आज मुम्बई पराजित भए धोनीले बनाउनेछन् ठूलो कीर्तिमान



लामो प्रतीक्षा पछि आईपीएलको १३ औं संस्करण आज युएईमा सुरु हुँदैछ। उद्घाटन खेलमा नेपाली समय ७:४५ बजे राति डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स र चेन्नाई सुपर किंग्सले प्रतिस्पर्धा गर्दैछन्। ४ पटक लिगको उपाधि दिलाएका कप्तान रोहित शर्मा तथा ३ पटक उपाधि दिलाएका कप्तान धोनीको टिम बीचको प्रतिस्पर्धा हेर्न रोचक हुनेछ। यदी खेलमा चेन्नाई विजयी भएको खण्डमा धोनीले एउटा ठूलो रेकर्ड आफ्नो नाम गर्नेछन्।

सुरुवाती सिजन ( २००८ ) देखि चेन्नाईको कप्तानी गर्दै आएका धोनीले लिगमा टिमको लागि कुल ९९ खेल आफ्नो कप्तानीमा जिताईसकेका छन्। आजको खेल जितेमा एकै टिमलाई कप्तानको रुपमा १०० खेल जिताउने आईपीएल इतिहासमै धोनी पहिलो कप्तान बन्नेछन्। लिगमा कप्तानको रुपमा भने धोनीले कुल १०४ खेल जिताईसकेका छन्। चेन्नाईलाई २ वर्षको प्रतिबन्ध हुँदा धोनीले पुने सुपर जायन्टको कप्तानी गरेका थिए जुन क्रममा ५ खेल जितेका थिए।

धोनीले चेन्नाईको लागि कुल १६० खेलमा कप्तानी गरिसकेका छन् जसमा ९९ खेलमा जित र ६० खेलमा टिम पराजित भएको थियो भने १ खेल नतिजाविहिन रहेको थियो। धोनी पछि चेन्नाईको कप्तानी सुरेश रैनाले मात्र गरेका छन् जसले ५ खेलमा कप्तानी गर्दा १ जित, ३ हार र १ खेल बराबरी भएको थियो।

चेन्नाई र पुनेको कप्तानको रुपमा धोनीले १७४ खेलमा कप्तानी गर्दा १०४ जित दिलाएका छन्। धोनीपछि दोश्रो धेरै आईपीएलमा जित दिलाउने कप्तान गौतम गम्भीर हुन् जसले १२९ खेलमा ७१ जित दिलाएका थिए। बिराट कोहलीको कप्तानीमा बैंगलोरले ११० खेलमा ४९ जित र ५५ हार बेहोरेको छ। यस्तै रोहित शर्माले १०४ खेलमा मुम्बईलाई ६० खेल जिताउदा ४२ हार बेहोरेका छन्। धोनी, गम्भीर, कोहली र रोहित बाहेक अन्य कप्तानले आईपीएलमा १०० खेल कप्तानी गरेका छैनन्।

धोनीले लिगमा कुल १९० क्खेल खेल्ने क्रममा ४,४३२ रन बनाएका छन् जुन लिगमै सातौँ सर्वाधिक रन हो। यस क्रममा उनले २३ अर्धशतक बनाउन सकेका छन् र ४२.२० को औशतमा रन बनाएका छन्। यस्तै धोनी लिग इतिहासको तेश्रो सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यान हुन्। धोनीले कुल २०९ छक्का हिर्काएका छन् जो अघि क्रिस गेल ( ३२६ ) र ए बि डी भिल्लीयर्स ( २१२ ) रहेका छन्।

आईपीएल सेप्टेम्बर १९ देखि सुरु भएर नोभेम्बर १० सम्म संचालन हुनेछ। खेलहरु युएईको तिन शहर अबुधाबी, दुबई र शारजाहमा संचालन हुनेछ।

सम्बन्धित :-

आईपीएलमा यी ४ वटा रेकर्ड नजिक छन् रोहित

IPL Match 1 : मुम्बई र चेन्नाईमा को बलियो ? दुवै टिमको बलियो र कमजोर पक्ष

IPL 2020 : आज सुरु हुँदै १३ औं आईपीएल ( सम्पूर्ण जानकारी एकै ठाउँमा )

IPL : सबै ८ टिमले बनाएको सर्वाधिक र न्यून योगफल



थप समाचार

रभिन्द्र जडेजा भारत-अस्ट्रेलिया सिरिजबाट बाहिर

भारतीय अलराउण्डर रभिन्द्र जडेजा भारत र अस्ट्रेलिया बीच जारि टि-२० अन्तर्राष्ट्रिय सिरिजबाट बाहिर भएका छन्। जडेजाको स्थानमा फास्ट बलर शार्दुल […]

पहिलो टि-२० मा भारतद्वारा अस्ट्रेलिया पराजित, जडेजाको कीर्तिमान

भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत तिन वटा टि-२० सिरिज अन्तर्गत पहिलो खेलमा भारतले घरेलु टिमलाई ११ रनले पराजित गर्दै सिरिजमा १-० […]

विलियमसनले दोहोरो शतक बनाउदा न्युजिल्यान्ड विशाल योगफलतर्फ

केन विलियमसनले दोहोरो शतक बनाउदा भ्रमण टोलि वेस्टइन्डिज बिरुद्ध पहिलो टेस्टमा घरेलु टिम न्युजिल्यान्ड बलियो अवस्थामा पुगेको छ। २ वटा […]

IPL : अहमदावाद नयाँ टिम हुने लगभग निश्चित, २ वटा टिम थप्न छलफल

भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) ले डिसेम्बर २४ तारिखमा वार्षिक साधारण सभा गर्दैछ। आईपीएलको आगामी सिजनमा दुईवटा नयाँ टिम […]

विलियमसन र लाथमले उत्कृस्ट ब्याटिंग गर्दा न्युजिल्यान्ड बलियो

कप्तान केन विलियमसन र टम लाथमले उत्कृस्ट ब्याटिंग गर्दा वेस्टइन्डिजको न्युजिल्यान्ड भ्रमण अन्तर्गत दुइ वटा टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्टमा […]

“मलाई कुनै खबर छैन” न्युजिल्यान्ड टुरमा छनोट नगरिएकोमा मलिकको भनाइ

भेट्रान अलराउण्डर शोयब मलिकले न्युजिल्यान्ड टुरमा आफुलाई समावेश नगर्नुको कारण आफुलाई थाहा नभएको बताएका छन्। मलिकका अनुसार छनोट समितिले उनिसंग […]