बोल्टको घातक बलिङ्ग अघि भारतको लज्जास्पद ब्याटिंग, ९२ रनमै अल-आउट



ट्रेन्ट बोल्टले घातक बलिङ्ग गरेपछि न्युजिल्याण्डमा जारि एकदिवसीय सिरिजमा घरेलु टिमले भारतलाई ९२ रनमा अल-आउट गरेको छ।

५ एकदिवसीयको सिरिज ०-३ ले गुमाई सकेको अवस्थामा न्युजिल्याण्डले चौथो एकदिवसीयमा बल्ल भारतलाई चुनौती दिएको हो।

ह्यामिल्टन, सेडन पार्क मैदानमा टस जितेर न्युजिल्याण्डले बलिङ्ग रोजेको थियो। पहिलो विकेटको लागि भारतीय ओपनर शिखर धवन र रोहित शर्माले २१ रन बनाए पछि बोल्टले विकेट पतनको सुरुवात गरेका थिए।

धवनलाई छैठौं ओभरमा बोल्टले एलबिडब्लु गरेपछि रोहितलाई बोल्टले आफ्नै हातबाट क्याच आउट गराए। त्यसपछि भारतले लगातार विकेट गुमाउने क्रममा अम्बाती रायडु ९ रन, दिनेश कार्तिक ० , शुब्मन गिल ९ , केदार जाधब १ , भुवनेश्वर कुमार १ रनमा पेभेलियन फर्किए।

२१/१ बाट भारत ४०/७ को अवस्थामा पुग्यो। भारतको लाज थोरै भए पनि ढाक्न अन्तिममा हार्दिक पान्ड्याले १६, कुलदिप यादबले १५ तथा युज्भेन्द्र चाहलले अविजित १८ रन बनाए।

३०.५ ओभरमा भारतले ९२ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

भारतलाई सस्तोमा समेट्न न्युजिल्याण्ड फास्ट बलर ट्रेन्ट बोल्ट एक्लैले ५ विकेट लिए जुन क्रममा १० ओभरमा ४ मेडन ओभर गर्दै २१ रन खर्चिए। यस्तै कोलिन ग्रयाण्डहोमीले ३ विकेट लिए।

एकदिवसीय क्रिकेटमा भारतको यो इतिहासकै सातौँ कम योगफल हो। सन् २००० मा भारत श्रीलंका बिरुद्ध ५४ रनमा समेटिएको थियो जुन सबैभन्दा कम योगफल हो।

खेलमा सुब्मन गिल भारतको लागि डेब्यु गरिरहेका छन्। सिरिज जितेपछि कप्तान बिराट कोहली, महेन्द्र सिंह धोनी जस्ता ब्याट्सम्यानलाई आराम दिईएको छ।

 





थप समाचार

IPL : मुम्बईलाई हराउदै दिल्ली दोश्रो स्थानमा उक्लियो

भारतमा जारि १४ औं आईपीएल अन्तर्गत १३ औं खेलमा दिल्ली क्यापिटल्सले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीयन्सलाई ६ विकेटले पराजित गरेको छ। […]

अमित मिश्राले शानदार बलिंग गर्दा मुम्बईको चलेन ब्याटिंग

१४ औं आईपीएल अन्तर्गत १३ औं खेलमा मुम्बई इन्डीयन्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गरिरहेका छन्। चेन्नाई स्थित एमए चिदम्बरम स्टेडियममा […]

नेपाल बिरुद्ध जितमा नेदरल्याण्डले बनायो ६ ठुला रेकर्ड

नेपाललाई ३ विकेटले स्तब्ध पार्दै नेदरल्याण्डले नेपालमा जारी त्रि-देशीय टि-ट्वान्टीमा दोश्रो जित दर्ता गर्न सफल रह्यो। नेपालले दिएको २०७ रनको […]

कप्तान मल्लले बताए सोमपाललाई तेश्रो ओभर बलिंग नदिनुको कारण

त्रि-देशीय सिरिजमा नेदरल्याण्डसंग हार पछि नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले डेथ ओभरमा सोमपाल हुँदा हुँदै सन्दिप लामिछानेलाई १८ औं ओभरमा […]

रोमान्चक खेलमा नेपाल बिरुद्ध नेदरल्याण्डको कीर्तिमानी जित, लिडेको कीर्तिमानी ब्याटिंग

नेपालमा जारी त्रि-देशीय टि-२० सिरिज अन्तर्गत चौथो खेलमा नेदरल्याण्डले नेपाललाई ३ विकेटले पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ। टियु […]

कुशलले बनाए विश्वकीर्तिमान, नेदरल्याण्ड बिरुद्ध नेपालको किर्तिमानी योगफल

नेपालमा जारि नेपाल, नेदरल्याण्ड र मलेसिया सम्मिलित त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत चौथो खेलमा नेपाल र नेदरल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन्। टियु […]