एकैदिन झर्यो १५ विकेट, भारत बलियो स्थितिमा



एजेन्सी– अष्ट्रेलियाविरुद्ध तेस्रो टेष्टको तेस्रो दिनको खेल सकिँदा भारतले दोस्रो इनिङ्समा मिश्रित प्रर्दशन गरेको छ ।

तेस्रो दिनको खेल सकिदा भारतले ३ सय ४६ रनको अग्रता लिएको छ । दोस्रो इनिङ्मा पनि भारत बलियो अवस्थामा पुगेको छ । भारत २७ ओभरमा ५४–५ को अवस्थामा छ ।

क्रिजमा मयांक अग्रवाल २८ र ऋषव पन्त ६ रनमा छन् । हनुमा विहारी १३, अजिंक्या रहाणे १, रोहित शर्मा ५ रनमा आउट हुँदा कप्तान विराट कोहली र चेतेश्वर पुजारा डक आउट भए ।

प्याट कमिन्सले १५ ओभरको दोस्रो बलमा चेतेश्वर पुजारा र अन्तिम बलमा कप्तान विराट कोहलीलाई आउट गर्दौ पेभिलिएनको बाटो देखाए । अष्ट्रेलियाका लागि प्याट कमिन्सले ४ र जोश हेजलवुडले एक विकेट लिए ।

तेस्रो दिन ८ रन बाट खेल्न सुरु गरेको अष्ट्रेलिया ६५.५ ओभरमा अल आउट हुदैँ १ सय ५१ रनमा समेटिदा पहिलो इनिङसमा २ सय ९२ रनले पछि परेको थियो । अष्ट्रेलियाका लागि ओपनर मार्कस ह्यारिस र कप्तान टिम पेनले समान २२ रन बनाउँदा उस्मान खवाजा २१, शन मार्श १९, ट्रविस हेड २० र प्याट कमिन्सले १७ रन जोड्न सके।

भारतका तीब्र गतिका बलर जसप्रित बुमराहले घातक बलिङ गरे । बुमराहले १५–५ ओभरमा ४ मेडन सहित ३३ रन खर्चेर ६ विकेट लिए ।
रविन्द्र जडेजा २, मोहम्मद शामी र इसान्त शर्माको नाममा पनि समान एक विकेट रह्यो ।

पहिलो इनिङ्समा भारत १६९–४ ओभरमा ७ विकेटको क्षतिमा ४ सय ४३ रन बनाउदै पहिलो इनिङ्स समाप्त गरेको थियो।

करियरको १७ औँ शतक पुरा गरेका पुजाराले ३ सय १९ बलमा १० चौका प्रहार गर्दै १०६ रन प्रहार गरे । विराट कोहलीले २०४ बलमा ९ चौका प्रहार गर्दै ८२ रन बनाउन सके । रोहित शर्मा ६३ रनमा नट रहँदा ऋषव पन्त ३९, अजिंक्या रहाणे ३४ र रविन्द्र जडेजा ४ रनमा आउट हुन पुगे ।

पहिलो दिन ओपनर मंयाक अग्रवालले ७६ र हनुमा विराहीले ८ रन बनाएका थिए । अष्ट्रेलियाका लागि प्याट कमिन्सले ४, मिचेल स्टार्क २, नाथन लायन र जोश हेजलवुडले समान एक विकेट लिए ।





थप समाचार

प्रम कपमा आज दुई खेल हुँदै

काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत पाँचौ दिन मंगलबार दुईवटा खेलहरु हुनेछन्। टियु मैदानमा लुम्बिनी प्रदेश र प्रदेश-२ […]

बिग ब्यास : थंडरलाई हराउँदै हरिकेन्सको अंकतालिकामा छलांग

अष्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत सोमबार सम्पन्न ४३ औं खेलमा कलम फर्गुसन कप्तानीको सिड्नी थंडरलाई ६ विकेटले हराउँदै नेपाली […]

बागमतीको दोश्रो जित, सुदूरपश्चिम विशाल अन्तरले पराजित

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत ज्ञानेन्द्र मल्ल कप्तानीको बागमती प्रदेशले लगातार दोश्रो जित दर्ता गर्ने क्रममा सुदूरपश्चिम प्रदेशलाई १८० […]

बिग ब्यास : सिड्नी बिरुद्ध सन्दिप विकेटविहिन

अस्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत सिजनको पाँचौ खेल खेल्ने क्रममा सन्दिप विकेटविहिन भएका छन्। होबार्टको प्रतिनिधित्व गरिरहेका सन्दिप सिड्नी […]

गण्डकीको जितमा विशालको ह्याट्रिक, प्रदेश-१ को लगातार दोश्रो हार

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत चौथो दिन समूह ‘ए’ अन्तर्गतको खेलमा गण्डकी प्रदेशले प्रदेश-१ लाई २ विकेटले पराजित गर्दै […]

पृथु र आदील चम्किदा बागमतीद्वारा सुदूरपश्चिमलाई ३०० रनको लक्ष्य

काठमाडौँमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत चौथो दिन समुह ‘बि’ अन्तर्गतको खेलमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा […]