नवप्रवेशी टोली गुजरात टाइटन्सले जित्यो आइपिएल क्रिकेटको उपाधि



इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि गुजरात टाइटन्सले जितेको छ।​

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा गएराति राति सम्पन्न फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले उपाधि जितेको हो। आइपिएलमा डेब्यू गरेको वर्ष नै गुजरातले उपाधि हात पार्न सफल भयो। ​

राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो। गुजरातका लागि शुभमान गिलले नटआउट ४५, कप्तान हार्दिक पाण्ड्याले ३४ र डेभिड मिलरले ३२ रन बनाए।

बलिङतर्फ राजस्थानका ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्णा र युजभेन्द्र चहलले समान १-१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो। राजस्थानका लागि जोश बटलरले ३९ रन यशस्वी जैसवाल २२ र कप्तान सन्जु सामसनले १४ रन जोडे।

बलिङतर्फ गुजरातका कप्तान हार्दिकले ३, साइ किशोरले २ तथा मोहमद सामी, यश दयल र रासिद खानले समान १-१ विकेट लिए।

राजस्थानलाई हराएर फाइनलमा पुगेको गुजरातले फाइनलमा पनि राजस्थानलाई नै हराएर उपाधि हात पारेको हो। ।





थप समाचार

नेपालको क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा […]

एसीसी महिला टी-ट्वान्टी : मलेसियालाई हराउँदै युएई च्याम्पियन

युएईले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको उपाधि जितेको छ । मलेसियाको किनरारा ओभलमा शनिबार भएको फाइनलमा आयोजकलाई ५ विकेटले हराएर युएईले […]

नेपालको दुर्भाग्य, वर्षाले खेल पुरा नहुँदा युएई एसिया कप खेल्न छनोट

मलेसियामा जारि एसीसी महिला टि-२० प्रतियोगिता अन्तर्गत सेमीफाइनल खेल वर्षाका कारण पुरा हुन नपाउदा समुह चरणको प्रदर्शनको आधारमा युएई फाइनल […]

नेपाल हङकङसँग पराजित

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम […]

एसीसी महिला टी-२० च्याम्पियनसिप : आज हङकङ भिड्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ । किनरारा ओभलमा नेपालले चौंथो […]

एसीसी टि-२० महिला : नेपाल सेमिफाइनलमा

एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले बहराइनलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । स्कोरकार्ड , अंकतालिका  मलेसियाको किनरारा ओभल क्रिकेट […]