गौतम बुद्ध रङ्गशालालाई सगरमाथा इन्जिनीयरिङ कलेजको आर्थिक सहयोग



काठमाडौँ, १२ फागुन

ललितपुर, सानेपास्थित सगरमाथा इन्जिनीयरिङ कलेज तथा सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजीले ‘धुर्मुस –सुन्तली फाउण्डेसन’लाई रु २ लाख सहयोग गरेको छ ।

फाउण्डेशनको आर्थिक एवंम प्राविधिक सहयोगमा चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालालाई कलेजले सो रकम उपलब्ध गराएको हो । कलेजमा अध्ययनरत बि.ई. सिभिल इन्जिनियरिङ चौथो वर्ष दोस्रो खण्डका विद्यार्थीहरुले ‘कन्सट्रक्सन म्यानेजमेन्ट’ विषयको शैक्षिक भ्रमणका क्रममा विद्यार्थी तथा विषय शिक्षक सुबोध शर्मा गौतम सहित सिभिल इन्जिनियरिङ विभागका विभागीय प्रमुख भुवन घिमिरेले फाउण्डेसका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) लाई रंगशाला निर्माणाधीनस्थलमा नै सो रकम प्रदान गर्नुभएको हो ।

सो कलेज स्थापनाका एक दशकमा नै उल्लेख्य सफलता हासिल गरेको छ । साथै कलेज इन्जिनीयरिङ विषयमा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीका रोजाइमा परेको छ । विश्वस्तरीय इन्जिनीयरिङ जनशक्ति स्वेदशभित्र नै उत्पादन गर्ने, इन्जिनीयरिङ विधाका विविध विषयमा अध्ययन गर्ने एवं अनुसन्धान गर्ने ध्येयले त्रिभुवन विश्वविद्यालय, इन्जिनीयरिङ अध्ययन संस्थानद्वारा सम्बन्धन प्राप्त गरी विसं २०६७ देखि कलेज सञ्चालनमा आएको थियो । शुरुआत वर्षदेखि स्नातक तहअन्तर्गत सिभिल र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन इन्जिनीयरिङ कार्यक्रम र विसं २०७४ देखि सोही तहमा कम्प्युटर इन्जिनीयरिङ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

स्थापना भएको एक दशक अवधिभित्रै कलेजले उल्लेख्य सफलता हासिल गरेको र इन्जिनीयरिङ अध्ययनका लागि निजी क्षेत्रबाट सञ्चालित कलेजहरुमध्ये पहिलो नम्बरमा विद्यार्थीहरुको रोजाइमा परेको कलेजका प्रचार्य ई रमेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनसार कलेजबाट हालसम्म करीब ६०० विद्यार्थीले अध्ययनपुरा गरेका छन् । विद्यार्थीले बेरोजगार बस्नु परेको छैन । उनीहरु सरकारी÷गैरसरकारी निकायमा कार्यरत छन् । कोही विद्यार्थी उच्च शिक्षा हासिल गर्नका लागि स्वदेशी तथा विदेशी विश्वविद्यालयमा छात्रवृत्ति प्राप्त गरी अध्ययनरत छन् ।

कलेजमा इलोक्ट्रोनिक्स एन्ड कम्युनिकेशन, सिभिल इन्जिनीयरिङ, इन्जिनीयरिङ साइन्स एन्ड ह्युम्यानिटिज तथा कम्प्युटर इन्जिनीयरिङ लगायत विभागमा अनुभवी शिक्षक कार्यरत रहेका छन् । विश्वविद्यालयद्वारा तोकिएको पाठ्यक्रमको परिधिभित्र मात्र सीमित नराखी विद्यार्थीहरुको व्यावसायिक क्षमता अभिवृद्धिका लागि आवश्यक सीपमूलक तालीम, विश्व विज्ञहरुसँग प्रत्यक्ष अन्तरक्रिया, विभिन्न कार्यशाला गोष्ठी तथा प्रतियोगितामा विद्यार्थीलाई सहभागिता गराउने ध्येयले कलेजले ‘सगरमाथा करियर सेन्टर’ स्थापना गरेको छ । सेन्टरले विद्यार्थीका रुचि र चाहनाअनुसार विभिन्न अतिरिक्त क्रियाकलापमा संलग्न गराउँदै आएको छ । (रासस)





थप समाचार

हाईस्कोरिंग खेलमा कोलकातालाई हराउदै चेन्नाई शिर्षमा

कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै १४ औं आईपीएल अंकतालिकाको शिर्षस्थानमा पुगेको छ। मुम्बईको वानखेडे स्टेडियममा सम्पन्न खेलमा चेन्नाईले […]

IPL : हैदरावादको पहिलो जित, पन्जाब पुछारमा पुग्दा हैदरावाद पाँचौ स्थानमा

पन्जाब किंग्सलाई ९ विकेटले पराजित गर्दै सनराइजर्स हैदरावादले आईपीएल १४ मा पहिलो जित दर्ता गरेको छ। चेन्नाई स्थित एमए चिदम्बरम स्टेडियममा […]

पाकिस्तानको जितमा रिजवान र कादिर उत्कृस्ट

जिम्बाबेलाई ११ रनले पराजित गर्दै भ्रमण टोलि पाकिस्तानले पहिलो टि-ट्वान्टीमा ११ रनको जित दर्ता गरेको छ। जितसंगै तिन वटा टि-ट्वान्टीको […]

बराबरीमा टुंगियो मलेसिया र नेदरल्याण्डको खेल, नेपाल र नेदरल्याण्ड फाइनलमा

नेपालमा त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत नेदरल्याण्ड र मलेसिया बीचको खेल बराबरीमा टुंगिएको छ। यो संगै सिरिजको फाइनलमा नेपाल र नेदरल्याण्ड […]

कुपरले उत्कृस्ट ब्याटिंग गर्दा वर्षाप्रभावित खेलमा नेदरल्याण्डले बनायो १०७ रन

नेपाल, नेदरल्याण्ड र मलेसिया बीच जारि त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत पाँचौ खेलमा बुधबार नेदरल्याण्ड र मलेसिया प्रतिस्पर्धा गरिरहेका छन्। टियु […]

आईसीसी ब्याटिंग वरियतामा शिर्ष १०० भित्र कुशल भुर्तेल

नेपाल, नेदरल्याण्ड र मलेसिया बीच जारि त्रिदेशीय टि-ट्वान्टी सिरिजमा उत्कृस्ट ब्याटिंग गरिरहेका कुशल भुर्तेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) […]