Kathmandu Goldens Vs CYC Attariya – 1st Qualifier
Live Score +
Home - अन्तर्राष्ट्रिय क्रिकेट - अन्तिम एक दिवसियमा न्युजिल्याण्ड पराजित, सिरिज भारतको पोल्टामा

अन्तर्राष्ट्रिय क्रिकेट

अन्तिम एक दिवसियमा न्युजिल्याण्ड पराजित, सिरिज भारतको पोल्टामा

Bipul Bhattrai
Editor
  • 703
  •  
  •  
  •  
  •  
  •  
    703
    Shares

  • विकेटनेपाल – ३० माघ, आइतवार 

अम्बाती रायडूको समझदारीपूर्ण इनिंग र हार्दिक पान्ड्याको अलराउण्ड प्रदर्शनमा पाहुना टोलि भारतले न्युजिल्याण्ड बिरुद्धको पाँचौं तथा अन्तिम एक दिवसीय खेलमा ३५ रनको सानदार जित हात पारेको छ। जितसंगै भारतले ५ खेलको शृंखला समेत ४-१ ले आफ्नो नाम गर्यो।

वेलिंग्टनमा भएको पाँचौ वान् डेमा सानो लक्ष्यको बचाउ गर्ने क्रममा भारतीय बलरहरुको प्रदर्शन खास रह्यो। पहिले ब्याटिंग गर्दै भारतले दिएको २५३ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको न्युजिल्याण्ड २१७ रनमा समेटिन पुग्दा भारतले ३५ रनको जित दर्ता गर्यो।

लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डको सुरुवात राम्रो रहन सकेको थिएन। टोलीले मात्र ३७ रन जोड्दा दुबै ओपनर कोलिन मुन्रो ( २४ ) र हेन्री निकोलस ( ८ ) पभेलियन फर्किसकेका थिए। त्यसको लगत्तै टोलीको स्कोर ३८ रन हुँदा रस टेलर ( १ ) समेत हार्दिक पान्ड्याको बलमा एल बि डब्लु धरापमा पर्न पुगे।

३८/३ को खराब अवस्थाबाट कप्तान केन विलियम्सन र टम लेथमले ६७ रनको साझेदारी गर्दै टोलीलाई जिततर्फ लैजाने प्रयास गर्दा न्युजिल्याण्ड खेलमा फर्कियो।  तर ३ ओभरको अन्तरालमा दुवै विलियम्सन ( ३९ ) र लेथम ( ३७) आउटहुँदा घरेलु टोलि पुनः समस्यामा आयो।

दुवैको विकेट पश्चात न्युजिल्याण्डले लगातार रुपमा विकेट गुमाउंदा टोलि ४४.१ ओभरमा २१७ रनमा समेटिन पुग्यो।  उसका जेम्स निशमले ४४ रन ( ३२ बल, ४ चौका, २ छक्का ) प्रहार गरेपनि टोलीलाई जित दिलाउन विफल रहे।

भारतको बलिङ्गतर्फ लेग स्पिनर युजभेन्द्र चाहलले सर्वाधिक ३ विकेट ( १०-०-४१-३ ) हात पारे।  यस्तै मोहम्मद शामी र हार्दिक पान्ड्याको नाममा समान २-२ विकेट रह्यो।

भारतको ब्याटिंग : 

यसअघि पाँचौ एक दिवसीयमा टस जितेर ब्याटिंग गर्दै भारतले घरेलु टिमलाई २५३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। अन्तिम एकदिवसीयमा भारतले अत्यन्त कमजोर सुरुवात गर्ने क्रममा पहिलो ४ विकेट १९ रनको योगफलमै गुमाउन पुगेको थियो। रोहित शर्मा २, शिखर धवन ६, शुबमन गिल ७ तथा महेन्द्र सिंह धोनी १ रन बनाएर आउट भएका थिए।

१८/४ पछि चौथो नम्बरमा ब्याटिंग गरेका अम्बाती रायडू र भिजय शंकरले पाँचौ विकेटको लागि ९८ रनको साझेदारी गरेका थिए । शंकर ४५ रन बनाएर आउट हुनअघि ६४ बलम ४ चौका प्रहार गरेका थिए। शंकरको विकेट पछि रायडूले केदार जाधबसंग छैठौं विकेटको लागि ७४ रनको साझेदारी गरेका थिए ।

रायडू ९० रनको इनिंग खेल्दै ४४ औं ओभरमा म्याट हेनरीको बलमा क्याच आउट भएका थिए । उनले ११३ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। केदार जाधब पनि ३४ रन ( ४५ बलमा ३ चौका ) बनाएर रन आउट हुँदा भारत २०३/७ को अवस्थामा पुगेको थियो ।

त्यसपश्चात हार्दिक पान्ड्याले विस्फोटक ब्याटिंग गरे पछि भारतले ४९.५ ओभरमा २५२ रन बनाउन सक्यो र सम्पूर्ण विकेट गुमायो। पान्ड्याले मात्र २२ बलमा ४५ रन बनाउने क्रममा ५ छक्का र २ चौका प्रहार गरे।

न्युजिल्याण्डको बलिङ्गमा ओपनिङ्ग फास्ट बलर म्याट हेनरीले सर्वाधिक ४ विकेट ( १०-१-३५-४ ) लिएका थिए। यस्तै ट्रेन्ट बोल्टले ३ विकेट लिन ९.५ ओभरमा २ मेडन ओभर सहित ३९ रन खर्चिएका थिए । जेम्स निशमले १ विकेट ( ५-०-३३-१ ) लिएका थिए।

Photos : (@BCCI & @ICC)


  • 703
  •  
  •  
  •  
  •  
  •  
    703
    Shares