प्रतिस्पर्धात्मक तेश्रो वानडेमा भारतद्वारा अस्ट्रेलिया पराजित



भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत तेश्रो एकदिवसीयमा भारतले १३ रनको जित दर्ता गरेको छ। यस अघि २ खेलमा पराजित हुँदै सिरिज गुमाइसकेको भारतले तेश्रो खेल जित्दै सिरिज २-१ ले गुमाउन पुग्यो। पहिलो र दोश्रो खेल अस्ट्रेलियाले क्रमशः ६६ र ५१ रनले जितेको थियो।

मनुका ओभल मैदान क्यानबेरामा सम्पन्न खेलमा भारतले दिएको ३०३ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले ४९.३ ओभरमा सबै विकेट गुमाएर २८९ रन मात्र बनाउन सक्यो।

अस्ट्रेलियाको लागि कप्तान आरोन फिंचले ८२ बलमा सर्वाधिक ७५ रन बनाए जुन क्रममा ७ चौका र ३ छक्का प्रहार गरे। ग्लेन म्याक्सवेलले ३८ बलमा ३ चौका र ४ छक्का मद्दतले ५९ रन बनाए। एलेक्स केरीले ३८ रन, एस्टन एगरले २८, मोईसेस हेनरिक्सले २२ तथा क्यामरन ग्रिनले २१ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा अर्को किनारमा विकेट गुमेता पनि कप्तान फिंचले एक किनार सम्हालेर ब्याटिंग गरेका थिए। वार्नरको स्थानमा ओपनिंग गरेका मार्नस लाबुसेन र स्टिभ स्मिथ समान ७ रन बनाएर आउट भए।

फिंचले तेश्रो विकेटको लागि मोईसेस हेनरिक्ससंग ६१ रनको साझेदारी गरे। २६ औं ओभरम फिंचलाई रभिन्द्र जडेजाले क्याच आउट गराउदै भारतलाई खेलमा फर्काए। त्यसपछि क्यामरन ग्रिन २१ रन बनाएर आउट भए। २८ औं ओभरमा एलेक्स केरीलाई बिराट कोहलीले रन आउट गरे।

२१०/६ को अवस्थाबाट ग्लेन म्याक्सवेल र एस्टन एगरले ५८ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई जितको बाटोमा डोर्याए। ४५ औं ओभरमा आक्रामक ब्याटिंग गरिरहेका म्याक्सवेललाई बोल्ड गर्दै बुम्राहले भारतलाई खेलमा फर्काए। एगरलाई टि नटराजनले ४८ औं ओभरमा क्याच आउट गराए। अन्तिम ओभरमा जित्न १५ रन आवस्यक हुँदा बुम्राहले तेश्रो बलमा एडम जाम्पालाई एलबिडब्लु गर्दै जित सुनिस्चित गरे।

भारतको बलिंगमा शार्दुल ठाकुरले सर्वाधिक ३ विकेट लिए जुन क्रममा १० ओभरमा ५१ रन खर्चदै स्मिथ, हेनरिक्स र एबोटको विकेट लिए। जस्प्रित बुम्राह र डेब्यु गरेका टि नटराजनले समान २ विकेट तथा कुलदिप यादब र रबिन्द्र जडेजाले समान १ विकेट लिए।

शार्दुल ठाकुरले ३ विकेट लिए

यस अघि टस जितेर ब्याटिंग रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट क्षेतिमा ३०२ रन बनाएको थियो।

भारतको लागि हार्दिक पान्ड्याले अविजित सर्वाधिक ९२ रन बनाए जुन क्रममा ७६ बलमा ७ चौका र १ छक्का प्रहार गरे। रभिन्द्र जडेजाले अवीजित ६६ ( ५० बलमा ५ चौका र ३ छक्का ) तथा कप्तान बिराट कोहलीले ६३ रन ( ७८ बलमा ५ चौका ) बनाए।

ओपनर शिखर धवन १६ रन बनाएर आउट भएपछि शुबमन गिल र बिराट कोहलीले दोश्रो विकेटको लागि ४६ रनको साझेदारी गरेका थिए। गिल ३३ रन, श्रेयस ऐयर १९ रन तथा केएल राहुल मात्र ५ रन बनाएर आउट भए।

एक किनार सम्हालीरहेका कप्तान बिराट कोहलीलाई ३२ औं ओभरमा जोश हेजलवुडले विकेटकिपर एकेल्स केरीबाट क्याच आउट गराउदा भारत नाजुक अवस्थामा पुग्यो। हेजलवुडले लगातार चौथो पटक कोहलीको विकेट लिए।

कोहलीको विकेट जाँदा १५२/५ को अवस्थामा रहेको भारतको इनिंगलाई त्यसपछि छैठौं र सातौँ नम्बरमा ब्याटिंग गरेका हार्दिक पान्ड्या र रभिन्द्र जडेजाले सम्हाले। सुरुवातमा सम्हालिएर ब्याटिंग गरेता पनि दुवैले इनिंगको अन्त्यमा आक्रामक ब्याटिंग गर्दै टिमको योगफल ३०० पार गराए। अन्तिम ५ ओभरमा दुवैले ७६ रन जोडे।

मात्र १०८ बलमा जडेजा र पान्ड्याले १५० रनको साझेदारी गरे जुन साझेदारी अस्ट्रेलिया बिरुद्ध छैठौं विकेटको लागि भारतको सर्वाधिक साझेदारी हो। सन् १९९९ मा एस रमेश र रोबिन सिंहले कोलोम्बोमा अस्ट्रेलिया बिरुद्ध १२३ रनको साझेदारी गरेका थिए। २१ वर्ष पछि जडेजा र पान्ड्याले उक्त रेकर्ड तोडेका हुन्।

यस्तै भारतको लागि एकदिवसीय अन्तर्राष्ट्रियमा यो समग्रमा छैठौं विकेटको लागि तेश्रो ठुलो साझेदारी हो। यस अघि २०१५ मा अम्बाती रायडु र स्टुवार्ट बिनिले जिम्बाबे बिरुद्ध १६० रनको तथा २००५ मा युभराज सिंह र महेन्द्र सिंह धोनीले जिम्बाबे बिरुद्धनै १५८ रनको साझेदारी गरेका थिए।

एकदिवसीय सिरिज पछि अब डिसेम्बर ४, ६ र ८ तारिखमा तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेलिनेछ। डिसेम्बर १७ देखि ४ वटा टेस्टको सिरिज सुरु हुनेछ।





थप समाचार

आईपीएल २०२१ : कुन टिमले कुन-कुन खेलाडी फुकुवा र टिमसंग राख्यो ( पुरा सुची )

इन्डियन प्रिमियर लिग ( आईपीएल ) को १४ औं सिजनको मिनी अक्सन नजिकिंदै गर्दा ८ वटा फ़्रेन्चाइजहरुले फुकुवा गर्ने र […]

प्रम कप : पुलिसको जितमा धमला, सर्राफ र ऐरीको उच्च योगदान

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत सातौँ दिन समुह ‘बि’ अन्तर्गतको खेलमा विभागीय टोलि नेपाल पुलिस क्लबले लगातार दोश्रो जित […]

प्रम कप : एपीएफको दोश्रो जित, गण्डकी बाहिरियो

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत सातौँ दिन मुलपानी मैदानमा सम्पन्न खेलमा विभागीय टोलि नेपाल एपीएफ क्लबले गण्डकी प्रदेशलाई ६ […]

“आजदेखि मेरो काम सुरु भयो” प्रशिक्षक व्हाटमोर

नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त प्रमुख प्रशिक्षक डेभ ह्वाटमोरले  खुशीका साथ आफूसँग भएको ज्ञान र अनुभव नेपाली क्रिकेटसंग साट्ने बताएका […]

प्रम कप : पवन सर्राफको १३ बलमा अर्धशतक

काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बिहिबार लुम्बिनी प्रदेश बिरुद्धको खेलमा नेपाल पुलिस क्लबका ब्याट्सम्यान पवन सर्राफले मात्र […]

धनगढी क्रिकेट एकेडेमीलाई सगरमाथा सिमेन्टको प्रायोजन

धनगढी क्रिकेट एकेडेमीको स्तरोन्नतरु र ग्रासरुट क्रिकेटको विकासमा सगरमाथा सिमेन्टले साथ दिने भएको छ । यसअघि धनगढी क्रिकेट लिगको प्रायोजक […]