रोमान्चक खेलमा इंग्ल्यान्ड ७ रनले पराजित, भारतले जित्यो सिरिज



रोमान्चक तेश्रो एकदिवसीयमा इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै भारतले इंग्ल्यान्डलाई तिन वटा एकदिवसीयको सिरिजमा २-१ ले पराजित गरेको छ। सिरिज अन्तर्गत पहिलो खेल भारतले ६६ रनले तथा दोश्रो खेल इंग्ल्यान्डले ६ विकेटले जितेको थियो। इंग्ल्यान्डको भारत भ्रमण अन्तर्गत टेस्ट सिरिजमा भारत ३-१ ले विजयी भएको थियो जसपछि टि-२० सिरिज ३-२ ले भारत जितेको थियो।

पुने स्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा सम्पन्न खेलमा भारतले दिएको ३३० रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले ५० ओभर ब्याटिंग गरेता पनि ९ विकेट क्षेतीमा ३२२ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डको सुरुवात राम्रो रहेन। १४ रन बनाएका जेसन रोयलाई पहिलो ओभरमा बोल्ड तथा १ रन बनाएका जोनी बेयरस्टोलाई तेश्रो ओभरमा एलबिडब्लु गर्दै भुवनेश्वर कुमारले पेभेलियनको दिशा देखाए। तेश्रो विकेटको लागि बेन स्तोक्स र डेविड मलानले ४० रनको साझेदारी गरे। ३५ रन बनाएका स्टोक्सलाई टि नटराजनले ११ औं ओभरमा क्याच आउट गराए। १६ औं ओभरमा मात्र १५ रन बनाएर जोस बटलर शार्दुल ठाकुरबाट एलबिडब्लु भए।

पाँचौ विकेटको लागि मलानले लियाम लिभिंगस्टोनसंग ६० रनको साझेदारी गरे। ३६ रन बनाएका लिभिंगस्टोनलाई ठाकुरले २४ औं ओभरमा आफैद्वारा क्याच आउट गर्दै भारतलाई खेलमा हावी गराए। अर्धशतक पुरा गरे लगत्तै मलानलाई २६ औं ओभरमा ठाकुरले क्याच आउट गराए जसले ५० बलमा ६ चौका मद्द्दतले ५० रन बनाए।

स्याम करनले उत्कृस्ट ब्याटिंग गरे

सातौँ विकेटको लागि स्याम करनले मोईन अलिसंग ३२ रनको साझेदारी गरे। २९ रन बनाएका अलिलाई ३१ औं ओभरमा भुवनेश्वरले क्याच आउट गराए। आठौँ विकेटको लागि करनले आदील रशिदसंग ५७ रन जोडे। ४० औं ओभरमा रशिदलाई ठाकुरले क्याच आउट गराए जसले १९ रन बनाए।

२५७/८ को अवस्थाबाट करनले मार्क वुडसंग अर्धशतकीय साझेदारी गर्दै इंग्ल्यान्डलाई विजयी लक्ष्यतर्फ डोर्याए।

रोमान्चक रह्यो अन्त्य 

अन्तिम ४ ओभरमा जित्न ४० रन आवस्यक हुँदा शार्दुल ठाकुरले गरेको ४७ औं ओभरमा करनको २ चौका र १ छक्का मद्दतले इंग्ल्यान्डले १८ रन बनायो। ४८ औं ओभरमा भुवनेश्वर कुमारले मात्र ४ रन खर्चिए जसपछि २ ओभरमा जित्न १९ रन आवस्यक रह्यो। हार्दिक पान्ड्याले ४९ औं ओभर बलिंग गरे जुन ओभरमा उनले मात्र ५ रन खर्चिए। ओभरको तेश्रो र चौथो बलमा स्याम करन र मार्क वुडको लगातार २ बलमा नटराजन र शार्दुलले क्याच छुटाउन पुगे।

अन्तिम ओभरमा जित्न १४ रन आवस्यक रह्यो। अन्तिम ओभर बलिंग गर्न नटराजन आए। ओभरको पहिलो बलमा १४ रन बनाएका मार्क वुड हार्दिक पान्ड्याबाट रन आउट हुन पुगे। दोश्रो बलमा रिस टपलेले १ रन लिंदै करनलाई स्ट्राइक दिए। तेश्रो र चौथो बलमा नटराजनले डट बल गरे। पाँचौ बलमा करनले चौका प्रहार गरे जसपछि अन्तिम बलमा जित्न ८ रन आवस्यक रह्यो। अन्तिम बलमा करनले १ रन मात्र लिन सकेपछि भारत खेलमा विजयी भयो।

उत्कृस्ट ब्याटिंग गरेका स्याम करनले अविजित ९५ रन बनाए जुन क्रममा ८३ बलमा ९ चौका र ३ छक्का प्रहार गरे।

भारतको बलिंगमा शार्दुल ठाकुरले सर्वाधिक ४ विकेट ( १०-०-६७-४ ) तथा भुवनेश्वर कुमारले ३ विकेट ( १०-०-४२-३ ) लिए। टि नटराजनले १ विकेट ( १०-०-७३-१ ) लिए।

यस अघि टस हारेर पहिले ब्याटिंग गरेको भारतले ४८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ३२९ रन बनाएको थियो।

भारतको सुरुवात राम्रो रह्यो। ओपनर रोहित शर्मा र शिखर धवनले १०३ रनको ओपनिंग साझेदारी गरे। ३७ रन बनाएका रोहितलाई १५ औं ओभरमा आदील रशिदले बोल्ड गरे। रशिदले दोश्रो विकेट लिने क्रममा ५६ बलमा १० चौका मद्दतले ६७ रन बनाएका धवनलाई आफैद्वारा क्याच आउट गराए। लगत्तै ओभरमा मोईन अलिले कप्तान बिराट कोहलीलाई बोल्ड गरे जसले मात्र ७ रन बनाए। २५ औं ओभरमा ७ रन बनाएका केएल राहुललाई लियाम लिभिंगस्टोनले क्याच आउट गराउदै इंग्ल्यान्डलाई खेलमा हावी गराए।

१५७/४ को अवस्थाबाट चौथो नम्बरमा ब्याटिंग गरेका रिशभ पन्त र छैठौं नम्बरका हार्दिक पान्ड्याले ९९ रनको साझेदारी गरे। पन्तले ३६ औं ओभरमा स्याम करनबाट क्याच आउट हुनु अघि ६२ बलमा ५ चौका र ४ छक्का मद्दतले ७८ रन बनाए। ३९ औं ओभरमा पान्ड्यालाई बेन स्टोक्सले बोल्ड गरे जस अघि उनले ४४ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६४ रन बनाए। त्यसपछि क्रुनाल पान्ड्या र शार्दुल ठाकुरले सातौँ विकेटको लागि ४५ रनको साझेदारी गर्दै टिमको योगफल ३ सय पार गराए। ४६ औं ओभरमा ३० रन बनाएर ठाकुर र ४८ औं ओभरमा २५ रन बनाएका क्रुनाललाई मार्क वुडले पेभेलियन फर्काए। त्यसपछि भारतीय तल्लो क्रमले भने खास योगदान दिन सकेनन्।

इंग्ल्यान्डको बलिंगमा मार्क वुडले सर्वाधिक ३ विकेट ( ७-१-३४-३ ) , आदील रशिदले २ विकेट ( १०-०-८१-२ ) तथा स्याम करन, रिस टपले, बेन स्टोक्स, मोईन अलि र लियाम लिभिंगस्टोनले समान १ विकेट लिए।

धेरैले पढेको 

नेपाल, मलेसिया र नेदरल्याण्ड बीच त्रिकोणात्मक सिरीज अप्रिल १७ देखि

१ रनले रुपनी राईडर्सलाई पराजित गर्दै बजाज खडक वारियर्सलाई सप्तरी प्रिमियर लिगको उपाधि

सन्दिपले इंग्ल्यान्डको भाईटालिटि ब्लास्ट टि-२० खेल्ने





थप समाचार

करनलाई उछिन्दै सन्दिप बने नेपालको सर्वाधिक विकेटकर्ता

नेपालमा जारि त्रि-देशीय टि-ट्वान्टी सिरिजमा नेदरल्याण्डसंगको खेलमा ४ विकेट लिंदै नेपाली लेग स्पिनर सन्दिप लामिछाने टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको सर्वाधिक […]

रुख चढेर खेल हेरे नेपाली दर्शकले, नेदरल्याण्ड खेलाडी बेन कुपरले गरे तारिफ

नेपालमा जारि तिन त्रि-देशीय टि-ट्वान्टी सिरिजमा सरकारी निर्णयका कारण दर्शकहरुलाई प्रवेश निषेध गरिएको छ। दर्शकहरुले टियु मैदान किर्तिपुरमा मैदानमा प्रवेश […]

स्लो ओभर रेटका कारण रोहितलाई १२ लाख भारु जरिवाना

आईपीएल टिम मुम्बई इन्डीयन्सका कप्तान रोहित शर्मालाई दिल्ली क्यापिटल्ससंग मंगलबार राति सम्पन्न खेलमा ‘स्लो ओभर रेट’ कायम गरेकाका कारण १२ […]

IPL : मुम्बईलाई हराउदै दिल्ली दोश्रो स्थानमा उक्लियो

भारतमा जारि १४ औं आईपीएल अन्तर्गत १३ औं खेलमा दिल्ली क्यापिटल्सले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीयन्सलाई ६ विकेटले पराजित गरेको छ। […]

अमित मिश्राले शानदार बलिंग गर्दा मुम्बईको चलेन ब्याटिंग

१४ औं आईपीएल अन्तर्गत १३ औं खेलमा मुम्बई इन्डीयन्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गरिरहेका छन्। चेन्नाई स्थित एमए चिदम्बरम स्टेडियममा […]

नेपाल बिरुद्ध जितमा नेदरल्याण्डले बनायो ६ ठुला रेकर्ड

नेपाललाई ३ विकेटले स्तब्ध पार्दै नेदरल्याण्डले नेपालमा जारी त्रि-देशीय टि-ट्वान्टीमा दोश्रो जित दर्ता गर्न सफल रह्यो। नेपालले दिएको २०७ रनको […]