गौतम बुद्ध रंगशालाको लागि ‘मेरो कुर्सि’ अवधारणा, ३ अर्ब रुपैयाँ संकलन हुने आशा



चितवनको भरतपुर नगरपालिका वडा नबर-१५ मा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गर्न धुर्मुस सुन्तली फाउन्डेसनले नयाँ अवधारणाको घोषणा गरेको छ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै फाउन्डेसनले ‘हाम्रो रंगशाला मेरो कुर्सि’ अभियान सुरु गरेको हो। यो अभियामा १ लाख रुपैयाँ सहयोग गरेको खण्डमा रंगशालाको एक कुर्सिलाई दाताले आफ्नो नामको बनाउन सक्नेछन्।

निर्माणाधीन रंगशाला ३० हजार सिट क्षमताको हुनेछ जसबाट १ लाखको दरले यो अभियान मार्फत फाउन्डेसनले ३ अर्ब रुपैयाँ संकलन गर्ने उद्देश्य राखेको छ। व्यक्ति मात्र नभई आफ्नो परिवार, क्लब, संस्था लगायत समुहले पनि ‘हाम्रो रंगशाला मेरो कुर्सि’ अभियान मार्फत सहयोग गर्न सक्नेछन्।

पत्रकार सम्मेलनमा अभियानको घोषणा गर्दै फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ( धुर्मुस ) ले समाज र अन्य संघ संस्थालाई रंगशाला निर्माण अभियानसंग जोड्न यो अभियानको थालनी गरीएको बताए। कार्यक्रममा यो अभियानलाई सहयोग गर्नको लागि याप समेत सार्वजनिक गरिएको थियो जुन संचालनमा आउन १ महिना समय लाग्नेछ। उक्त यापबाटै ‘हाम्रो रंगशाला मेरो कुर्सि’ मा दाताहरुले सहयोग गर्न सक्नेछ।

रंगशालामा ७ वटा प्रदेश र ७७ वटै जिल्लाको पहिचान झल्किने गरि छुट्टाछुट्टै कक्षहरु निर्माण गरिनेछ। ‘हाम्रो रंगशाला मेरो कुर्सि’ मा जोडिने दाताले आफ्नो जिल्ला अन्तर्गत रहेको सिट लिन सक्ने व्यवस्था गरिएको छ।

परियोजनामा हालसम्म ३० प्रतिशत काम सम्पन्न भैसकेको तथा मैदानको काम ८५ प्रतिशत भैसकेको फाउन्डेसनले बताएको छ।

११ करोड ऋणमा गौतम बुद्ध रंगशाला 

सोमबार पत्रकार सम्मेलनमा धुर्मुस सुन्तली फाउन्डेसनले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामाको आमदानी र खर्च विवरण समेत सार्वजनिक गरेको थियो। परियोजनाको कुल लागत रकमको ९.१० प्रतिशत रकम मात्र संकलन भएको छ।

हालसम्म रंगशालाको लागि ३२ करोड ३० लाख २४ हजार ३ सय ५४ रुपैयाँ संकलन भएको छ। संकलित रकम भन्दा बढी अर्थात् ४३ करोड ४८ लाख ६ हजार ३ सय ८२ रुपैयाँ हालसम्म खर्च भैसकेको छ। कुल ११ करोड १७ लाख ८२ हजार २७ रुपैयाँ ऋणमा परियोजना रहेको छ।

कुन शिर्षकमा कति खर्च 

हालसम्म सबै भन्दा बढी खर्च आईरन स्टिल ( रड डण्डी ) खरिद शिर्षकमा १६ करोड २ लाख ६४ हजार , ७ सय १९ रुपैयाँ भएको छ। यस्तै सिमेन्ट खरिदमा २ करोड २८ लाख ६० हजार ५ सय ३२ रुपैयाँ, बालुवा गिटि खरिदमा १ करोड १० लाख ९ हजार ५ सय ६८ रुपैयाँ, निर्माण मेशिनरी औजार भाडा तथा मर्मत खर्च २ करोड ४७ लाख ६४ हजार ७ सय ५४ रुपैयाँ, निर्माण ज्याला तथा मेशिनरी अपरेटर खर्च ४ करोड ७८ हजार १ सय ६८ रुपैयाँ, सामान ढुवानी खर्च १ करोड ५९ लाख, ७७ हजार ५ सय २० रुपैयाँ, इन्धन खरिदमा १ करोड ४६ लाख ८८ हजार ६ सय १८ रुपैयाँ खर्च भएको छ।

यस्तै अन्य निर्माण सामग्री खरिद खर्च १ करोड ७३ लाख २० हजार ३ सय ७५ रुपैयाँ, रेडीमिक्स कंक्रिड ( एम ३५ )  मा २ करोड ७९ लाख ५२ हजार ५ सय ५२ रुपैयाँ, नमुना मैदानमा १० लाख ४२ हजार ९ सय ६९ रुपैयाँ, रेडी मिक्स कंक्रिड ( एम २५ ) मा २ करोड ७६ लाख ३० हजार ११ रुपैयाँ तथा प्राविधिक कर्मचारी तलव खर्च १ करोड २ लाख ६४ हजार ६ रुपैयाँ भएको छ।

पीएसएल : सन्दिप आवद्ध लाहोरको शानदार जित

एभरेस्ट प्रिमियर लिगको नयाँ मिति सार्वजनिक





थप समाचार

हाईस्कोरिंग खेलमा कोलकातालाई हराउदै चेन्नाई शिर्षमा

कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै १४ औं आईपीएल अंकतालिकाको शिर्षस्थानमा पुगेको छ। मुम्बईको वानखेडे स्टेडियममा सम्पन्न खेलमा चेन्नाईले […]

IPL : हैदरावादको पहिलो जित, पन्जाब पुछारमा पुग्दा हैदरावाद पाँचौ स्थानमा

पन्जाब किंग्सलाई ९ विकेटले पराजित गर्दै सनराइजर्स हैदरावादले आईपीएल १४ मा पहिलो जित दर्ता गरेको छ। चेन्नाई स्थित एमए चिदम्बरम स्टेडियममा […]

पाकिस्तानको जितमा रिजवान र कादिर उत्कृस्ट

जिम्बाबेलाई ११ रनले पराजित गर्दै भ्रमण टोलि पाकिस्तानले पहिलो टि-ट्वान्टीमा ११ रनको जित दर्ता गरेको छ। जितसंगै तिन वटा टि-ट्वान्टीको […]

बराबरीमा टुंगियो मलेसिया र नेदरल्याण्डको खेल, नेपाल र नेदरल्याण्ड फाइनलमा

नेपालमा त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत नेदरल्याण्ड र मलेसिया बीचको खेल बराबरीमा टुंगिएको छ। यो संगै सिरिजको फाइनलमा नेपाल र नेदरल्याण्ड […]

कुपरले उत्कृस्ट ब्याटिंग गर्दा वर्षाप्रभावित खेलमा नेदरल्याण्डले बनायो १०७ रन

नेपाल, नेदरल्याण्ड र मलेसिया बीच जारि त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत पाँचौ खेलमा बुधबार नेदरल्याण्ड र मलेसिया प्रतिस्पर्धा गरिरहेका छन्। टियु […]

आईसीसी ब्याटिंग वरियतामा शिर्ष १०० भित्र कुशल भुर्तेल

नेपाल, नेदरल्याण्ड र मलेसिया बीच जारि त्रिदेशीय टि-ट्वान्टी सिरिजमा उत्कृस्ट ब्याटिंग गरिरहेका कुशल भुर्तेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) […]