आयो विश्वकप लिग-२ को नयाँ खेलतालिका, नेपालले ओमानमा त्रिकोणात्मक सिरिज खेल्ने



कोभीड-१९ का कारण स्थगित हुँदै आएको आईसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलहरु पुनः सुचारु हुने भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले मंगलबार भारतमा २०२३ मा आयोजना हुने पुरुष एकदिवसीय विश्वकपको छनोट हुने खुड्किलाको रुपमा रहेको विश्वकप लिग-२ तथा च्यालेन्ज लिगको नयाँ खेलतालिका सार्वजनिक गरेको हो। यस्तै आईसीसीले २०२३ एकदिवसीय विश्वकपको लागि छनोट खेल जिम्बाब्वेमा १८ जुन देखि ९ जुलाईसम्म आयोजना हुने घोषणा गरेको छ।

नेपाली राष्ट्रिय टिमले अन्तिम पटक अन्तर्राष्ट्रिय प्रतियोगिता यो वर्ष मार्चमा थाइल्याण्डमा आयोजित एसीसी इस्टर्न रिजन टि-२० खेलेको थियो।

नेपालले विश्वकप लिग-२ अन्तर्गत एक मात्र त्रिकोणात्मक सिरिज यसै वर्ष फेब्रुअरीमा अमेरिका र ओमान बिरुद्ध खेलेको थियो। त्यसपछि कोभीड-१९ महामारीका कारण २०२० मा सबै सिरिज आईसीसीले स्थगित गरेको थियो। २०२० मा नेपालले खेल्ने ३ वटा सिरिज कोभीड-१९ का कारण स्थगित भएको थियो।

आईसीसी विश्वकप लिग-२ को सुरुवात १९ मार्च २०२१ देखि नेपाल, ओमान र अमेरिका बीचको सिरिजबाट हुनेछ। लिग-२ अन्तर्गतको छैठौं सिरिजको आयोजना ओमानले गर्नेछ। सिरिज दौरान तिन देशले एक अर्कासंग समान २/२ खेल खेल्नेछ।

ओमान विश्वकप लिग-२ अंकतालिकामा १० खेलमा ८ जित पछि १६ अंक सहित पहिलो स्थानमा रहेको छ भने अमेरिका १२ खेलमा ६ जित सहित १२ अंक सहित दोश्रो स्थानमा रहेको छ। नेपाल ४ खेलमा २ जित र २ हार पछि ४ अंक सहित छैठौं स्थानमा रहेको छ। स्कटल्याण्ड, नामिबिया, युएई क्रमशः तेश्रो देखि पाँचौ स्थानमा रहेको छ भने खेलेको सबै ८ खेलमा पराजित पपुवा न्यु गिनी अंकविहिन रहँदै अंकतालिकाको पुछारमा रहेको छ।

लिग-२ अन्तर्गत एउटा टिमले ३६ खेल खेल्नेछ भने कुल १२६ वटा खेल खेलिनेछ।

नेपालको खेल तालिका ( विश्वकप लिग-२ )

विश्वकप लिग-२ अन्तर्गत अब वर्ष २०२१ र २०२२ मा कुल १४ सिरिज तथा बाँकी २ सिरिज २०२३ को सुरुवातमा आयोजना हुनेछ।

ओमानमा त्रिकोणात्मक सिरीज खेलेपछि नेपालले त्यसपछि अर्को सिरिज स्कटल्याण्डमा खेल्नेछ। जुलाई २०२१ मा आयोजना हुने उक्त सिरिजमा आयोजक स्कटल्याण्ड सहित नेपाल र नामिबिया सहभागी हुनेछन्। २०२१ मा नेपालले दुईवटा मात्र सिरिज खेल्ने तालिका रहेको छ।

२०२२ फेब्रुअरीमा नेपालले घरेलु भूमिमा युएई र पपुवा न्युगिनीसंग त्रिकोणात्मक सिरिज आयोजना गर्नेछ। त्यसपछि २०२२ मार्चमा नेपालले आयोजक नामिबिया र स्कटल्याण्डसंग अर्को सिरिज खेल्नेछ। २०२२ जुलाईमा नेपालले अमेरिकामा ओमान र अमेरिकासंग अर्को सिरिज खेल्नेछ। त्यसपछि २०२२ सेप्टेम्बरमा युएई र पपुवा न्युगिनीसंग पपुवा न्युगिनीमा अर्को सिरिज खेल्नेछ। २०२३ फेब्रुअरीमा नेपालले स्कटल्याण्ड र नामिबिया सम्मिलित सिरिज घरेलु मैदानमा आयोजना गर्नेछ। त्यसपछि २०२३ फेब्रुअरीमै युएई र पपुवा न्युगिनीसंग युएईमा अर्को त्रिकोणात्मक सिरिज खेल्नेछ।

नेपाल कसरि पुग्न सक्छ २०२३ एकदिवसीय विश्वकप

२०२३ एकदिवसीय विश्वकपमा मात्र १० वटा राष्ट्र सहभागी हुँदैछन्। त्यसमध्ये आयोजकको नाताले भारत स्वतः छनौट भैसकेको छ।

हाल नेपाल सहित ७ राष्ट्रहरु ( नेपाल, स्कटल्याण्ड, युएई, नामिबिया, ओमान, पपुवा न्यु गिनी र अमेरिका ) २०२३ विश्वकप छनौटको खुड्किलोको रुपमा विश्व कप लिग-२ प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन्।

विश्वकप लिग-२ मा सहभागी ७ टिम मध्ये उत्कृस्ट हुने ३ वटा टिम जिम्बाब्वेमा जुन २०२३ मा आयोजना हुने विश्वकप छनौट प्रतियोगिता खेल्न छनौट हुनेछ। विश्वकप छनौटमा कुल १० वटा टिम सहभागी हुनेछन् जसबाट २ वटा टिम मात्र २०२३ एकदिवसीय विश्वकप खेल्न छनौट हुनेछ।

२०२३ को विश्वकप छनौट प्रतियोगितामा जारि ‘आईसीसी विश्वकप सुपर लिग’को तल्लो स्थानमा रहने ५ वटा टिम सहभागी हुनेछ। यस्तै विश्वकप लिग-२ को अंकतालिकामा तल्लो स्थानमा रहने ४ वटा टिम तथा विश्व क्रिकेट लिग च्यालेन्ज प्रतियोगिताको उत्कृस्ट-२ हुने टिम पनि विश्वकप छनौट २०२२ मा प्रतिस्पर्धा गर्नेछन्।





थप समाचार

प्रम कप : रोमान्चक खेलमा एपीएफद्वारा आर्मी ६ रनले पराजित, एपीएफ समुह विजेता

त्रिभुवन आर्मी क्लबलाई ६ रनले पराजित गर्दै नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको समुह ‘ए’ को विजेताको रुपमा […]

प्रम कप : पुलिस सेमीफाइनलमा

समुह चरणको अन्तिम खेलमा प्रदेश-२ लाई पराजित गर्दै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ। […]

अफगानिस्तानको जितमा रहमतको शतक

दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा ७ विकेटले आयरल्याण्डलाई पराजित गर्दै अफगानिस्तानले तिन खेलको सिरिज १ खेल अगावै २-० ले जित्न सफल भएको […]

बिग ब्यास : सन्दिपको शानदार प्रदर्शन, होबार्टको प्लेअफ सम्भावना कायमै

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत आइतबार सम्पन्न ५२ औं खेलमा होबार्ट हरिकेन्सले सिड्नी सिक्सरलाई ७ रनले […]

प्रम कप : लुम्बिनी र बागमतीको खेल बराबरीमा टुंगियो, बागमती सेमीफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत आइतबार मुलपानी मैदानमा सम्पन्न समुह ‘बि’ अन्तर्गतको खेल बराबरीमा टुंगिएको छ। स्कोरकार्ड, अंकतालिका बागमती प्रदेशले […]

प्रम कप : सुदूरपश्चिमको सान्त्वना जित, प्रदेश-२ को लगातार तेश्रो हार

प्रदेश-१ लाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। यस अघिनै सुदूरपश्चिम तिनवटा […]