अनिल शाहले पुरा गरे अर्धशतक

Basant Regmi


एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले थाईल्याण्डसंग खेलीरहेको छ l

टस हारेर पहिले ब्याटिंग गरको नेपालको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका अनिल साहले अर्धशतक प्रहार  गरेका छन् l

ओपनर आसिफ शेख नवौ ओभरको पहिलो बलमा २१ रन बनाएर आउट भएपछि ब्याटिंग गर्न आएका शाहले ४६ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक प्रहार गरेका हुन् l

नेपालले यो समाचार तयार गर्दा सम्म २५.२ ओभरमा १२७ रनमा २ विकेट गुमाएको छ l दिपेन्द्र ऐरी १७ रन तथा अनिल शाह ५१ रन बनाएर ब्याटिंग गरिरहेका छन् l

नेपाली ओपनर सन्दिप सुनार ३२ तथा आसिफ शेख २१ रन बनाएर आउट भएका छन् l

खेलको अपडेट यो लिंकमा हेर्नुस  लाइभ अपडेट लिंक 

नेपाली टिम 

दिपेन्द्र ऐरी ( कप्तान ) , सन्दिप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दिप सुनार, प्रनित थापा, अनिल कुमार शाह, पवन सर्राफ, रोहित पौडेल, किशोर महतो, शाहब आलम, नन्दन यादब, बिक्रम भुसाल, सन्दिप जोरा, सुमित महर्जन

प्रशिक्षक – बिनोद दास
सहायक प्रशिक्षक – कलाम अलि

खेल तालिका 

सेप्टेम्बर ११ – नेपाल – थाईल्याण्ड
सेप्टेम्बर १३ – नेपाल – भुटान
सेप्टेम्बर १४ – नेपाल – सिंगापुर

सेप्टेम्बर १६ – सेमीफाइनल
सेप्टेम्बर १७ – फाइनल

समुह ‘ए’ : नेपाल, सिंगापुर, थाईल्याण्ड, भुटान
समुह ‘बि’ : मलेसिया, हंगकंग , चिन र म्यानमार





थप समाचार

“वर्तमान युगमा उनि नम्बर-१ ब्याट्सम्यान हुन्, उनि अद्भुत प्रदर्शन गरिरहेका छन्।” युसुफले बताए कोहली र आजममा को नम्बर-१

वर्तमान विश्व क्रिकेटका दुई ठूला ब्याट्सम्यान भारतका बिराट कोहली र पाकिस्तानका बाबर आजम बीच को महान् भन्ने बहस क्रिकेट फ्यानहरु […]

टि-ट्वान्टी विश्वकपमा २० वटा टिम, इन्टर कन्टिनेन्टल कप फरक नाममा

क्रिकेट खेललाई विश्वव्यापीकारण गर्ने प्रयास स्वरूप अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) टि-ट्वान्टी विश्वकपमा टिम संख्या बढाएर २० वटा पुर्याउने […]

पाकिस्तानको सिरिज जितमा बाबरको किर्तिमान

लगातार दोश्रो टेस्ट इनिंग्स अन्तरले जित्दै भ्रमण टोलि पाकिस्तानले जिम्बाब्वे बिरुद्धको दुई वटा टेस्टको सिरिज क्लिन स्विप गरेको छ। यस […]

कुशल भएनन् आईसीसी प्लेयर अफ द मन्थ

पाकिस्तानकै फखर जमान र नेपाली क्रिकेट टिमका ओपनिंग ब्याट्सम्यान कुशल भुर्तेललाई पछि पार्दै बाबर आजम अन्तर्राष्ट्रिय क्रिकेट परिषदको ( आईसीसी […]

हार्दिक र पृथ्वीलाई बाहिर राख्दै वर्ल्ड टेस्ट च्याम्पियनसिपको लागि भारतीय टिमको घोषणा

आगामी महिना आयोजना हुने पहिलो विश्व टेस्ट च्याम्पियनसिपको फाइनल तथा त्यसलगत्तै इंग्ल्यान्ड बिरुद्ध पांच टेस्टको सिरिजको लागि भारतले टिमको घोषणा […]

कुशल भुर्तेल आईसीसीको प्लेयर अफ द मन्थ मनोनयनमा, कसरि गर्ने भोट

नेदरल्याण्ड र मलेसिया बिरुद्ध त्रिकोणात्मक सिरिजमा शानदार ब्याटिंग गर्दै विश्वकीर्तिमान बनाएका नेपाली क्रिकेट टिमका ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद […]