्तो निर्णयले सधै काम गर्दैन।”

लिग इतिहासमा हालसम्म २७ वटा खेल अन्तिम बलमा जितिएको छ तर त्यस खेलहरु मध्ये ८ विकेटले जितेको भने यो पहिलो अवसर हो।

जितपछि ८ खेलमा २ जित र ६ हार बेहोरेको पन्जाब अंकतालिकामा ४ अंक सहित पुछारमा रहेको छ। जितपछि अझै पनि पन्जाबको अन्तिम-४ पुग्ने सम्भावना जिवितै रहेको छ। हारपछि बैंगलोर तेश्रो स्थानमा कायमै रहेको छ जसले ८ खेलमा ५ जित र ३ हार बेहोरेको छ। समान अंक रहेता पनि मुम्बई दोश्रो स्थानमा छ जो नेटरन रेटमा निकै अघि रहेको छ। दिल्ली १२ अंक सहित पहिलो स्थानमा छ।

लिग अन्तर्गत पन्जाबले आगामी खेल आइतबार मुम्बई बिरुद्ध खेल्नेछ भने बैंगलोरले शनिवार राजस्थान बिरुद्ध खेल्ने तालिका रहेको छ।

सनसनीपूर्ण खेलमा बैंगलोर बिरुद्ध पन्जाब अन्तिम बलमा विजयी

IPL : रैना, कोहली र रोहितको रेकर्ड तोड्दै धवनले बनाए ठूलो कीर्तिमान

इमरान ताहिरको सबैको मन जित्ने ट्वीट

IPL : हैदरावादसंग खेलपछि तेवतियाले कसलाई ठड्याए औंला, जान्नुस विवादको कारण



थप समाचार

क्यानद्वारा पूर्वकप्तान कर्माचार्य छनोट समितिको संयोजक नियुक्त

नेपाल क्रिकेट संघ ( क्यान ) को कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय क्रिकेट टिमका पहिलो कप्तान उत्तम कर्माचार्यलाई संयोजक चयन गर्दै […]

कोहलीले तोडे तेन्दुलकरको कीर्तिमान

अष्ट्रेलिया र भारतबीच ३ खेलको एकदिवसीय अन्तराष्ट्रिय शृंखला अन्तर्गत क्यानवेरा स्थित मानुका ओवल क्रिकेट स्टेडियममा तेस्रो तथा अन्तिम खेल जारि […]

एलपीएल : परेराको अर्को आक्रामक इनिंग, जाफ्नाको विजय यात्रा कायमै

लंका प्रिमियर लिग अन्तर्गत मंगलबार सम्पन्न २ वटा खेलमा दाम्बुला भाइकिंग र जाफ्ना स्टालियन्स विजयी भएका छन्। महिन्दा राजापाक्षे स्टेडियममा […]

मलान चम्किदा इंग्ल्यान्डको सिरिज क्लिन स्विप, बन्यो साझेदारीको नयाँ विश्वकीर्तिमान

दविड मलानले शानदार ब्याटिंग गर्दा तेश्रो टि-२० मा दक्षिण अफ्रीकालाई ९ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सिरिज क्लिन स्विप गरेको छ।केपटाउनमा […]

एलपीएल : अफ्रिदी कप्तानीको ग्ल्याडीएटर्सको लगातार तेश्रो हार

लंका प्रिमियर लिग अन्तर्गत सोमबार राति सम्पन्न दिनको दोश्रो खेलमा कुशल परेरा कप्तानीको क्यान्डी टस्कर्सले शाहिद अफ्रिदी कप्तानीको गाल ग्ल्याडीएटर्सलाई […]

एलपीएल : जाफ्नाको जितमा कप्तान परेराको विस्फोटक इनिंग

कप्तान थिसारा परेराले शानदार अलराउण्ड प्रदर्शन गर्दा दाम्बुला भाइकिंगलाई ६६ रनले पराजित गर्दै जाफ्ना स्टालिएन्स लंका प्रिमियर लिग अंकतालिकामा शिर्ष […]