हसरंगाले घातक बलिंग गर्दा भारतको लज्जास्पद ब्याटिंग प्रदर्शन



भारतको श्रीलंका भ्रमण अन्तर्गत तेश्रो तथा निर्णायक टि-२० जित्दै सिरिज जित्न भारतले श्रीलंकालाई ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आर प्रेमदाशा स्टेडियममा टस जितेर ब्याटिंग गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो।

ओपनर शिखर धवन खाता नखोली पहिलो ओभरमा दुश्मन्था चमिराबाट क्याच आउट भए पछि दोश्रो विकेटको लागि अर्का ओपनर रुतुराज गायकवाडले देभदत्त पडीक्कलसंग १८ रनको साझेदारी गरे। ९ रन बनाएका पडीक्कललाई तेश्रो ओभरको अन्तिम बलमा रमेश मेन्डिसले एलबिडब्लु गरे। लगत्तै ओभरमा खाता नखोल्दै संजु स्यामसन र १४ रन बनएका रुतुराज गायकवाडलाई वानिन्दु हसरंगाले एलबिडब्लु धरापमा पारे। २५ रनको योगफलमा भारतले ४ विकेट गुमाउन पुग्यो। नितिश राना पनि ६ रन मात्र बनाएर दाशुन शनाकाबाट कट एण्ड बोल्ड भए।

छैठौं विकेटको लागि भुवनेश्वर कुमारले कुलदिप यादवसंग १९ रन जोडे। ३२ बलमा १६ रन बनाएका भुवनेश्वरलाई हसरंगाले क्याच आउट गराए। त्यसपछि पनि भारतको विकेट जाने क्रम रोकिएन राहुल चाहर ५ तथा वरुन चक्रवर्ती खाता नखोली आउट भए।

कुलदिप यादवले एक किनार सम्हाल्दै ब्याटिंग गरे र चेतन सकरियासंग नवौं विकेटको लागि १८ रनको साझेदारी गरे। यादवले २८ बलमा अविजित २३ रन बनाए भने सकरियाले अविजित ५ रन बनाए।

श्रीलंकाको बलिंगमा लेग स्पिनर वानिन्दु हसरंगाले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र ९ रन खर्चिए। कप्तान दासुन शनाकाले २ ( ४-०-२०-२ ) तथा रमेश मेन्डिस ( २-०-१३-१ ) र दुश्मन्था चमिरा (४-०-१६-१ ) ले समान १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेल भारतले ३८ रनले जितेको थियो भने दोस्रो खेल श्रीलंकाले ४ विकेटले जितेको थियो।





थप समाचार

क्रिकेटर भण्डारी र संचारकर्मी अर्याल विवाह बन्धनमा बाँधिने

राष्ट्रिय क्रिकेट टिमका विकेट किपर ब्याट्सम्यान बिनोद भण्डारी र संचारकर्मी सोनीका अर्याल विवाह बन्धनमा बाँधिने भएका छन्। भण्डारी र अर्याल […]

आईसीसी नयाँ ओडीआई वरियतामा सन्दिपको फड्को

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले जारि गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले पुनः फड्को […]

IPL : दिल्ली बिरुद्ध हैदरावादले पहिले ब्याटिंग गर्दै, यस्तो छ दुवै टिमको अन्तिम-११

युएईमा जारी दोश्रो फेजको आईपीएल अन्तर्गत लिगको ३३ औं खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय […]

EPL : नेपाल आइपुगे गत सिजनका सबैभन्दा आक्रामक ब्याट्सम्यान लेभी

सेप्टेम्बर २५ तारिख देखि सुरु हुने एभरेस्ट प्रिमियर लिग टि-ट्वान्टी ( ईपीएल ) को चौंथो संस्करणमा सहभागी हुन दक्षिण अफ्रिकी […]

हातमा आएको जित खोसीएपछि राहुलले भने “यो हार पचाउन गाह्रो छ।”

पन्जाब किंग्सलाई अन्तिम २ ओभरमा जितको लागि मात्र ८ रन आवस्यक थियो र साथमा थियो ८ विकेट। यस्तो अवस्थामा राजस्थान […]

IPL : सनसनीपूर्ण खेलमा राजस्थानद्वारा पन्जाब २ रनले पराजित, त्यागिको अपत्यारिलो ओभर

कार्तिक त्यागिले अपत्यारिलो बलिंग गरेपछि पन्जाब किंग्सलाई राजस्थान रोयल्सले मात्र २ रनले पराजित गरेको छ।  युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा […]