आश्विन चम्किदा अस्ट्रेलिया १९१ रनमै सिमित, भारतलाई ५३ रनको अग्रता



भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत एडीलेड ओभलमा जारि चार टेस्टको सिरिज अन्तर्गत पहिलो डे-नाइट टेस्ट जारी रहेको छ।

पहिलो इनिंगमा भारत २४४ रनमा समेटिएपछि पहिलो इनिंगमा अस्ट्रेलियाले ७२.१ ओभरमा १९१ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेको छ। पहिलो इनिंगमा भारतले ५३ रनको अग्रता लिंदै दोश्रो दिननै ब्याटिंग सुरु गर्नेछ। डे-नाइट क्रिकेटमा पहिलो इनिंगमा अग्रता लिन चुकेको यो पहिलो पटक हो।

अस्ट्रेलियाको लागि कप्तान टिम पेनले सर्वाधिक अविजित ७३ रन बनाए जुन क्रममा ९९ बलमा १० चौका प्रहार गरे। मार्नस लाबुसेनले ४७ रन बनाए। मिचेल स्टार्कले १५, क्यामरन ग्रिनले ११, तथा नाथन लायनले १० रन बनाए। म्याथु वेड र जोए बर्न्सले समान ८ रन, स्टिभ स्मिथले १ तथा ट्राभिस हेडले ७ रन बनाए।

टिम पेनले सर्वाधिक अविजित ७३ रन बनाए

लगातार विकेट गुमाएको अस्ट्रेलियाको विकेट पतनको सुरुवात जस्प्रित बुम्राहले गरेका थिए जसले ओपनर म्याथु वेड र जोए बर्न्सलाई पेभेलियन फर्काए। त्यसपछि अफस्पिनर रभीचन्द्रन आश्विनले स्टिभ स्मिथ, ट्राभिस हेड र क्यामरन ग्रिनलाई पेभेलियन फर्काउदा अस्ट्रेलिया ७९/५ को अवस्थामा पुगेको थियो। त्यसपछि ब्याटिंग गर्न आएका कप्तान पेनले तल्लो क्रमका ब्याट्सम्यानहरुसंग साझेदारी गर्दै अन्तिमसम्म ब्याटिंग गरे।

भारतको बलिंगमा रभीचन्द्रन आश्विनले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १८ ओभरमा ३ मेडन ओभर गर्दै ५५ रन खर्चिए। अस्ट्रेलिया बिरुद्ध भारत बाहिर आश्विनको यो उत्कृस्ट स्पेल हो। फास्ट बलर उमेश यादवले ३ ( १६.१-५-४०-३ ) तथा जस्प्रित बुम्राह ( २१-७-५२-२ ) ले २ विकेट लिए।

यस अघि पहिलो दिन २३३ रनमा ६ विकेट गुमाएको अवस्थामा दिनको अन्त्य गरेको भारतले दोश्रो दिन मात्र ११ रन जोड्दा बाँकी ४ विकेट गुमाउन पुग्यो।

भारतको लागि कप्तान बिराट कोहलीले सर्वाधिक ७४ रन बनाए। चेतेश्वर पुजाराले ४३ तथा अजिंके रहानेले ४२ रन बनाए। अस्ट्रेलियाको बलिंगमा मिचेल स्टार्कले ४ तथा प्याट कमिन्सले ३ विकेट लिए।





थप समाचार

प्रम कप : रोमान्चक खेलमा एपीएफद्वारा आर्मी ६ रनले पराजित, एपीएफ समुह विजेता

त्रिभुवन आर्मी क्लबलाई ६ रनले पराजित गर्दै नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको समुह ‘ए’ को विजेताको रुपमा […]

प्रम कप : पुलिस सेमीफाइनलमा

समुह चरणको अन्तिम खेलमा प्रदेश-२ लाई पराजित गर्दै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ। […]

अफगानिस्तानको जितमा रहमतको शतक

दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा ७ विकेटले आयरल्याण्डलाई पराजित गर्दै अफगानिस्तानले तिन खेलको सिरिज १ खेल अगावै २-० ले जित्न सफल भएको […]

बिग ब्यास : सन्दिपको शानदार प्रदर्शन, होबार्टको प्लेअफ सम्भावना कायमै

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत आइतबार सम्पन्न ५२ औं खेलमा होबार्ट हरिकेन्सले सिड्नी सिक्सरलाई ७ रनले […]

प्रम कप : लुम्बिनी र बागमतीको खेल बराबरीमा टुंगियो, बागमती सेमीफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत आइतबार मुलपानी मैदानमा सम्पन्न समुह ‘बि’ अन्तर्गतको खेल बराबरीमा टुंगिएको छ। स्कोरकार्ड, अंकतालिका बागमती प्रदेशले […]

प्रम कप : सुदूरपश्चिमको सान्त्वना जित, प्रदेश-२ को लगातार तेश्रो हार

प्रदेश-१ लाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। यस अघिनै सुदूरपश्चिम तिनवटा […]