Tribhuwan Army Club vs Tikapur Cricket Club
Live Score +
Home - अन्तर्राष्ट्रिय क्रिकेट - भारतको बिशाल जित, ३००औं खेलमा धोनीको बिश्व किर्तिमान

अन्तर्राष्ट्रिय क्रिकेट

भारतको बिशाल जित, ३००औं खेलमा धोनीको बिश्व किर्तिमान

Rajan Shah
Editor
  • विकेटनेपाल, १६ भदौ 

महेन्द्र सिंह धोनीको ३०० औं एकदिवसीय खेलमा भारतले श्रीलंकालाई १६८ रनको बिशाल अन्तरले पराजित गर्दै जारि ५ खेलको शृंखलामा ४-० को अग्रता लिएको छ l

टस जितेर पहिले ब्याटिंग गरेको भारतको लागि कप्तान विराट कोहली र उप-कप्तान रोहित शर्माले दोश्रो विकेटको लागि २१९ रनको साझेदारी गरेका थिए l

२९ औं शतक पुरा गर्ने क्रममा कोहलीले १३१ रन ( ९६ बल, १७ चौका, २ छक्का ) तथा १३ औं शतक पुरा गरेका शर्माले १०४ रन ( ८८ बल , ११ चौका , ३ छक्का ) प्रहार गरे l

३० औं ओभरमा कोहलीलाई मलिंगाले आउट गरेपछि भने भारतले लगातार विकेट गुमाएको थियो l २२५/१ को स्थितिमा कोहली आउट भएपछि भारत ३८ औं ओभरमा २७४/५ को स्थितिमा थियो l हार्दिक पाण्डे १९ तथा केएल राहुल ७ रन बनाएर आउट भएका थिए l

छैठौ विकेटको लागि महेन्द्र सिंह धोनी र मनिष पाण्डेले १०१ रनको साझेदारी गर्दै भारतलाई बिशाल स्कोरतर्फ डोर्याएका थिए l पाण्डेले करियरको दोश्रो अर्धशतक प्रहार गरे क्रममा  ५० रनमा अविजित रहे भने धोनी ४९ रनमा अविजित रहे l

जवाफी ब्याटिंगमा उत्रेको श्रीलंकाका लागि एन्जेलो म्याथ्युजले ८० बलको सामना गर्दै ७० रन तथा मिलिण्डा सिरिबर्धनेले ३९ रन बनाएपनि जितको लागि पर्याप्त थिएन l

हार्दिक पाण्डे, जस्प्रित बुम्राह तथा डेब्यु खेल खेलिरहेका कुलदिप यादबले समान २ विकेट लिएपछी श्रीलंकाले ४२.४ ओभरमै सबै विकेट गुमाउन पुगेको थियो l

भारतीय कप्तान विराट कोहली म्यान अफ द म्याच घोषित भए l

श्रीलंकामा सबैभन्दा ठुलो योगफल 

खेलमा ३७६ रनको लक्ष दिएपछि भारत श्रीलंकामा वानडे क्रिकेटमा सबैभन्दा ठुलो योगफल तयार गर्ने टिम भएको छ l यो भन्दा अघि भारतले सन् २००९ मा श्रीलंकासंग ३६३/५ को स्कोर बनाएको थियो l दक्षिण अफ्रीकाले सन् २०१४ मा श्रीलंका बिरुद्ध ३३९/५ को योगफल तयार गरेको थियो l

कोहलीको रेकर्डनै रेकर्ड 

बिरेन्द्र सेहवागलाई पछि पार्दै बिराट कोहली वानडे क्रिकेटमा सबैभन्दा धेरै म्यान अफ द म्याच पाउने सुचीमा २४ औं पटक म्यान अफ द म्याच भएका छन् l वानडेमा सचिन तेन्दुलकरले ६२ पटक म्यान अफ द म्याच अवार्ड पाएका छन् l

२९औं शतक प्रहार गरेपछि एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै सतक प्रहार गर्ने खेलाडीहरुको लिस्टमा सचिन तेन्दुलकर (४९) र रिक्की पोन्टिंग (३०) पछी तेस्रो नम्बरमा छन् |

रोहितको रेकर्ड 

करियरको १३ औं वानडे शतक बनाएका रोहित शर्माले राहुल द्रविडको १२ शतकलाई पछि पारेका छन् l वानडेमा धेरै शतक प्रहार गर्ने सुचीमा रोहित २४ औं नम्बरमा डेभिड वार्नर र ग्यारी कर्स्टनसंगै छन् l

श्रीलंकासंग अघिल्लो खेलमा पनि शतक बनाएका रोहित श्रीलंकामा लगातार दुई शतक प्रहार गर्ने पहिलो भारतीय ब्याट्सम्यान बनेका छन् l

आफ्नो ३०० औं वानडे क्रिकेट म्याचमा महेन्द्रसिंह धोनीले ७३ औं नटआउट पारि खेलेका छन् जुन बिश्व रेकर्ड हो l

धोनी सबैभन्दा अघि 

आफ्नो ३०० औं वानडे क्रिकेट म्याचमा महेन्द्रसिंह धोनीले ७३ औं नटआउट पारि खेलेका छन् जुन बिश्व रेकर्ड हो l खेलमा ४९ रनमा नट आउट रहेका धोनीले दक्षिण अफ्रीकाको शन पोलकको ७२ नटआउट पारीको रेकर्ड तोडेका हुन् l एकदिवसीय क्रिकेटमा धेरै अविजित पारि खेल्ने सुचीमा धोनी ( ७३ ) ,  पोलक ( ७२ ) , चामिन्दा भास ( ७२ ) मिचेल बेभेन ( ६७ ) र मुथैया मुरलीधरन ( ६३ ) रहेका छन् l

मलिंगाको ३०० विकेट 

श्रीलंकाको कप्तानी गरेका मलिंगाले वानडे क्रिकेटमा ३०० विकेट पुरा गरेका छन् l बिराट कोहलीको विकेट लिंदै उनले यो सफलता हात पारेका हुन् l मलिंगाले सयौ विकेटको रुपमा मार्टिन गुप्टिल, २०० औ विकेटको रुपमा महेन्द्र सिंह धोनीको विकेट लिएका थिए l ३०० विकेट लिने मलिंगा पाचौ छिटो बलर हुन् l

 

( फोटोहरु : आईसीसी )