हिन्दुस्तानटाईम्स लेख्छ ‘सन्दिपलाई ट्रंप कार्डको रुपमा दिल्लीले खेलाउन सक्छ’



चर्चित भारतीय मिडिया हिन्दुस्तानटाईम्ले मुम्बई बिरुद्ध पहिलो क्वालीफायरमा नेपाली लेग स्पिनर सन्दिप लामिछानेलाई सम्भावित अन्तिम-११ मा स्थान दिएको छ।

आईपीएलको पहिलो क्वालीफायरमा आज ७:४५ बजे राति डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स र दिल्ली क्यापिटल्सले प्रतिस्पर्धा गर्दैछन्। ४ पटक उपाधि जितेको मुम्बई बिरुद्ध इतिहासमा पहिलो पटक फाइनल पुग्ने उद्देश्यका साथ दुबई अन्तर्राष्ट्रिय स्टेडियममा दिल्ली उत्रनेछ।

हिन्दुस्तानटाईम्सले सन्दिपलाई अन्तिम-११ मा राख्नुको पछाडी दिल्लीको सुस्त पिच र मुम्बईद्वारा अनपेक्षित टिम उतार्ने रणनीति अनुरुप हो।

“युएईको सुस्त पिचमा दिल्लीले अनपेक्षित टिम खेलाउन सक्छ जुन खेल जिताउने चाल सावित हुन सक्छ” हिन्दुस्तानटाईम्सले लेखेको छ।

अन्तिम-११ मा सन्दिपलाई मौका दिंदा पछिल्लो खेलमा विकेटविहिन रहँदै महँगो सावित भएका अस्ट्रेलियन पेसर ड्यानियल स्याम्सलाई बाहिर राख्नुपर्ने तर्क दिईएको छ। स्याम्सले पछिल्लो खेलमा बैंगलोर बिरुद्ध ४० रन खर्चेर विकेटविहिन रहेका थिए। डेथ ओभरमा उत्कृस्ट बलिंगको लागि प्रतिष्ठा कमाएका स्याम्सले २ खेलमा मौका पाउदा नाम अनुसारको काम गर्न सकेका छैनन्। पिच पनि स्पिनरलाई सहयोग गर्ने सुस्त हुँदै गर्दा अनुभवी अफ स्पिनर रभीचन्द्रन आश्विन र देब्रे हाते स्पिनर अक्षर पटेलसंगै रिस्ट स्पिनर सन्दिपलाई खेलाउनु पर्ने हिन्दुस्तानटाईम्सले लेखेको छ।

“ड्यानियल स्याम्सले ४ ओभरमा ४० रन खर्चदै बैंगलोर बिरुद्ध विकेटविहिन रहेका थिए। युएईको पिच सुस्त हुँदै गर्दा दिल्लीले सन्दिपलाई ल्याउन सक्छ, जसले गर्दा मुम्बई बिरुद्ध अनपेक्षित फाइदा मिल्नेछ। सहि तरिकाले प्रयोग गरे, उनि दिल्लीको लागि ट्रंप कार्ड (हुकुमको एक्का ) सावित हुन् सक्छन्।” सन्दिपलाई अन्तिम-११ मा राख्नु पछाडीको तर्क दिंदै लेखिएको छ।

हिन्दुस्तानटाईम्सको अन्तिम-११ मा विदेशी खेलाडीको रुपमा सन्दिप सहित एनरिक नोर्किया, कागीसो रबाडा र मार्कस स्टोइनिस रहेका छन्। भारतीय पेसरको रुपमा हर्षल पटेललाई राखिएको छ। शिखर धवन, पृथ्वी श, अजिंके रहाने, श्रेयस ऐयर, रिशभ पन्त अन्य भारतीय खेलाडीको रुपमा रहेका छन्।

हिन्दुस्तान टाईम्सको अन्तिम ११ : शिखर धवन, पृथ्वी श, अजिंके रहाने, श्रेयस ऐयर ( कप्तान ) , रिशभ पन्त ( विकेटकिपर ), मार्कस स्टोइनिस, सन्दिप लामिछाने, हर्षल पटेल, अक्षर पटेल, कागीसो रबाडा, एनरिक नोर्किया 

यस अघि चर्चित भारतीय कमेन्टेटर आकाश चोपडाले पनि नेपाली स्पिनरलाई अन्तिम-११ मा मौका दिने बारे सोच्न आग्रह गरेका थिए। उनले पनि ड्यानियल स्याम्सको प्रदर्शन माथि औंला ठड्याएका थिए।

“सन्दिप लामिछानेलाई खेलाउनुस्। ड्यानियल स्याम्स महँगो सावित भएका छन्। २ पटक खेले दुवै पटक महँगो रहे। प्रतिष्ठाको साथ आएका छन् तर अहिलेसम्म प्रदर्शन त्यस्तो भएको छैन। त्यसैले म जोड दिन्छु कि तपाई सन्दिपलाई खेलाउनुस्”

चोपडाले टिमका अनुभवी स्पिनर आश्विन फिट नभएको स्थानमा सन्दिप उत्तम बिकल्प रहेको बताएका थिए –

“मेरो विचारमा आश्विन घाइते छैनन् भने अन्तिम-११ मा कुनै परिवर्तन हुनेछैन। तर यदी आश्विन घाइते छन् भने समीकरण बदल्नु पर्नेछ। त्यसको लागि सन्दिप लामिछानेलाई मेरो विचारमा खेलाउनु पर्छ। म भएको भए सन्दिप लामिछानेलाई खेलाउथे” बैंगलोर बिरुद्ध अघिल्लो खेलमा आश्विन ४ ओभर बलिंग गरेपछि ह्याम्सट्रिन्ग इन्जुरीका कारण मैदान बाहिरिएका थिए।

चोपडाले सन्दिपलाई खेलाउन एउटा कुरा भने बाधा रहेको बताए – “एउटा कुरा विपक्षमा उनको ( सन्दिप ) सायद जान सक्छ त्यो कुरा हो कि अगाडीको टिममा धेरै देब्रे हाते ब्याट्सम्यानहरु छन्।” तर त्यसले कुनै फरक नपार्ने पनि चोपडाले बताए। मुम्बईको ब्याटिंग लाइन अपमा इशान किशन, क्विनटन डीकक, क्रुनाल पान्ड्या, सौरभ तिवारी जस्ता ब्याट्सम्यानहरु देब्रे हाते छन्।

सन्दिप लामिछानेले २०१८ र १९ मा कुल ८ खेल खेलमा मौका पाउदा १३ विकेट लिएका छन्

तर क्वालीफायर तथा सिजनको पहिलो खेल हुनाले सन्दिपले मौका पाउन मुस्किल रहेको पनि चोपडाले स्वीकारे-

“तर, पहिलो खेल हुनेछ उनको यो सिजन को, त्यो मुस्किल कुरा हो। मलाई त लाग्छ यो बारेमा कम्तिमा सोच्नुस् , यसलाई बेकारको सुझाव नमान्नुस, यो बारे सोच्नुस। आश्विन घाइते छैनन् भने यही अन्तिम-११ हुनेछ नत्र परिवर्तन हुन सक्नेछ।”

२०१८ मा आईपीएल खेल्ने पहिलो नेपाली बनेका नेपाली लेग स्पिनर सन्दिप लामिछाने तेश्रो सिजन दिल्ली क्यापिटल्सको प्रतिनिधित्व गरिरहेका छन्। टिममा रभीचन्द्रन आश्विन, अक्षर पटेल जस्ता भारतीय स्पिनर हुँदा सन्दिपको आवस्यकता टिमले महसुस गरिरहेको छैन।

आईपीएलको यस अघि २ सिजन खेल्ने क्रममा नेपाली गुग्ली ब्वाईले पहिलो सिजन ३ वटा तथा दोश्रो सिजन ६ वटा खेल खेल्ने मौका पाएका थिए। त्यस क्रममा क्रमशः उनले पहिलो सिजन ५ र दोश्रो सिजन ८ गरि कुल १३ विकेट लिएका थिए।

दिल्लीले सन्दिपलाई २०१८ मा २० लाख भारतीय रुपैयाँ खर्चेर टिममा लिएको थियो। दिल्लीसंग सन्दिपको अनुबन्ध यही सिजन सकिदैछ जसपछि उनि आगामी सिजनको लागि हुने अक्सनबाट अर्को टिममा जान खुला हुनेछन्। तर कोभिड-१९ का कारण यो सिजन अक्सन हुने नहुने निश्चित नहुँदा सन्दिप दिल्लीमै बस्न सक्ने सम्भावना पनि रहेको छ।

यो पनि पढ्नुस :-

क्वालीफायरमा मुम्बई बिरुद्ध सन्दिपलाई खेलाउने बारे आकाश चोपडाले के भने

IPL पहिलो क्वालिफायर : अनुभवी मुम्बई बिरुद्ध दिल्लीलाई इतिहास रच्ने अवसर

को बन्ला नेपालको मुख्य प्रशिक्षक, क्यानले आईसीसीलाई पठाइयो आवेदकहरुको सूची