डी सिल्भा चम्किँदा रोमान्चक खेलमा श्रीलंकाद्वारा भारत पराजित



दोश्रो खेलमा भारतलाई ४ विकेटले पराजित गर्दै श्रीलंकाले तिन खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज १-१ को बराबरीमा ल्याएको छ। सिरिज अन्तर्गत पहिलो खेलमा भारत ३८ रनले विजयी भएको थियो।

कोलोम्बो स्थित, आर. प्रेमदाशा स्टेडियममा सम्पन्न खेलमा भारतले दिइएको १३३ रनको लक्ष्य श्रीलंकाले २ बल बाँकी रहंदा ६ विकेट क्षेतीमा पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले निरन्तर अन्तरालमा विकेट गुमाउन पुग्यो। ११ रन बनाएका ओपनर अभिस्का फर्नान्डो तेश्रो ओभरमा भुवनेश्वर कुमारबाट क्याच आउट भए। त्यसपछि सदिरा समरविक्रमा ८ रन बनाएर वरुण चक्रवर्तीबाट बोल्ड भए। कप्तान दाशुन शनाका मात्र ३ रन बनाएर कुलदिप यादबबाट स्टम्प आउट भए। त्यसपछि ओपनर मिनोद भानुका ३६ रन बनाएर १२ औं ओभरमा कुलदिपबाट क्याच आउट भए।

६६/४ को अवस्थाबाट धनन्जय डी सिल्भाले वानिन्दु हसरंगासंग २८ रनको साझेदारी गरे। १५ औं ओभरमा हसरंगा १५ रन बनाएर राहुल चाहरबाट क्याच आउट भए।

जितको लागि ३० बलमा ३६ रन आवस्यक हुँदा १६ औं ओभरमा भुवनेश्वर कुमारले मात्र ५ रन तथा १७ औं ओभरमा वरुण चक्रवर्ती ६ रन मात्र खर्चिए। १८ औं ओभरमा चेतन सकरियाले २ रन बनाएका रमेश मेन्डिसलाई क्याच आउट गराए र श्रीलंकाको दबाब बढाए। सोहि ओभरमा डी सिल्भाले चौका प्रहार गर्दा श्रीलंकाले ८ रन बटुल्यो।

अन्तिम २ ओभरमा २० रन आवस्यक हुँदा १९ औं ओभर बलिंग गरेका भुवनेश्वर कुमारले १२ रन खर्चिए। ओभरको तेश्रो ओभरमा चमिका करुनारत्नेले छक्का प्रहार गरे।

अन्तिम ओभरमा ८ रन आवस्यक हुँदा बलिंग गर्न सकरिया आए जसको पहिलो बलमा नभदिप सैनीले डी सिल्भाको क्याच कभरमा छुटाए। त्यस पछिको बलमा सकरियाले वाइडमार्फत २ रन खर्चिए। त्यसपछि लगातार २ बलमा डी सिल्भाले २/२ रन लिए र स्कोर बराबरी गरे। चौथो बलमा डी सिल्भाले १ रन लिंदै श्रीलंकालाई जित दिलाए। सातौँ विकेटको लागि डी सिल्भा र करुनारत्नेले २८ रनको साझेदारी गरे।

धनन्जय डी सिल्भाले अविजित ४० रन बनाए जुन क्रममा ३४ बलमा १ चौका र १ छक्का प्रहार गरे। चमिका करुनारत्नेले ६ बलमा १ छक्का मद्दतले १२ रन बनाए।


भारतको बलिंगमा कुलदिप यादवले २ विकेट ( ४-०-३०-२ ) लिए भने भुवनेश्वर कुमार, चेतन सकरिया, वरुण चक्रवर्ती र राहुल चाहरले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको भारतले २० ओभरमा ५ विकेट क्षेतीमा १३२ रन बनाएको थियो।

भारतको सुरुवात राम्रो रह्यो। रुतुराज गायकवाड र शिखर धवनले ४९ रनको साझेदारी गरे। डेब्यु गरेका गायकवाड २१ रन बनाएर सातौँ ओभरमा दाशुन शनाकाबाट क्याच आउट भए। दोश्रो विकेटको लागि धवनले देभदत्त पडीक्कलसंग ३२ रन जोडे। १३ औं ओभरमा धवनलाई अकिला धनन्जयले बोल्ड गरे जसले ४२ बलमा ५ चौका मद्दतले ४० रन बनाए। २९ रन बनाएर १६ औं ओभरमा पडीक्कललाई वानिन्दु हसंरागाले बोल्ड गरे। लगत्तै ओभरमा ७ रन बनाएर संजु स्यामसनलै धनन्जयले बोल्ड गरे।

पाँचौ विकेटको लागि नितिश राना र भुवनेश्वर कुमारले २६ रनको साझेदारी गरे। १२ बलमा ९ रन बनाएका राना अन्तिम ओभरमा दुश्मन्था चमिराबाट क्याच आउट भए। भुवनेश्वरले अविजित १३ रन तथा नभदिप सैनीले १ रन बनाए।

अन्तिम ५ ओभरमा भारतले ३ विकेट गुमाएर ४० रन बनाउन सक्यो।

श्रीलंकाको बलिंगमा अकिला धनन्जयले २ ( ४-०-२९-२ ) तथा वानिन्दु हसरंगा ( ४-०-३०-१ ) र दासुन शनाका ( २-०-१४-१ ) र दुश्मन्था चमिरा ( ४-०-२३-१ ) ले समान १ विकेट लिए।

सिरिजको निर्णायक खेल जुलाई २९ तारिख ( बुधबार ) खेलिनेछ।





थप समाचार

IPL : दिल्ली बिरुद्ध हैदरावादले पहिले ब्याटिंग गर्दै, यस्तो छ दुवै टिमको अन्तिम-११

युएईमा जारी दोश्रो फेजको आईपीएल अन्तर्गत लिगको ३३ औं खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय […]

EPL : नेपाल आइपुगे गत सिजनका सबैभन्दा आक्रामक ब्याट्सम्यान लेभी

सेप्टेम्बर २५ तारिख देखि सुरु हुने एभरेस्ट प्रिमियर लिग टि-ट्वान्टी ( ईपीएल ) को चौंथो संस्करणमा सहभागी हुन दक्षिण अफ्रिकी […]

हातमा आएको जित खोसीएपछि राहुलले भने “यो हार पचाउन गाह्रो छ।”

पन्जाब किंग्सलाई अन्तिम २ ओभरमा जितको लागि मात्र ८ रन आवस्यक थियो र साथमा थियो ८ विकेट। यस्तो अवस्थामा राजस्थान […]

IPL : सनसनीपूर्ण खेलमा राजस्थानद्वारा पन्जाब २ रनले पराजित, त्यागिको अपत्यारिलो ओभर

कार्तिक त्यागिले अपत्यारिलो बलिंग गरेपछि पन्जाब किंग्सलाई राजस्थान रोयल्सले मात्र २ रनले पराजित गरेको छ।  युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा […]

IPL : अर्शदिपले ५ विकेट लिंदा उत्कृस्ट सुरुवातको बाबजुद राजस्थान १८५ मा सिमित

युएईमा जारी आईपीएलको दोश्रो फेजको खेल अन्तर्गत लिगको ३२ औं खेलमा पन्जाब किंग्स र राजस्थान रोयल्स प्रतिस्पर्धा गरिरहेका छन्। दुबई […]

IPL : टस हारेर राजस्थान ब्याटिंग गर्दै, पन्जाबको अन्तिम-११ बाट गेल बाहिर

युएईमा जारी आईपीएलको दोश्रो फेजको खेल अन्तर्गत लिगको ३२ औं खेलमा पन्जाब किंग्स र राजस्थान रोयल्स प्रतिस्पर्धा गरिरहेका छन्। दुबई […]