पाकिस्तान बिरुद्ध भारतले जित हातपार्दा बनेका ११ रेकर्ड

इंग्ल्याण्ड र वेल्समा जारी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार चिर-परिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबिचको खेल सम्पन्न भएको छ। ओल्ड ट्र्याफोर्डमा सम्पन्न खेलमा विभिन्न समयमा बर्षा बाधक बनेपछि भारतले खेल डकवर्थ लुइस स्टर्न (डीएलएस) नियमको आधारमा ८९ रनले आफ्नो पक्षमा पार्यो।

विश्वकप अन्तर्गत यसअघि भएका ६ खेलहरुमा हरेक खेलहरुमा पराजित पाकिस्तानलाई यसपटक ईतिहास बदल्ने अवसर थियो। तर खेलमा त्यसो हुन सकेन।

टस जितेको पाकिस्तानले पहिले बलिंग गर्दै भारतलाई ठुलो योगफल बनाउन दियो। त्यहिँ देखि हरेक कुरा भारतको पक्षमा गएको देखिन्थ्यो। त्यसैअनुरुप खेल पनि भारतले जित्दै विश्वकप अन्तगर्त पाकिस्तान बिरुद्द ७-० को जित नतिजा कायम गर्यो। यसबाहेक पनि खेलमा अन्य थुप्रै रेकर्ड बनेका छन् जसलाई यहाँ प्रस्तुत गरेका छौं-

भारत-पाकिस्तान खेलमा बनेका ११ रेकर्ड:

. भारतले पहिले ब्याटिंग गर्दै बनाएको ३३६/५ रनको योगफल पाकिस्तान बिरुद्द विश्वकपमा कुनैपनि टिमले बनाएको सबैभन्दा ठुलो योगफल हो। यसअघि इंग्ल्याण्डले जारि विश्वकपमा नै ३३४/९ को योगफल बनाएको थियो।

देश योगफल ओभर इनिंग मैदान नतिजा मिति
भारत ३३६/५ ५० म्यानचेस्टर विजयी १६ जुन २०१९
इंग्ल्याण्ड ३३४/९ ५० नोटिंघम पराजय ३ जुन २०१९
अष्ट्रेलिया ३१०/८ ५० जोहानेसवर्ग विजयी ११ फेब्रुअरी २००३
वेस्ट इन्डिज ३१०/६ ५० क्राइसचर्च विजयी २१ फेब्रुअरी २०१५
अष्ट्रेलिया ३०७ ४९ टउन्टन विजयी १२ जुन २०१९
न्युजिल्यान्ड ३०२/७ ५० पल्लेकेले विजयी ८ मार्च २०११
भारत ३००/७ ५० एडिलेड विजयी १५ फेब्रुअरी २०१५

२. पाकिस्तानले पछिल्ला ९ एकदिवसीय खेलमध्ये ८ वटा खेलमा बिपक्षी टिमलाई ३०० भन्दा माथिको योगफल बनाउन दिएको छ। अर्को एक खेलमा वेस्ट इन्डिजसँग १०५ रनमा नै समेटिएपछी वेस्ट इन्डिजले १३.४ ओभरमा लक्ष्य पुरा गरेको थियो।

३. हसन अलिले ९ ओभर बलिंग गर्दै १ विकेट लिएर खर्चेको ८४ रन पाकिस्तानका कुनैपनि बलरले विश्वकपमा खर्चेको सबैभन्दा धेरै रन हो। यसअघि वहाव रियाजले यसै विश्वकपमा इंग्ल्याण्ड बिरुद्द नोटिंघममा सम्पन्न खेलमा कुनैपनि विकेट नलिई १० ओभरमा ८२ रन खर्चेका थिए। विश्वकपमा सबैभन्दा खराब बलिंगको रेकर्ड न्युजिल्यान्डका मार्टिन स्नेड्डेनको रहेको छ जसले सन् १९८३ मा सम्पन्न ६० ओभरको विश्वकपमा इंग्ल्याण्ड बिरुद्द १२ ओभर बलिंग गर्दै १ मेडन सहित २ विकेट लिएर १०५ रन खर्चेका थिए।

४. महेन्द्र सिंह धोनीले एकदिवसीय क्रिकेटमा जम्मा ३४४ खेल खेलेका छन्। जसमध्ये ३४१ खेल खेल्दा उनि देशको लागि सर्बाधिक धेरै एकदिवसीय खेल खेल्ने खेलाडीको सुचिमा दोश्रो नम्बरमा अटे। धोनीले अन्य ३ खेल एसिया एघारको लागि खेलेका थिए। धोनीले राहुल द्रविडको ३४० पारीको रेकर्डलाई तोडेका छन्। द्रविडले समान ३४४ खेल खेल्दा ४ खेल आइसीसी र एसिया एघारको लागि खेले। अब धोनीको अगाडी ४६३ खेल खेलेका सचिन तेन्दुलकरको रेकर्ड रहेको छ।

५. खेलमा रोहित शर्मा र केएल राहुलले पहिलो विकेटको लागि १३६ रनको साझेदारी गरे। उक्त साझेदारी पाकिस्तान बिरुद्द विश्वकपमा सन् १९९६ पहिलो विकेटको लागि भएको मात्र दोश्रो शतकीय साझेदारी थियो। यसअघि अष्ट्रेलिया बिरुद्दको खेलमा एरोन फिंच र डेविड वार्नरले कीर्तिमानी पहिलो शतकीय साझेदारी गर्दा १४६ रन बनाएका थिए। त्यो भन्दा अगाडीका ३७ पारीमा पाकिस्तानले कुनैपनि टिमलाई उक्त साझेदारी बनाउन दिएको थिएन।

६. रोहित शर्माले बनाएको १४० रन पाकिस्तान बिरुद्द विश्वकपमा कुनैपनि ब्याट्सम्यानले बनाएको दोश्रो ठुलो योगफल हो। पहिलो स्थानमा सन् २००३ को विश्वकपमा अष्ट्रेलियाका एन्ड्रीउ सायमंडले बनाएको अविजित १४३ रन रहेको छ।

७. त्यस्तै रोहित भारत-पाकिस्तान बिचको विश्वकप खेलमा शतक बनाउने तेस्रो खेलाडी हुन्। यसअघि २००३ मा पाकिस्तानका सहिद अनवरले सेंचुरियनमा १०१ तथा सन् २०१५ मा भारतका विराट कोहलीले एडिलेडमा १०७ रनको पारि खेलेका थिए।

८. रोहित शर्मा एकदिवसीय विश्वकपको लगातार ५ पारीमा अर्धशतक बनाउने चौथो भारतीय खेलाडी बनेका छन्।उनका पछिला ५ पारीमा क्रमश: ९५, ५६, १२२, ५७, १४० रन बनाएका छन्। यसअघि सचिन तेन्दुलकर, विराट कोहली (दुईपटक) र अजिंक्या रहानेले लगातार ५ अर्धशतक बनाएका थिए।

९. रोहित शर्मा एकदिवसीय क्रिकेटमा २४ औं शतक बनाउने चौथो छिटो खेलाडी बने, सो क्रममा उनले २०३ इनिंगको सामना गरेका छन्। उनले भन्दा छिटो २४ शतक बनाउने खेलाडीमा हसिम अमला (१४२ पारि), विराट कोहली (१६१ पारि) र एबी डी भिल्लियर्स (१९२ पारि) रहेका छन्।

१०. रोहित शर्मा पाकिस्तान बिरुद्द लगातार शतक प्रहार गर्ने पहिलो भारतीय खेलाडी बनेका छन्। उनले पाकिस्तानसँग भएको एसिया कप अन्तर्गतको खेलमा समेत १११ रनको पारि खेलका थिए।

११. विराट कोहली एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो ११,००० रन पुरा गर्ने खेलाडी बनेका छन्। उनले यो किर्तिमान तोड्नेक्रममा सचिन तेन्दुलकरको १७ बर्ष पुरानो रेकर्डलाई पछाडी छाडे।