रोमान्चक मोडमा भारत-दक्षिण अफ्रीका टेस्ट, कसले जित्ला ?



भारत र दक्षिण अफ्रीका बीच केप-टाउनमा जारि टेस्ट सिरिज अन्तर्गत पहिलो टेस्ट रोमान्चक मोडमा पुगेको छ।

पहिलो इनिंगमा ७७ रनको अग्रता लिएर ब्याटिंग गरेको दक्षिण अफ्रीकाले दोश्रो इनिंगमा १३० रनमै सबै विकेट गुमाएपछि टेस्टले रोचकता लिएको हो। घरेलु टिम सस्तोमै समेटीएपछि भारतले टेस्ट जित्न २०८ रनको लक्ष पाएको हो।

वर्षाको कारण तेश्रो दिन खेल पुरै प्रभावित भएपछि चौथो दिन दक्षिण अफ्रीकाले ६५/२ को अवस्थामा ब्याटिंग सुरु गरेको थियो।

चौथो दिन पहिलो सत्रमा दक्षिण अफ्रीकालाई लन्च भन्दा अगाडीलाई अलआउट गर्न भारतीय बलर जस्प्रित बुम्रा र मोहम्मद शामीले ३/३ विकेट तथा भुवनेश्वर कुमारले २ विकेट हात पारे। हार्दिक पण्ड्या पनि २ विकेट यस अघिनै आफ्नो नाम गरेका थिए।

दक्षिण अफ्रीकाको लागि ओपनिंग ब्याट्सम्यानद्वय एडेन मार्क्रम र डीन एल्गरले क्रमशः ३४ र २५ रन बनाए। एबी डीभिल्लर्सले ३५ तथा केशभ महाराजले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन्।

टेस्टको पहिलो इनिंगमा दक्षिण अफ्रीकाले २८६ रन बनाएको थियो जसको जवाफमा भारतले २०९ रन मात्रै बनाउन सकेको थियो।

लक्ष पछ्याउने क्रममा भारतको खराब ब्याटिंग

२०८ रनको लक्ष पछ्याउने क्रममा यो समाचार तयार पार्दा सम्म भारतले ७६ रनमा ५ विकेट गुमाईसकेको छ।

ओपनर मुरली विजय १३ र शिखर धवन १६ रन बनाएर आउट भएभने त्यसपछि चेतेश्वर पुजाराले ४ रनमा विकेट गुमाए। कप्तान बिराट कोहली पनि २८ रन तथा रोहित शर्मा १० रन बनाउदै आउट भएपछि भारत समस्यामा छ। रिद्दिमान शाह ४ र हार्दिक पान्ड्या ० मा ब्याटिंग गरिरहेका छन्।

डेल स्टेनको अनुपस्थितिमा दक्षिण अफ्रीकाको लागि भेर्नोन फिलान्डरले ३ तथा मोर्ने मोर्केलले २ विकेट हात पारिसकेका छन्।





थप समाचार

श्रीलंकाले जित्यो भारत बिरुद्ध टि-२० सिरिज, टुट्यो भारतको अपराजित यात्रा

तेश्रो तथा निर्णायक खेलमा भारतलाई ७ विकेटले पराजित गर्दै घरेलु टोलि श्रीलंकाले तिन खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज २-१ ले जितेको […]

हसरंगाले घातक बलिंग गर्दा भारतको लज्जास्पद ब्याटिंग प्रदर्शन

भारतको श्रीलंका भ्रमण अन्तर्गत तेश्रो तथा निर्णायक टि-२० जित्दै सिरिज जित्न भारतले श्रीलंकालाई ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ। आर […]

क्यान प्रदेश-२ द्वारा विश्वकीर्तिमानी आलमलाई राष्ट्रिय सम्मान सहितको विदाइको माग

१४ साउन, बर्दिबास । प्रदेश क्रिकेट संघ प्रदेश नं. २ ले बुधवार सम्पन्न बैठकमा बिभिन्न महत्वपुर्ण १५ वटा निर्णय गरेको […]

डी सिल्भा चम्किँदा रोमान्चक खेलमा श्रीलंकाद्वारा भारत पराजित

दोश्रो खेलमा भारतलाई ४ विकेटले पराजित गर्दै श्रीलंकाले तिन खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज १-१ को बराबरीमा ल्याएको छ। सिरिज अन्तर्गत […]

भारतद्वारा श्रीलंकालाई सामान्य लक्ष्य

भारतको श्रीलंका भ्रमण अन्तर्गत तिन खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोश्रो खेल जित्न भारतले श्रीलंकालाई १३३ रनको लक्ष्य प्रस्तुत गरेको […]

द हन्ड्रेड : बेयरस्टो र निशम चम्किंदा वेल्सको लगातार जित

इंग्ल्यान्डमा जारि पहिलो संस्करणको ‘द हन्ड्रेड’ लिग अन्तर्गत गय रातीको खेलमा जोनी बेयरस्टो कप्तानीको वेल्स फायरले जेम्स भिन्स कप्तानको साउदर्न […]