एसिया कप छनौटको उपाधीका लागि युएई र हंगकंग भिड्ने



  • विकेटनेपाल, १९ भदौ मंगलवार

मलेसियामा जारि एसिया कप छनौट प्रतियोगिताको फाइनलमा युएई र हंगकंग भिड्ने भएका छन्। मंगलवार सम्पन्न आआफ्ना खेल जितेका युएई र हंगकंग अंकतालिकामा क्रमश पहिलो र दोस्रो स्थानमा रहेका छन्।

मंगलवार सम्पन्न नेपाल बिरुद्धको खेलमा ३ विकेटको रोमान्चक जित दर्ता गरेको हंगकंगले फाइनलमा बिहिवार युएईको सामना गर्नेछ। युएईले पनि आजनै सम्पन्न अर्को खेलमा ओमानलाई १३ रनको अन्तरले पराजित गरेको हो। टस हारेर पहिले ब्याटिंग गरेको युएईका लागि कप्तान रोहन मुस्तफाले ७१ रनको पारि खेलेपछि निर्धारित ५० ओभरमा युएईले ८ विकेट गुमाएर २०८ रन जोडेको थियो। ओमानको बलिंगमा जिशन मक्सुद र अहमद फयाज बटले समान २-२ विकेट लिएका थिए।

जवाफमा २०९ रनको लक्ष्यको पिछा गरेको ओमान ४७.२ ओभरमा १९५ रनमा समेटिन पुग्यो। उसको चेजमा आकिब इल्यासले ४५ रन जोडेपनि त्यो जितका लागि पर्याप्त रहन सकेन। युएईको उत्कृस्ट बलिंगमा कप्तान रोहन मुस्तफा, मोहम्मद नाबिद र आमिर हयातले समान २-२ विकेट लिए।

प्रतियोगिताको फाइनल खेल बिहिवार मलेसियाको किनरारा ओभल मैदानमा हुनेछ। युएई र हंगकंग बिचको फाइन खेलको बिजेताले युएईमा सेप्टेम्बर १५ बाट आयोजना हुने एसिया कपमा समुह “ए” मा रहेर भारत र पाकिस्तानसंगै खेल्ने मौका प्राप्त गर्नेछन्। यस्तै २०१८ को डिसेम्बरमा आयोजना हुने इमार्जिंग टिम्स कपमा समेत एसिया कप छनौटको बिजेता राष्ट्रले स्थान बनाउने छ।





थप समाचार

अमेरिकासंग हार र ओमान भ्रमणमा अपेक्षाकृत प्रदर्शन गर्न नसकेका तिन प्रमुख खेलाडीहरु

ओमान भ्रमण अन्तर्गत पपुवा न्यु गिनीलाई पहिलो दुई एकदिवसीय अन्तर्राष्ट्रियमा पराजित गरेको नेपाली टिमबाट सोहि खालको प्रदर्शनको अपेक्षा नेपाली फ्यानहरुले […]

टेलर र नेत्रभाल्कर चम्किंदा अमेरिकाद्वारा नेपाल पराजित

स्टेभेन टेलरले आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल लगातार दोश्रो खेलमा ६ विकेटले पराजित हुन पुगेको […]

कप्तान मल्लको अर्धशतक, नेपालद्वारा अमेरिकालाई सामान्य लक्ष्य

आईसीसी विश्वकप लिग -२ अन्तर्गत ओमान, नेपाल र अमेरिका बीच त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत आफ्नो तेश्रो खेलमा अमेरिकासंग प्रतिस्पर्धा गरिरहेको […]

अमेरिका बिरुद्ध गुल्सन झाको डेब्यु, टस हारेर नेपालले ब्याटिंग गर्दै

ओमान भ्रमण अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको आफ्नो तेश्रो खेलमा नेपाल र अमेरिका प्रतिस्पर्धा गर्दैछन्। खेलमा अमेरिकाले टस जितेर फिल्डिंग […]

ओडीआई वरियतामा नेपाललाई पछि पार्दै ओमानको फड्को, जिम्बाब्वेलाई समेत पछि पार्यो

आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालले ओमानलाई उछिनेको ३ दिन पनि नबित्दै ओमानले पुनः नेपाललाई पछि पार्दै फड्को मारेको छ। अन्तर्राष्ट्रिय […]

ICCWCL2 : नेपालको तेश्रो खेल आज अमेरिकासंग ( सम्पूर्ण जानकारी )

नेपालको ओमान भ्रमण अन्तर्गत आईसीसी विश्व कप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको आफ्नो तेश्रो खेलमा नेपालले दोश्रो पटक आज […]