ज्ञानेन्द्र लयमा फर्किए, नेपालको बिशाल जित

Gyanendra Malla


  • विकेटनेपाल, साउन १० 

इंग्ल्याण्ड भ्रमण अन्तर्गत नेपालले चौथो अभ्यास खेलमा इस्ट लन्डन शार्क्सलाई १३४ रनको बिशाल अन्तरले पराजित गरेको छ। स्कोरकार्ड 

लफ्टन क्रिकेट क्लब मैदानमा टस हारेर ब्याटिंग गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २५१ रनको बिशाल योगफल तयार गरेको थियो।

लामो समय देखि नेपालको लागि ठुलो स्कोर बनाउन नसकेका उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रन तथा कप्तान पारस खड्का र दिपेन्द्र ऐरिले समान ६७ रन बनाए। मल्लले ४७ बलमा ६ छक्का र ५ चौका प्रहार गरे भने पारसले ३० बलमा ५ छक्का र ७ चौका र दिपेन्द्रले २६ बलमा ६ छक्का र ४ चौका प्रहार गरे।

अघिल्लो अभ्यास खेलमा १३१ रनको इनिंग खेलेका अनिल साह पाँचौ ओभरमा ८ रन बनाएर आउट भए पछि ज्ञानेन्द्र र पारसले दोश्रो विकेटको लागि १०४ रनको साझेदारी गरेका थिए। इस्ट लण्डनका बलर सलिम अकबरले २ विकेट लिए।

२५२ रनको बिशाल स्कोर पछ्याउने क्रममा घरेलु टिमले पुरै ओभर ब्याटिंग गरे पनि ९ विकेट गुमाएर ११७ रन मात्रै बनाउन सक्यो। उसको लागि ताकि अब्बासले सर्वाधिक ३२ तथा हफिज यावरले २६ रन बनाए। शार्क्सलाई सस्तोमा समेट्न सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट, ललित राजबंशीले २ विकेट तथा करन केसी, दिपेन्द्र ऐरि र शरद भेसावकरले समान १ विकेट लिए। सन्दिपले ३ ओभरमा १ मेडन ओभर गर्दै मात्र २ रन खर्चिए।

नेपालले भ्रमण अन्तर्गत अब जुलाई २९ तारिकमा एमसीसी र नेदरल्याण्डसंग एकै दिन टि-२० खेल खेल्ने कार्यक्रम रहेको छ जसपछि अगस्ट १ र ३ तारिकमा नेदरल्याण्डसंग २ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछ। यस अघि खेलिएको ३ मध्ये नेपालले २ मा जित र १ मा हार बेहोरेको थियो ।





थप समाचार

आईपीएल २०२१ : उद्घाटन खेलमा मुम्बई र बैंगलोर बीच प्रतिस्पर्धा ( खेलतालिका सहित )

इन्डीएन प्रिमियर लिग ( आईपीएल ) को १४ औं सिजन यो वर्ष अप्रिल ९ तारिख देखि सुरु हुने भएको छ। […]

रुपन्देही सुपर लिग : वेष्टर्न सेमिफाइनलमा

प्रकाश न्यौपाने, भैरहवा, फागुन २३ भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको डिभिजन ‘ए’को समूह […]

एपीएफको लगातार दोस्रो जित, पुलिस १ विकेटले पराजित

काठमाडौं । विभागीय टोली एपीएफले काठमाडौं मेयर्स कप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । टियु क्रिकेट मैदानमा भएको खेलमा […]

सन्दीपको अलराउण्ड प्रदर्शनमा काठमाडौं मेयर्स ११ विजयी, बागमतिको लगातार दोस्रो हार

काठमाडौं । सन्दीप लामिछाने कप्तान रहेको काठमाडौं मेयर्स ११ ले बागमती प्रदेशलाई पराजित गरेको छ । आइतबार मुलपानि क्रिकेट मैदानमा […]

काठमाडौं मेयर ११ ले दियो बागमतिलाई २४५ रनको लक्ष्य

मुलपानी । पछिल्ला क्रममा खेलाडीले उत्कृष्ट ब्याटिङ गरेपछि काठमाडौं मेयर्स ११ ले मेयर्स कप क्रिकेटमा बागमति प्रदेशलाई २४५ रनको लक्ष्य […]

लिटल फ्लावर लिग: बाल बाटिका सेमिफाइनलमा, होलिल्याण्डको दोस्रो जित

धनगढी : कैलालीको बौनियाको बाल बाटिका स्कुल धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटमा लगातार तेस्रो जित […]