अस्ट्रेलिया बिरुद्ध पहिलो टेस्टको लागि भारतको अन्तिम-११ घोषणा, केएल राहुल बाहिर



अस्ट्रेलिया बिरुद्ध १७ डिसेम्बर बिहिबार देखि सुरु हुने ४ खेलको टेस्ट सिरिज अन्तर्गत पहिलो टेस्टको लागि भारतले अन्तिम-११ को घोषणा गरेको छ। पहिलो टेस्ट एडीलेडमा डे-नाइट खेलिनेछ।

खेलमा पृथ्वी श र मायाँक अग्रवालले भारतको ओपनिंग ब्याटिंग सम्हाल्नेछन्। अन्तिम-११ मा हनुमा विहारीलाई पनि मौका दिईएको छ। केएल राहुल टेस्ट टिममा भएता पनि उनलाई अन्तिम-११ मा भने समावेश गरिएको छैन।

यस्तै सिरिज अघि अभ्यास खेलमा शानदार शतक बनाएका रिशभ पन्तलाई पनि मौका दिईएको छैन। उनको सट्टा अर्का विकेटकिपर ब्याट्सम्यान रिद्दिमान साहामा टिमले विश्वास देखाएको छ। टिममा रभीचन्द्रन आश्विनलाई स्पिन अलराउण्डरको रुपमा समाबेश गरीको छ।


ओपनिंगमा पृथ्वी र मायाँक पछि तेश्रो नम्बरमा चेतेश्वर पुजारा ब्याटिंगमा आउनेछन्। चौथो नम्बरमा कप्तान बिराट कोहली र त्यसपछि पाँचौ नम्बरमा अजिंके रहानेले ब्याटिंग गर्नेछन् जो टिमको उपकप्तान पनि हुन्। छैठौं नम्बरमा हनुवा विहारी आउनेछन् जसले अभ्यास खेलमा अस्ट्रेलिया ‘ए’ बिरुद्ध शतक बनाएका थिए। सातौँ नम्बरमा मुख्य स्पिनर समेत रहेका आश्विनले ब्याटिंग गर्नेछन्।

टिमको फास्ट बलिंगतर्फ अनुभवी फास्ट बलर उमेश यादवलाई अन्तिम-११ मा समाबेश गरएको छ। यस्तै मोहम्मद शामी र जस्प्रित बुम्राहले उनलाई साथ दिनेछन्।

पहिलो टेस्टको लागि भारतको अन्तिम-११ : मायाँक अग्रवाल, पृथ्वी श, चेतेश्वर पुजारा, बिराट कोहली ( कप्तान ) , अजिंके रहाने ( उपकप्तान ) , हनुमा विहारी, रिद्दिमान साहा ( विकेटकिपर ) , रभीचन्द्रन आश्विन, उमेश यादव, मोहम्मद शामी, जस्प्रित बुम्राह

भारत र अस्ट्रेलिया बीच पहिलो पटक टेस्ट क्रिकेट इतिहासमा डे-नाइट टेस्ट हुन लागेको हो। पहिलो टेस्ट खेलेपछि भारतीय कप्तान बिराट कोहली घर फर्कनेछन् जसपछि टिमको कप्तानी अजिंके रहानेले सम्हाल्नेछन्।

भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत यस अघि सम्पन्न टि-२० सिरिजमा भारत २-१ ले विजयी भएको थियो भने त्यसअघि वानडे सिरिजमा अस्ट्रेलिया २-१ ले विजयी भएको थियो।





थप समाचार

प्रम कप : रोमान्चक खेलमा एपीएफद्वारा आर्मी ६ रनले पराजित, एपीएफ समुह विजेता

त्रिभुवन आर्मी क्लबलाई ६ रनले पराजित गर्दै नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको समुह ‘ए’ को विजेताको रुपमा […]

प्रम कप : पुलिस सेमीफाइनलमा

समुह चरणको अन्तिम खेलमा प्रदेश-२ लाई पराजित गर्दै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ। […]

अफगानिस्तानको जितमा रहमतको शतक

दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा ७ विकेटले आयरल्याण्डलाई पराजित गर्दै अफगानिस्तानले तिन खेलको सिरिज १ खेल अगावै २-० ले जित्न सफल भएको […]

बिग ब्यास : सन्दिपको शानदार प्रदर्शन, होबार्टको प्लेअफ सम्भावना कायमै

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत आइतबार सम्पन्न ५२ औं खेलमा होबार्ट हरिकेन्सले सिड्नी सिक्सरलाई ७ रनले […]

प्रम कप : लुम्बिनी र बागमतीको खेल बराबरीमा टुंगियो, बागमती सेमीफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत आइतबार मुलपानी मैदानमा सम्पन्न समुह ‘बि’ अन्तर्गतको खेल बराबरीमा टुंगिएको छ। स्कोरकार्ड, अंकतालिका बागमती प्रदेशले […]

प्रम कप : सुदूरपश्चिमको सान्त्वना जित, प्रदेश-२ को लगातार तेश्रो हार

प्रदेश-१ लाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। यस अघिनै सुदूरपश्चिम तिनवटा […]