रायडूको धैर्यता र पान्ड्याले आक्रामक ब्याटिंग गर्दा भारतले बनायो २५२



  • विकेटनेपाल, माघ-२० – आइतबार 

भारत र न्युजिल्याण्ड बीच जारि पाँचौ टेस्टमा टस जितेर ब्याटिंग गर्दै भारतले घरेलु टिमलाई २५३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

सिरिज भारतले यस अघिनै ३-१ ले आफ्नो नाम गरिसकेको छ। भारतले पहिलो एकदिवसीय ८ विकेटले, दोश्रो ९० रनले तथा तेश्रो ७ विकेटले जितेको थियो भने चौथो खेल भने न्युजिल्याण्डले ८ विकेटले जितेको थियो।

कमजोर सुरुवात

सिरिजको वेल्लिंगटनमा जारि अन्तिम एकदिवसीयमा भारतले अत्यन्त कमजोर सुरुवात गर्ने क्रममा पहिलो ४ विकेट १९ रनको योगफलमै गुमाउन पुगेको थियो। रोहित शर्मा २, शिखर धवन ६, शुबमन गिल ७ तथा महेन्द्र सिंह धोनी १ रन बनाएर आउट भएका थिए।

रायडूको उत्कृस्ट इनिंग 

१८/४ पछि चौथो नम्बरमा ब्याटिंग गरेका अम्बाती रायडू र भिजय शंकरले पाँचौ विकेटको लागि ९८ रनको साझेदारी गरे। शंकर ४५ रन बनाएर आउट भए। उनले ६४ बलम ४ चौका प्रहार गरे। शंकरको विकेट पछि रायडूले केदार जाधबसंग छैठौं विकेटको लागि ७४ रनको साझेदारी गरे।

रायडू ९० रनको इनिंग खेल्दै ४४ औं ओभरमा म्याट हेनरीको बलमा क्याच आउट भए। उनले ११३ बलमा ८ चौका र ४ छक्का हिर्काए। केदार जाधब पनि ३४ रन ( ४५ बलमा ३ चौका ) बनाएर रन आउट हुँदा भारत २०३/७ को अवस्थामा पुग्यो।

हार्दिकको आक्रामक ब्याटिंग 

हार्दिक पान्ड्याले विस्फोटक ब्याटिंग गरे पछि भारतले ४९.५ ओभरमा २५२ रन बनाउन सक्यो र सम्पूर्ण विकेट गुमायो। पान्ड्याले मात्र २२ बलमा ४५ रन बनाउने करमा ५ छक्का र २ चौका प्रहार गरे।

न्युजिल्याण्डको बलिङ्गमा ओपनिङ्ग फास्ट बलर म्याट हेनरीले सर्वाधिक ४ विकेट ( १०-१-३५-४ ) लिए। यस्तै ट्रेन्ट बोल्टले ३ विकेट लिन ९.५ ओभरमा २ मेडन ओभर सहित ३९ रन खर्चिए। जेम्स निशमले १ विकेट ( ५-०-३३-१ ) लिए।

एकदिवसीय सिरिज पछि दुई देश बीच ३ वटा अन्तर्राष्ट्रिय टि-२० को सिरिज खेलिनेछ।

एकदिवसीय सिरिजमा ३ खेल खेलेपछि नियमित कप्तान बिराट कोहलीले आराम लिएका छन् जसको सट्टा रोहित शर्माले कप्तानी सम्हालीरहेका छन्।



थप समाचार

रभिन्द्र जडेजा भारत-अस्ट्रेलिया सिरिजबाट बाहिर

भारतीय अलराउण्डर रभिन्द्र जडेजा भारत र अस्ट्रेलिया बीच जारि टि-२० अन्तर्राष्ट्रिय सिरिजबाट बाहिर भएका छन्। जडेजाको स्थानमा फास्ट बलर शार्दुल […]

पहिलो टि-२० मा भारतद्वारा अस्ट्रेलिया पराजित, जडेजाको कीर्तिमान

भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत तिन वटा टि-२० सिरिज अन्तर्गत पहिलो खेलमा भारतले घरेलु टिमलाई ११ रनले पराजित गर्दै सिरिजमा १-० […]

विलियमसनले दोहोरो शतक बनाउदा न्युजिल्यान्ड विशाल योगफलतर्फ

केन विलियमसनले दोहोरो शतक बनाउदा भ्रमण टोलि वेस्टइन्डिज बिरुद्ध पहिलो टेस्टमा घरेलु टिम न्युजिल्यान्ड बलियो अवस्थामा पुगेको छ। २ वटा […]

IPL : अहमदावाद नयाँ टिम हुने लगभग निश्चित, २ वटा टिम थप्न छलफल

भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) ले डिसेम्बर २४ तारिखमा वार्षिक साधारण सभा गर्दैछ। आईपीएलको आगामी सिजनमा दुईवटा नयाँ टिम […]

विलियमसन र लाथमले उत्कृस्ट ब्याटिंग गर्दा न्युजिल्यान्ड बलियो

कप्तान केन विलियमसन र टम लाथमले उत्कृस्ट ब्याटिंग गर्दा वेस्टइन्डिजको न्युजिल्यान्ड भ्रमण अन्तर्गत दुइ वटा टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्टमा […]

“मलाई कुनै खबर छैन” न्युजिल्यान्ड टुरमा छनोट नगरिएकोमा मलिकको भनाइ

भेट्रान अलराउण्डर शोयब मलिकले न्युजिल्यान्ड टुरमा आफुलाई समावेश नगर्नुको कारण आफुलाई थाहा नभएको बताएका छन्। मलिकका अनुसार छनोट समितिले उनिसंग […]