गौतम बुद्ध कप : राप्ती र नारायणी फाइनलमा, बागमती बाहिर



चितवनमा जारि गौतम बुद्ध कप टि-२० प्रतियोगिता अन्तर्गत दोश्रो खेलमा बिनोद भण्डारी कप्तानीको राप्तीले ज्ञानेन्द्र मल्ल कप्तानीको बागमतीलाई ११ रनले पराजित गरेको छ।

लगातार दोश्रो खेलमा पराजित भएपछि बागमती प्रतियोगिताबाट बाहिर भएको छ। राप्ती र नारायणी फाइनल प्रवेश गरेका छन्। भोलि लिग चरणको अन्तिम खेलमा राप्ती र नारायणीले प्रतिस्पर्धा गर्नेछन्।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न खेलमा राप्तीले दिएको १३० रनको लक्ष्य पछ्याउने क्रममा बागमतीले १९.४ ओभरमा ११८ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।

बागमतीको लागि सोमपाल कामिले सर्वाधिक ३५, अनिल साहले २२, ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले समान १३, सुनिल धमलाले ११ तथा पवन सर्राफले १० रन बनाए।

२० रनको ओपनिंग साझेदारी गरेपछि चौथो ओभरमा कप्तान ज्ञानेन्द्र मल्ललाई कमल ऐरीले क्याच आउट गराए। सोहि ओभरमा अर्का ओपनर सुनिल धमलालाई पनि ऐरीले क्याच आउट गराए। तेश्रो विकेटको लागि रोहित पौडेल र अनिल साहले ३४ रन जोडे। नवौं ओभरमा अनिललाई भुवन कार्कीले तथा दशौँ ओभरमा रोहितलाई सुर्य तामांगले पेभेलियन फर्काए।

पाँचौ विकेटको लागि भिम शार्की र सोमपाल कामिले ३४ रनको साझेदारी गरे। १४ औं ओभरमा भिम रन आउट भए। १६ औं ओभरमा सोमपाललाई भुवन कार्कीले बोल्ड गर्दै राप्तीलाई खेलमा फर्काए। त्यसपछि पवन सर्राफ र बिक्रम सोबले सातौँ विकेटको लागि १८ रनको साझेदारी गरे।

अन्तिम २ ओभरमा जितको लागि १६ रन आवस्यक हुँदा १९ औं ओभरको चौथो र छैठौं बलमा बिक्रम र पवन दुवैलाई अविनाश बोहराले पेभेलियन फर्काए। उक्त ओभरमा बोहराले मात्र ३ रन दिएर २ विकेट लिएपछि अन्तिम ओभरमा जित्न १३ रन आवस्यक रहेको थियो। अन्तिम ओभरमा जितेन्द्र मुखियाले पहिलो र तेश्रो बलमा राशिद खान र सागर ढकाललाई पेभेलियन फर्काउदै १ रन मात्र खर्चेर टिमलाई जित दिलाए।

राप्तीको बलिंगमा जितेन्द्र मुखिया ( ३.४-०-११-२ ) , कमल सिंह ऐरी ( ४-०-४९-२ ) , भुवन कार्की ( ४-०-१६-२ ) र अविनाश बोहरा ( ४-०-१२-२ ) ले समान २ विकेट तथा सुर्य तामांगले १ विकेट लिए।

राप्तीको ब्याटिंग 

यस अघि टस हारेर ब्याटिंग गरेको राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको थियो।

राप्तीको लागि अमित श्रेष्ठले सर्वाधिक २६, शरद भेसावकर र बिनोद भण्डारीले समान २१, कमल ऐरीले १६ तथा लोकेश बमले १५ रन बनाए। कुशल भुर्तेलले ३, हरि चौहानले ५ रन बनाए।

ओपनर कुशल भुर्तेललाई पहिलो ओभरमा सोमपाल कामिले एलबिडब्लु आउट गरेपछि दोश्रो विकेटको लागि अर्का ओपनर अमित श्रेष्ठले शरद भेसावकरसंग ४० रनको साझेदारी गरे। सातौँ ओभरमा आक्रामक ब्याटिंग गरिरहेका शरदलाई सागर ढकालले स्टम्प आउट गरे।

शरद भेसावकर

तेश्रो विकेटको लागि अमितले कप्तान बिनोदसंग २९ रन जोडे। भण्डारीलाई ११ औं ओभरमा सागरले बोल्ड गर्दै दोश्रो शिकार बनाए। त्यसपछि एक किनार सम्हालीरहेका अमितलाई १२ औं ओभरमा राशिद खानले क्याच आउट गराए। १४ औं ओभरमा लोकेश बमलाई ललित राजबंशीले क्याच आउट गराए। हरि चौहान र कमल ऐरीले सातौँ विकेटको लागि २० रनको साझेदारी गरे। ऐरीलाई बिक्रम सोबले १९ औं ओभरमा क्याच आउट गराए।

बागमतीको बलिंगमा सागर ढकाल ( ४-०-१५-२ ) , सोमपाल कामि ( ४-०-२७-२ ) र राशिद खान ( ४-०-१७-२ ) ले समान २ विकेट लिए। बिराम सोब ( ४-०-३०-१ ) र ललित राजबंशी ( ४-०-३८-१ ) ले समान १ विकेट लिए।

प्रतियोगिता अन्तर्गत सोमबार राप्ती र नारायणी बीच खेल हुनेछ। मंगलबार दुवै टिम बीच फाइनल खेल हुनेछ।





थप समाचार

प्रम कप : रोमान्चक खेलमा एपीएफद्वारा आर्मी ६ रनले पराजित, एपीएफ समुह विजेता

त्रिभुवन आर्मी क्लबलाई ६ रनले पराजित गर्दै नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको समुह ‘ए’ को विजेताको रुपमा […]

प्रम कप : पुलिस सेमीफाइनलमा

समुह चरणको अन्तिम खेलमा प्रदेश-२ लाई पराजित गर्दै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ। […]

अफगानिस्तानको जितमा रहमतको शतक

दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा ७ विकेटले आयरल्याण्डलाई पराजित गर्दै अफगानिस्तानले तिन खेलको सिरिज १ खेल अगावै २-० ले जित्न सफल भएको […]

बिग ब्यास : सन्दिपको शानदार प्रदर्शन, होबार्टको प्लेअफ सम्भावना कायमै

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत आइतबार सम्पन्न ५२ औं खेलमा होबार्ट हरिकेन्सले सिड्नी सिक्सरलाई ७ रनले […]

प्रम कप : लुम्बिनी र बागमतीको खेल बराबरीमा टुंगियो, बागमती सेमीफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत आइतबार मुलपानी मैदानमा सम्पन्न समुह ‘बि’ अन्तर्गतको खेल बराबरीमा टुंगिएको छ। स्कोरकार्ड, अंकतालिका बागमती प्रदेशले […]

प्रम कप : सुदूरपश्चिमको सान्त्वना जित, प्रदेश-२ को लगातार तेश्रो हार

प्रदेश-१ लाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। यस अघिनै सुदूरपश्चिम तिनवटा […]