अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले आइतबार दशकको उत्कृस्ट टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टि-२० अन्तर्राष्ट्रिय टिमको घोषणा गरेको छ।
आईसीसीद्वारा घोषित टिम अन्तर्गत वानडे र टि-२० टिमको कप्तान भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनी रहेका छन्। यस्तै टेस्ट टिमको कप्तान अर्का भारतीय खेलाडी बिराट कोहली रहेका छन्।
घोषित तिन वटै फर्म्याटको टिममा रहने एक मात्र खेलाडी भारतका बिराट कोहली रहेका छन्। महेन्द्र सिंह धोनी र रोहित शर्मा वानडे र टि-२० मा, एबि डी भिल्लीयर्स टि-२० र वानडेमा, लासिथ मालिंगा टि-२० र वानडेमा, बेन स्टोक्स वानडे र टेस्टमा रहेका छन्।
घोषित तिन वटै फर्म्याटको टिममा टेस्ट राष्ट्र पाकिस्तान, आयरल्याण्ड र जिम्बाब्ववेबाट कुनै पनि खेलाडी परेका छैनन्। तिनवटा फर्म्याटको टिममा भारतीय खेलाडीको बाहुल्यता रहेको छ।
The ICC Men’s T20I Team of the Decade. And what a team it is! ⭐
A whole lot of 6️⃣-hitters in that XI! pic.twitter.com/AyNDlHtV71
— ICC (@ICC) December 27, 2020
टि-२० अन्तर्राष्ट्रिय टिममा धोनी सहित बिराट कोहली, रोहित शर्मा र जस्प्रित बुम्राह रहेका छन्। यस्तै अस्ट्रेलियाका आरोन फिन्च र ग्लेन म्याक्सवेल,, दक्षिण अफ्रीकाका ए बि डी भिल्लीयर्स, वेस्टइन्डिजका क्रिस गेल र काइरन पोलार्ड, अफगानिस्तानका राशिद खान र श्रीलंकाका लासिथ मालिंगा रहेका छन्।
दशकको टि-२० अन्तर्राष्ट्रिय टिम : रोहित शर्मा, क्रिस गेल, आरोन फिन्च, बिराट कोहली , ए बि डी भिल्लीयर्स, ग्लेन म्याक्सवेल, महेन्द्र सिंह धोनी ( कप्तान ) , काइरन पोलार्ड, राशिद खान, जस्प्रित बुम्राह र लासिथ मालिंगा
यस्तै घोषित एकदिवसीय अन्तर्राष्ट्रिय टिममा धोनी सहित रोहित, कोहली रहेका छन्। यस्तै अस्ट्रेलियाका डेभिड वार्नर, मिचेल स्टार्क, दक्षिण अफ्रीकाका ए बि डी भिल्लीयर्स र इमरान ताहिर, बंगलादेशका शाकिब अल हसन, इंग्ल्यान्डका बेन स्टोकस, न्युजिल्यान्डका ट्रेन्ट बोल्ट तथा श्रीलंकाका लासिथ मालिंगा रहेका छन्।
The ICC Men’s ODI Team of the Decade:
🇮🇳 🇮🇳 🇮🇳
🇦🇺 🇦🇺
🇿🇦 🇿🇦
🇧🇩
🏴
🇳🇿
🇱🇰 #ICCAwards pic.twitter.com/MueFAfS7sK— ICC (@ICC) December 27, 2020
दशकको एकदिवसीय अन्तर्राष्ट्रिय टिम : रोहित शर्मा, डेभिड वार्नर, बिराट कोहली, ए बि डी भिल्लीयर्स, शाकिब अल हसन, महेन्द्र सिंह धोनी ( कप्तान ) , बेन स्टोक्स, मिचेल स्टार्क, ट्रेन्ट बोल्ट, इमरान ताहिर, लासिथ मालिंगा
घोषित टेस्ट टिममा कप्तान कोहली र रभीचन्द्रन आश्विन मात्र भारतीय खेलाडी रहेका छन्। टिममा इंग्ल्यान्डका एलेस्टर कुक, स्टुवार्ट ब्रोड र जेम्स एण्डरसन रहेका छन्। अस्ट्रेलियाका डेभिड वार्नर र स्टिभ स्मिथ, न्युजिल्यान्डका केन विलियमसन, दक्षिण अफ्रीकाका डेल स्टेन र श्रीलंकाका कुमार साँगाकारा टिममा छन्।
दशकको टेस्ट टिम : एलेस्टर कुक, डेभिड वार्नर, केन विलियमसन, बिराट कोहली, स्टिभ स्मिथ, कुमार सांगाकारा, बेन स्टोक्स, रभीचन्द्रन आश्विन, डेल स्टेन, स्टुवार्ट ब्रोड, जेम्स एण्डरसन
Your ICC Men’s Test Team of the Decade 🏏
A line-up that could probably bat for a week! 💥 #ICCAwards pic.twitter.com/Kds4fMUAEG
— ICC (@ICC) December 27, 2020
आईसीसीले आजै घोषणा गरेको दशकको एसोसिएट खेलाडीको अवार्ड स्कटल्याण्डका कायल कोट्जरले जितेका छन्। यो विधाको मनोनयनमा नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का पनि रहेका थिए। यस्तै एसोसीएट राष्ट्रको उत्कृस्ट महिला खेलाडीको अवार्ड स्कटल्याण्डकै काथ्रिन ब्रिसले जितेकी छिन्।
आईसीसीले अब व्यक्तिगत विधाको उत्कृस्ट खेलाडीहरुको घोषणा सोमबार गर्ने बताएको छ।
महिलातर्फको टिम
दशकको वानडे अन्तर्राष्ट्रिय टिम ( महिला ) : एल्स्या हिले, सुजि बेट्स, मिथाली राज, मेड लानिंग, स्टेफानी टेलर, सराह टेलर, एल्सी पेरि, मरिजान काप, झुलन गोस्वामी, अनिशा मोहम्मद
दशकको टि-२० अन्तर्राष्ट्रिय टिम ( महिला ) : एल्स्या हिले, सोफी डिभाइन, सुजि बेट्स, मेग लानिंग, हर्मनप्रित कौर, स्टेफानी टेलर, डेनड्रा डोटीन, एल्सी पेरि, आन्या स्रबसोल, मेगान स्कट, पुनम यादव