विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ घोषणा, इंग्ल्याण्डको ४, न्युजिल्याण्ड र भारतबाट २-२ जना

अन्ततः १२ औं संस्करणको एकदिवसीय विश्वकप सकिएको छ। ७ हफ्तासम्म चलेको प्रतियोगिताको अन्त्य इतिहासकै रोचक रह्यो। प्रतियोगिता आयोजक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले विश्वकपमा उत्कृस्ट प्रदर्शन गर्ने क्रिकेटरहरु समेट्दै ११ जनाको टिम घोषणा गरेको छ। घोषित टिमको कप्तान उप-विजेता टिम न्युजिल्याण्डका केन विलियनसन रहेका छन् भने टिममा विजेता इंग्ल्याण्डका ४ जना खेलाडीहरु रहेका छन्। यस्तै न्युजिल्याण्डको २, भारतको २, अस्ट्रेलियाको २ तथा बंगलादेशको १ क्रिकेटर रहेका छन्।

आईसीसी टिम अफ द टुर्नामेन्ट ( ब्याटिंग लाइन कपको आधारमा ) 

१. रोहित शर्मा ( भारत ) – आफुलाई सिमित ओभर क्रिकेटमा उत्कृस्ट खेलाडी सावित गर्ने क्रममा दायाँ हाते ब्याट्सम्यानले दक्षिण अफ्रीकासंग पहिलो खेलमा शतक बनाए। त्यसपछि पाकिस्तानसंग दोश्रो शतक पछि इंग्ल्याण्ड, बंगलादेस र श्रीलंकासंग लगातार अरु ३ शतक बनाए। एकै विश्वकपमा ५ शतक बनाउने एक मात्र क्रिकेटर बन्ने क्रममा रोहितले कुमार साँगाकाराको ४ शतकको रेकर्ड तोडे जुन उनले २०१५ विश्वकपमा बनाएका थिए। रोहितले विश्वकपमा कुल ६४८ रन बनाउदै प्रतियोगिताकै सर्वाधिक रन बनाउने ब्याट्सम्यान बने। २००३ विश्वकपमा सचिनले बनाएको ६७३ रनको रेकर्ड तोड्न नसके पनि रोहितले नियमित ओपनर साथी शिखर धवनको अनुपस्थितिमा पनि आफुलाई अब्बल सावित गरे।

२. जेसन रोय ( इंग्ल्याण्ड ) – इंग्ल्याण्ड ओपनर रोयले इंग्ल्याण्डलाई पहिलो विश्वकप उपाधि जितमा महत्वपूर्ण भूमिका निभाए। श्रीलंका र अस्ट्रेलियासंगको हार पछि रोयले टिममा उर्जा ल्याउने काम गरे जो ह्यामस्ट्रिंग इन्जुरीको कारण टिम बाहिर थिए। इंग्ल्याण्डले भारत र न्युजिल्याण्डसंग लिग चरणमा जित्ने पर्ने खेलमा प्रभावशाली प्रदर्शन गरे र ६६ र ६० रन बनाए। यस्ती सेमीफाइनलमा अस्ट्रेलियासंग ८५ रन बनाए। यस्तै उनले साथी ओपनर जोन्नी बेयरस्टोसंग ३ वटा शतकीय साझेदारी गरे। प्रतियोगितामा कुल ४४३ रन बनाउने क्रममा उनले ११५.३६ को स्ट्राइक रेटले रन बनाए।

३. केन विलियमसन ( कप्तान ) ( न्युजिल्याण्ड ) – फाइनलमा दुर्भाग्यपूर्ण हार बेहोरे पनि विलियमसनले कप्तानको रुपमा आफुलाई उत्कृस्ट सावित गरे र चलाखीपूर्ण चालहरु चले। कप्तानको रुपमा बाहेक उनले भरपर्दो ब्याट्सम्यानको रुपमा उभ्याउने क्रममा ८२.५७ को औशतले ५७८ रन पनि बनाए। यस क्रममा उनले दक्षिण अफ्रीका र वेस्टइन्डिजसंग शतक बनाए। प्रतियोगिताकै उत्कृस्ट खेलाडी समेत चुनिने क्रममा उनले आफ्नो खेलाडीहरुबाट उत्कृस्ट क्षमता निकाले।

४. जोए रुट ( इंग्ल्याण्ड ) – इंग्ल्याण्डका रन मेसिन रुटले विश्वकपमा पनि त्यसलाई कायमै राखे। कुल ५५६ रन बनाउदै प्रतियोगिताको पाँचौ सर्वाधिक रनकर्ता रुटले आफ्नो कलात्मक ब्याटिंग क्षमता देखाउदै स्कोर अघि बढाईराखे। यसै क्षमताले उनलाई टिमको नम्बर-४ ब्याट्सम्यान चयन गरिएको छ।

५. शकिब अल हसन ( बंगलादेश ) – बंगलादेशको एक्लो आर्मी शाकिब बिना आईसीसीको अन्तिम-११ अधुरो हुनेनै भयो। प्रतियोगिताकै सर्वाधिक मुल्यवान खेलाडी मध्येका हसनले ब्याट र बल दुवैमा सावित गरे। ५०० रन र १० विकेट एकै विश्वकपमा लिने पहिलो क्रिकेटर बनेका उनले ८६.५७ को औशतले ६०६ रन बनाए। उनलाई ब्याटिंग लाइन अपको पाँचौ स्थानमा राखिएको छ।

६. बेन स्टोक्स – इंग्ल्याण्ड अलराउण्डर स्टोक्सले पहिलो खेलमै दक्षिण अफ्रिकी ब्याट्सम्यान फेलोक्वायोको क्याच लिंदै प्रतियोगिताको सुरुवात गरे भने सोहि खेलमा ८९ रनको महत्वपूर्ण इनिंग समेत खेले। श्रीलंका र अस्ट्रेलियासंग टिमको माथिल्लो क्रम फेल हुँदा उनले ८२ र ८९ रन बनाए। अझ महत्वपूर्ण त उनले फाइनलमा म्याच जिताउने ब्याटिंग गरे र टिमलाई अल-राउण्डरको रुपमा उपाधि जितमा सहयोग गरे। उत्कृस्ट-११ टिममा उनि शकिब अल-हसनसंगै दोश्रो अल-राउण्डरको रुपमा रहेका छन्।

७. एकेल्स केरे ( विकेटकिपर ) ( अस्ट्रेलिया ) -विश्वकपमा धोनी , बटलर जस्ता किपरको उपस्थिति हुँदा हुँदै पनि केरेले विकेटकिपरको रुपमा टिममा स्थान बनाएका छन्। पहिलो विश्वकप खेल्ने क्रममा उनले नियमित प्रदर्शन गरे। न्युजिल्याण्डसंग नाजुक अवस्थामा टिम रहेको बेला उनले ७१ रनको महत्वपूर्ण पारी खेले भने सेमीफाइनलमा संघर्षपूर्ण ४६ रन पनि बनाए। ९ खेलमा उनले ३७५ रन बनाए।

८. मिचेल स्टार्क ( अस्ट्रेलिया ) – २०१५ को संस्करणमा प्रतियोगिताकै उत्कृस्ट चुनिएका स्टार्कले पुनः आफुलाई उत्कृस्ट फास्ट बलर सावित गरे। १० खेलमा २७ विकेट लिएका स्टार्कले ग्लेन म्याकग्राथले २००७ मा लिएको २६ विकेटको रेकर्ड तोड्दै एकै विश्वकपमा सर्वाधिक विकेट लिने बलर बने। खेल जिताउने बलिङ्ग स्पेल गर्दै अस्ट्रेलियालाई सेमीफाइनल डोर्याएका स्टार्क ले १८.५९ को औशत र २०.५ को स्ट्राइक रेटले बलिङ्ग गरे। यसक्रममा उनले वेस्टइन्डिज र न्युजिल्याण्डसंग ५/५ विकेट तथा इंग्ल्याण्ड र श्रीलंकासंग ४/४ विकेट लिए।

९. जोफ्रा आर्चर ( इंग्ल्याण्ड ) – आक्रामक नयाँ बलको बलरको रुपमा आर्चर इंग्ल्याण्डको विश्वकप जितमा एक्स फ्याक्टरको काम गरे। तिब्र गति र अनुशाशन भरिएको बलिंगमा उनले डेथ ओभरमा पनि राम्रो प्रदर्शन गरे। विश्वकपमा तेश्रो सर्वाधिक विकेट लिने खेलाडी बनेका आर्चरले क्रिस वोक्सले फाइनलमा सुपर ओभरमा समेत दबाब झेल्दै बलिंग गरे। ११ खेलमा २ विकेट लिने क्रममा उनले मात्र ४.५७ प्रतिओभर रन खर्चिए।

१०. लकी फर्गुसन ( न्युजिल्याण्ड ) – तेज गति र उत्कृस्ट लाइन-लेन्थमा बलिंग गर्दै फर्गुसनले विश्वका उत्कृस्ट ब्याट्सम्यानलाई समस्यामा पारे। फाफ डु प्लेसिस, डेभिड वार्नर, स्टिभ स्मिथ जस्ता खेलाडीहरुको विकेट सहित ९ खेलमा २१ विकेट लिएका फर्गुसन दोश्रो सर्वाधिक विकेट लिने बलर बने। ट्रेन्ट बोल्ट र म्याट हेनरी जस्ता बलरलाई समेत उनले पछि छाडे।

११. जस्प्रित बुम्राह ( भारत ) – पुर्व न्युजिल्यान्ड कप्तान ब्रेण्डन म्याकलमले “विश्वकै उत्कृस्ट बलर”को रुपमा बुम्राहलाई त्यसै भनेका हैनन्। नियमित उत्कृस्ट लाइन-लेन्थमा बलिंग उनको परिचयनै हो भने डेथ ओभरमा त झन् उनले ब्याट्सम्यानको पसिना निकाले। आईसीसी वरियतामा समेत नम्बर-१ रहेका बुम्राहले प्रतियोगितामा १८ विकेट लिए।

१२ औं खेलाडी – ट्रेन्ट बोल्ट ( न्युजिल्याण्ड ) – तिब्र गति र घातक स्विंग बलिंग परिचय बनाएका बोल्टले कुल १७ विकेट लिदै न्युजिल्याण्डको सफलतामा अहम योगदान दिए। पाकिस्तानसंग ह्याट्रिक समेत लिएका बोल्टले अन्तिम-११ मा स्थान बनाउन नसके पनि पहिलो बिकल्पको रुपमा आफुलाई उभ्याउन सफल रहे।

आईसीसी टिम अफ द एयर 

ब्याट्सम्यान – रोहित शर्मा, जेसन रोय, केन विलियमसन, जोए रुट,
अल-राउण्डर –  शकिब अल हसन, बेन स्टोक्स
विकेटकिपर – एकेल्स केरे
बलर – मिचेल स्टार्क, जोफ्रा आर्चर, लकी फर्गुसन, जस्प्रित बुम्राह
१२ औं खेलाडी – ट्रेन्ट बोल्ट