गौतम बुद्ध कप टि-२० प्रतियोगिता आज देखि चितवनमा सुरु हुँदैछ। प्रतियोगिता निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा खेलिनेछ।
बागमती प्रदेश क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा बागमती र नारायणी टिम प्रतिस्पर्धा गर्दैछन्। खेल ११ बजे बिहान सुरु हुनेछ। मैदानमा दर्शकहरु पुगेर खेल हेर्न पाउनेछैनन्।
बागमतीको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन् भने नारायणीको भने पारस खड्का कोरोना संक्रमित भएर नखेल्ने भएपछि कसले कप्तानी गर्ने घोषणा गरिएको छैन। करन केसी र सुबास खकुरेल मध्ये एक जनाले नारायणीको कप्तानी गर्ने सम्भावना रहेको छ।
मङ्सिर ३० गतेसम्म हुने प्रतियोगितामा तिन टिमको सहभागिता रहेको छ। जसमा बागमती, नारायणी र राप्ती टिमले एक अर्कासँग खेल्नेछन र शिर्ष २ टिमले फाइनल खेल्ने छन्।
प्रतियोगिताको खेलतालिका अनुसार मङ्सिर २७ गते ११ बजे सुरु हुने उद्घाटन खेलमा ज्ञानेन्द्र मल्ल कप्तानीको बागमती र नारायणीले प्रतिस्पर्धा गर्नेछन्। मङ्सिर २८ गते बागमती र बिनोद भण्डारी कप्तानीको राप्तीले तथा मङ्सिर २९ गते राप्ती र नारायणी बीच प्रतिस्पर्धा हुनेछ। खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडी च्यानलले तथा युट्युबमा धुर्मुस सुन्तली च्यानलले गर्ने बताईएको छ। विकेटनेपालमा खेलको प्रत्यक्ष स्कोर अपडेट हुनेछ। प्रतियोगिताको खेलतालिका
कुन टिममा को-को छन् खेलाडीहरु :-
बागमती : ज्ञानेन्द्र मल्ल ( कप्तान ) , सोमपाल कामि र अनिल साह, राशिद खान, ललित राजवंशी, सागर ढकाल, रोहित पौडेल, पवन सरार्फ, सुनिल धमला, बिक्रम सोब, प्रदीप ऐरी, भिम शार्की , आकाश थापा, संघर्ष पौडेल
नारायणी : सुबास खकुरेल, करण केसी, किशोर महतो, सुशन भारी, साहब आलम, आरिफ शेख, सन्दीप जोरा, रित गौतम, सिद्धान्त लोहनी, ईशान पान्डे, राजु रिजाल, दीपेश श्रेष्ठ र बिवेक यादव
राप्ती : बिनोद भण्डारी (कप्तान), कुशल भुर्तेल, अविनाश बोहरा, कमल सिंह ऐरी, सुर्य तामाङ, भुवन कार्की, शरद भेषवाकर, लोकेश बम, आसिफ शेख, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, सुमित महर्जन, हरि चौहान र स्वप्निल अधिकारी